• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

माओवादीले ‘खोलाले बगाएको’ भनीएको हातहतियार गोठमा फेला परे



  •   शुक्रबार, असोज २४, २०७६
  • A
  • A+
  • A++

यो खबर खेमबहादुर बुढाले आजको अन्नपूर्ण पोष्ट दैनिकमा लेखेका छन् । शान्ति प्रक्रियामा आएपछि तत्कालीन माओवादी नेतृत्वले शान्ति प्रक्रियामा आएपछि आफुसँग भएका हातहतियार ‘खोलाले बगाएको’ टिप्पणी गरेका थिए।

रोल्पाको उत्तरी कुलेरी भित्रीवनको परिवर्तन गाउँपालिका–१ कुरेली भित्रिवन पुवाखोरेको एक गोठमा युद्धताका भण्डारण गरिएको युद्ध सामग्री नेपाली सेनाले असोजको दोस्रो साता नियन्त्रणमा लिएको स्थानीयले जनाएका छन्।

स्थानीय वासिन्दाका अनुसार सशस्त्र युद्धताका यहाँ हातहतियार र विष्फोटक सामग्री उत्पादनसमेत हुने गरेको थियो। युद्धकै बेला भण्डारण गरिएका हतियार, गोली र विष्फोटक सामग्री शान्ति प्रक्रियाको लामो अवधिसम्म गोठमै थिए।

वैदेशिक रोजगारमा गएर फर्किएका गोठधनी राजकुमार बुढाले युद्ध सामग्री हटाइदिन तत्कालीन नेकपा माओवादीका नेतालाई आग्रह गरेपछि युद्ध सामग्री भण्डारणको रहस्य बाहिरिएको हो। गोठमा ठूलो परिमाणमा युद्ध सामग्री देखेर गोठधनी बुढाले ती सामान हटाइदिन आग्रह गरेका थिए। गत असोज ११ र १२ गते नेपाली सेनाको एक टोलीले गोठमा रहेको ‘युद्ध सामग्री’ नियन्त्रणमा लिएको स्थानीयले बताए।

गोठबाट उच्च विस्फोटक (हाइ एक्सप्लोसिभ) बम, ह्याण्ड ग्रिनेड, हतियार, गोली र विष्फोटक सामग्री फेला परेका थिए। गोठबाट एलएमजी व्यारेल ६ थान, म्यागनम व्यारेल १ थान, इम्प्रोभाइज बन्दुक १ थान र इम्प्रोभाइजर मोर्टार गण १ थान फेला परेको छ। एम १६ को ‘लाइभ राउण्ड’ (गोली) ४ हजार १ सय ९१ वटा र एटीवानको खाली गोली एक सय ३९ थान बरामद गरिएको छ। एटीवान लाइभ बम ११ थान, फोर्टी एमएचई बम ३ थान, हाते ‘ग्रिनेड–३६’ को ३ थान, ‘डेटोनेटर–७५’ थान ५, ‘डेटोनेटर–२७’ थान २, फिप्टी वान एचइ बम १३ थान र इस्मोकमिङ कम्प्लिट बम १९ थान छन्।

यस्तै टुइन्च मोर्टारको सेल २२ वटा, १२ केजी बारुद, २ केजी गण पाउडर र ४ मिटर सेफ्टी फ्यूज छन्। विभिन्न हतियारका खाली म्यागजिन पनि गोठमा फेला परेका थिए। एसएलआरको १३ वटा, थी्र नट थ्रीको ११ वटा, एलएमजीको ३७ वटा, एसएमजीको दुई, एके ४७ को एक, गलिलको एक र पेस्तोलको तीनवटा खाली म्यागजिन छन्। बिग्रिएको अवस्थाका दुईवटा साना जेनेरेटर पनि फेला परेको छ।

कतिपय हतियार, बम, गोली र बारुद काम नलाग्ने अवस्थाका भए पनि हजारौंको संख्यामा रहेको एम १६ को गोली र बम प्रयोग योग्य छन्। खिया लागेर काम नलाग्ने अवस्थाका युद्ध सामग्री नेपाली सेनाको डिस्पोजल टोलीले गोठ नजिकै डिस्पोज गरेको थियो। सुरक्षित अवस्थामा रहेका ‘लाइभ’ (विष्फोट योग्य) युद्ध सामग्री भने सेनाले लगेको स्थानीयले आफ्नो नाम उल्लेख नगरीदिन आग्रह गर्दै जानकारी दिए।

स्थानीयकै सूचनाका आधारमा यी सामग्री फेला परेका हुन्। युद्धताका यहाँ हातहतियार उत्पादन गर्ने गोप्य थलो रहेको बुझिएको छ। शान्ति प्रक्रियापछि युद्ध सामग्री भण्डारण गरिएको गोठको कसैले चासो नदिएको उनीहरु बताउँछन्।

सुरक्षा स्रोतका अनुसार गोठमा रहेको युद्ध सामग्री नियन्त्रणमा ल्याउनेबारे असोज १० गते जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो। बैठकमा ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, नेपाली सेनाका पृतनापति सीताराम खड्का, नेपाल प्रहरीका डीआईजी सुरेशविक्रम शाह उपस्थित थिए। स्थानीयबाट युद्ध सामग्री हटाउनेबारे तत्कालीन नेकपा माओवादीका उच्च तहका नेतालाई पहल गर्न गुहार मागेका थिए।

उच्च सुरक्षा निकायबाट नै नेपाली सेनाको डिस्पोजलसम्बन्धी विशेष टोली भित्रिवन पठाएको थियो। लिबाङस्थित खड्ग दल गणबाट पनि नेपाली सेनाको टोली गएको थियो। यद्यपि युद्ध सामग्री नियन्त्रणबारे सार्वजनिक गरिएको छैन।

नेपाली सेना स्रोतले त्यस क्षेत्रमा युद्ध सामग्री रहेकोबारे खोजी कार्य जारी रहेको र केही युद्ध सामग्री बरामद पुष्टि गरेको छ। केकति परिमाणमा युद्ध सामग्री फेला परेको भन्ने बारे विस्तृत विवरण नआएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

प्रवक्ता पाण्डेले अन्नपूर्णसँग भने, ‘त्यस क्षेत्रमा विष्फोटका सामग्री रहेको भन्ने सूचनाको आधारमा सर्च कार्य जारी छ। विस्तृत विवरण आएपछि जानकारी गराउँछौं।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.