• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, मङि्सर ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

हङकङबाट प्रधानमन्त्री बालेनलाई आकाश बञ्जाराको भावुक पत्र : ‘पदभन्दा माथि उठेर भाइ भनेको हुँ’

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

लोकप्रिय समाचार

  • १. बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

  • २. चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

  • ३. जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

  • ४. हङकङबाट प्रधानमन्त्री बालेनलाई आकाश बञ्जाराको भावुक पत्र : ‘पदभन्दा माथि उठेर भाइ भनेको हुँ’

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण



  •   बुधबार, असोज २१, २०८३
  • A
  • A+
  • A++

षडानन्द नगरपालिका–१ नेपालेडाँडाका किसान जीवन थापाले व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउनुभएको छ । व्यावसायिक रूपमा कृषि पेसामा लाग्नुभएका ७१ वर्षीय थापाले कृषि उपजको भण्डारण तथा गुणस्तर कायम राख्ने उद्देश्यले आफ्नै लगानीमा केन्द्र निर्माण गर्नुभएको हो ।कृषि उत्पादनलाई व्यवस्थित गर्दै उत्पादनपछिको क्षति न्यूनीकरण गर्ने उद्देश्यले करिब रु १५ लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको थापाले बताउनुभयो । उहाँका अनुसार केन्द्रमा एकपटकमा करिब १० हजार किलोग्रामसम्म कृषि उपज भण्डारण गर्न सकिने क्षमता छ । किसानले उत्पादन गरेको कृषि उपज तत्कालै बिक्री गर्न नसक्दा बिग्रने तथा उचित मूल्य नपाउने समस्या हुने भएकाले त्यसको समाधानका लागि चिस्यान केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो । “कृषि उत्पादन गरेर मात्र हुँदैन । त्यसलाई सुरक्षित रूपमा भण्डारण गरेर उचित समयमा बिक्री गर्न सक्ने व्यवस्था पनि आवश्यक हुन्छ, केन्द्र सञ्चालनमा आएपछि उत्पादनको गुणस्तर जोगाउन र बजार व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरेको छु”, थापाले भन्नुभयो ।

उहाँले २०७६ सालदेखि कृषि क्षेत्रमा व्यावसायिक रूपमा काम गर्दै आउनुभएको छ । उहाँले स्थानीयस्तरमा उत्पादन हुने विभिन्न कृषि उपजलाई सुरक्षित राख्न सकिनेगरी चिस्यान केन्द्र निर्माण गर्नुभएको हो । केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको उपज तत्काल बिक्री गर्नुपर्ने बाध्यतासमेत कम हुने उहाँको विश्वास छ ।

चिस्यान केन्द्रमा मौसम अनुसारको कृषि उत्पादन भण्डारण गरेर बेमौसममा तुम्लिङटार, धरान इटहरी विराटनगरलगायतका शहरमा लगेर बिक्री गर्दै आएको थापाले जानकारी दिनुभयो । स्थानीयस्तरमा कृषि उपजको उत्पादन बढ्दै गए पनि भण्डारणको उचित व्यवस्था नहुँदा किसानले उत्पादनको उचित मूल्य पाउन नसक्ने अवस्था रहेको थापाले बताउनुभयो । उत्पादनलाई सुरक्षित राखेर बजारको माग र मूल्यअनुसार बिक्री गर्नसके किसानको आम्दानी बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

व्यक्तिगत लगानीमा निर्माण गरिएको चिस्यान केन्द्रले स्थानीय किसानलाई पनि कृषि उपज भण्डारणका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो । गाउँका इच्छुक किसानले ल्याएर आफ्नो कृषि उपज भण्डारण गर्न सक्ने उहाँले जानकारी दिनुभयो । यसबाट उत्पादनपछिको क्षति कम गर्नुका साथै कृषि क्षेत्रमा व्यावसायिक गतिविधि बढाउन सहयोग पुग्ने थापाले बताउनुभयो ।रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

ट्रेन्डिङ

सबै

जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

हङकङबाट प्रधानमन्त्री बालेनलाई आकाश बञ्जाराको भावुक पत्र : ‘पदभन्दा माथि उठेर भाइ भनेको हुँ’

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.