• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

लोकप्रिय समाचार

  • १. परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

  • २. कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

  • ३. धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म



  •   मङ्गलबार, असोज १३, २०८३
  • A
  • A+
  • A++

धनकुटा, असोज १३ –बिहान भालेको डाकसँगै धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित घोर्लीखर्कको कटहरे गाउँमा आरन बल्छ । आगोको रापसँगै फलाम रातो हुन्छ र घनको चोटले गाउँ गुञ्जिन थाल्छ । यही आरनमा पुस्तौँदेखि फाली, हँसिया, कोदालोलगायत कृषि औजार बनाउँदै आएका विश्वकर्मा समुदाय अहिले खुकुरी उत्पादनमार्फत आफ्नो गाउँको परिचय बदलिरहेका छन् । भोजपुर, खोटाङ र सङ्खुवासभाको प्रवेशद्वारका रुपमा रहेको कटहरेमा २३ घरपरिवार परम्परागत धातुजन्य हस्तकलामा आबद्ध छन् । केही वर्षअघिसम्म सामूहिक आरन घरमा पालो कुर्दै औजार बनाउने उनीहरू अहिले घरमै साना उद्योग सञ्चालन गरिरहेका छन् । अधिकांश घरमा ग्राइन्डर, ब्लोअर, कटिङ मेसिनलगायत आधुनिक उपकरण जडान गरिएका छन् ।

परम्परागत सीपमा आधुनिक प्रविधि जोडिएपछि कृषि औजारबाट खुकुरी उत्पादनतर्फ उनीहरूको व्यवसाय विस्तार भएको हो । पहिले दिनभर काम गर्दा पनि परिवार धान्न मुस्किल पर्ने अवस्था थियो । अहिले खुकुरीको बिक्रीबाट आम्दानी बढेको स्थानीय बताउँछन् । कटहरेमा बनेका खुकुरी स्थानीय बजारमा मात्र सीमित छैनन् । मागअनुसार काठमाडौँ हुँदै विदेशसम्म पुग्न थालेका छन् । गुणस्तर, डिजाइन र आकारअनुसार एउटा खुकुरीको मूल्य रु एक हजार ५०० देखि १२ हजारसम्म पर्ने गरेको स्थानीय बताउँछन् ।

खुकुरी उद्योगले गाउँको आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन ल्याएको स्थानीय झमक रसाइलीले बताउनुभयो । “पहिले खेतीपाती र आरनकै भरमा मुस्किलले घर चल्थ्यो”, उहाँले भन्नुभयो, “अहिले आफ्नै घरमा उद्योग छ । उत्पादनको मूल्य पनि राम्रो पाइन्छ, त्यसैले परिवारको खर्च चलाउन सजिलो भएको छ ।” एउटा परिवारले वार्षिक ४०० वटासम्म खुकुरी उत्पादन गर्दै आएको उहाँको भनाइ छ । उत्पादन बढेसँगै गाउँमा प्रचलित बालीघरे प्रथा पनि लगभग अन्त्य भएको छ । पहिले अन्नको साटो औजार बनाइदिने चलन थियो । अहिले उत्पादन नगदमा बिक्री हुन्छ । यसले श्रमको मूल्य बढाउनुका साथै पेसाप्रतिको सम्मान पनि बढाएको रसाइलीको अनुभव छ ।

बजारको मागसँगै खुकुरीको डिजाइनमा समेत परिवर्तन आएको छ । पहिले सामान्य प्रयोगका लागि खुकुरी बनाउने गरेको स्थानीय ताराबहादुर विश्वकर्माले बताउनुभयो । अहिले सजावटी, उपहार र सङ्कलनका लागि समेत खुकुरीको माग बढेको उहाँको भनाइ छ । “पहिले सामान्य प्रयोगका लागि मात्र खुकुरी बनाइन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले सजावटी, उपहारका लागि र सङ्कलनयोग्य खुकुरीको माग पनि बढेको छ । त्यसअनुसार उत्पादन गरिरहेका छौँ ।”

उद्योग विस्तारसँगै गाउँको जीवनस्तरमा समेत परिवर्तन आएको छ । फुसका छाना भएका घरहरू अहिले जस्तापाताले छाइएका छन् । अधिकांश परिवारले बालबालिकालाई विद्यालय पठाउन थालेका छन् भने उच्च शिक्षा पढ्ने युवाको सङ्ख्या पनि बढ्दै गएको स्थानीय बताउँछन् । उद्योगले गाउँमै रोजगारी सृजना गरेपछि वैदेशिक रोजगारीमा गएका केही युवा पनि फर्किएको प्रेमबहादुर विश्वकर्माले बताउनुभयो । “विदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँमा काम गरेर परिवारसँग बस्न पाइन्छ”, उहाँले भन्नुभयो, “विदेशमा पनि सीपबिना काम छैन, सीप भएकालाई यहीँ राम्रो सम्भावना छ ।”

खुकुरी उद्योगमा विभिन्न चुनौती पनि सामना गर्नुपरेको व्यवसायीहरुको भनाइ छ । कच्चा पदार्थको मूल्य वृद्धि, आधुनिक उपकरणको लागत, बजार विस्तार र ‘ब्रान्डिङ’को अभावले उत्पादनलाई थप प्रतिस्पर्धी बनाउन कठिनाइ भइरहेको उद्योगीहरू बताउँछन् । सरकारी निकायबाट प्रविधि, बजारीकरण र सीप विकासमा थप सहयोग पाए खुकुरी उद्योगलाई अझ व्यावसायिक बनाउन सकिने उनीहरुको अपेक्षा छ । पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ गाउँमै केही गर्न सकिन्छ भनेर उद्यम गरिरहेका युवालाई सहयोग गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले त्यसका लागि सरकारी नीतिअनुसार उनीहरूले सम्बन्धित निकायमा प्रस्तावना पेसलगायतका काम गर्नुपर्ने बताउनुभयो ।

कुनै समय गरिबी, अभाव र सामाजिक विभेद्का कारण पछि परेको कटहरे अहिले आफ्नै सीप र श्रमका कारण आर्थिक रूपमा उकासिँदै गएको छ । परम्परागत आरनलाई आधुनिक उद्योगमा रुपान्तरण गर्दै यहाँका शिल्पीहरुले खुकुरीलाई आम्दानीको स्रोतमात्र होइन, गाउँको नयाँ पहिचानका रुपमा स्थापित गरिरहेका छन् । कटहरेको आरनमा अहिले पनि घनको आवाज अझै उस्तै छ । पहिले जीविका चलाउने बाध्यता बनेको घनको आवाज अहिले गाउँको उद्यम र पहिचानको आवाज बनेको छ । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

ट्रेन्डिङ

सबै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.