• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

लोकप्रिय समाचार

  • १. परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

  • २. कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

  • ३. धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा



  •   बिहिबार, असोज १५, २०८३
  • A
  • A+
  • A++

देशकै मुख्यबाली धानखेतीका लागि समयमै सिँचाइ र मलखाद्यको उपलब्धता भरपर्दो नहुँदा महोत्तरीका किसानलाई अब के गर्ने भन्ने अन्योल पर्ने गरेको पाइएको छ ।परिवारको पालनपोषणदेखि अन्य खर्चको जोहो गरिने मुख्य अन्नबाली धान बीउ राख्नदेखि रोपाइँ, स्याहार र उत्पादनसम्म भरपर्दो हुन नसक्दा यहाँका किसान अन्योलमा परेका हुन् ।सिँचाइको भरपर्दो सुविधा नहुनु, खेतीको ठीक समयमा बीउरमल नपाइनु र बर्सेनि जस्तै हुने प्रतिकूल मौसमले किसानमा धानखेतीबाट जीवन धान्न कठिन बन्दै गएको धारणा बनेको छ ।

“धानबालीलाई सिँचाइ नै मुख्य कुरा हो, आकासे पानीकै भरमा खेती गर्नुपरेको छ, बाली अनुकूल वर्षा हुन छाडेपछि बर्सेनि कसरी रोपाइँ गर्ने भन्ने चिन्ता हुन्छ”, भङ्गाहा–४ पलारका किसान रामनारायण थारु भन्नुहुन्छ, “खेतीका बेला बीउ÷मल पनि पाइँदैन, खै अब धानखेतीले धान्न सकिएलाजस्तो छैन ।”

पुस्तौँदेखि बाबुबाजेले गर्दै आएका यो खेती अब धान्न सकिएला भन्ने आश मर्दै गएको ७० वर्षीय थारुको भनाइ छ । थारुकै छिमेकी ८० वर्षीय चौठी बाँतर पनि केही वर्षयता धानखेतीबाट दिक्दारी हुनुभएको छ । पहिलेपहिले बीउ राख्ने, रोप्ने र धान गाँजिने समय मिलाएर वर्षा हुने गरेको बाँतर सम्झनुहुन्छ । “खेतीहर जन जति पाइन्थे, पानीको मूल जताततै थियो, बीउ किसानले आफैँ साँचेर राख्थे, रोगब्याधको पनि अहिलेको जस्तो प्रकोप थिएन”, पुराना कुरा सम्झँदै बाँतर भन्नुहुन्छ, “देख्दादेख्दै ती पानीका मूल कसरी मासिए, यो कस्तो समय आयो भन्ने लाग्छ ।”

धानलाई बीउ राख्नदेखि रोपाइँ गर्नसम्म प्रशस्त पानी चाहिन्छ । रोपेको धानलाई पनि केही दिनको अन्तरमा बगिरहने पानी आवश्यक पर्छ । त्यसका लागि कुलोरनहरको पहुँच जिल्लामा निकै कम छ । यसले धानखेतीलाई प्रभावित पार्दै आएको किसान बताउँछन् ।

जिल्लामा जम्मा ७१ हजार हेक्टर जग्गा खेतीयोग्य छ । कुल जग्गामध्ये १० प्रतिशत जग्गामा मात्र कुलो/नहर पुगेको छ । भूमिगत जलस्रोतको समेत प्रयोगले जम्मा ३० प्रतिशत हाराहारी जग्गामा सिँचाइ पुगेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयको तथ्याङ्क छ ।

सिञ्चित भनिएका ठाउँमा पनि पानीका स्रोतका मुहान सुकेका छन् । धान धेरै पानी चाहिने बाली हुँदा आकाशकै भरको पानीले अपेक्षित रोपाइँ र उत्पादन लिन नसकिएको बलवा–११ का उत्तिम माझी बताउनुहुन्छ । “सिँचाइ त मुख्य पक्ष भयो नै, भरपर्दो बीउ, मल पनि समयमा नपाएर भौतारिनुपरेको छ”, माझी भन्नुहुन्छ, “धान रोपाइँका बेला जन (मजदुर) पाइँदैनन्, अब यो खेती धान्न गार्‍ह्रो छ ।”

जिल्लामा अनुकूल वर्षाहुँदा विगतमा ४५ देखि ५० हजार हेक्टरसम्म धानखेती भएको पुराना कृषि अधिकारी सम्झन्छन् । त्यतिखेर जिल्ला कृषि विकास कार्यालय हुँदा महोत्तरीकै कार्यालयमा कृषि अधिकृत रहनुभएका रामबहादुर भुजेल विसं २०५४/५५ अघिलाई सम्झँदै ४५ हजार हेक्टर त बाक्लै नाघ्ने गरेको बताउनुहुन्छ ।

पछि २०८० यताकै वर्षमा पनि २०८१ सालमा ४२ हजार ५०० हेक्टरमा धानबाली लगाइएको तथ्याङ्क कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयको छ ।

त्यसअघि २०८० मा ४० हजार ३२१ हेक्टरमा धानबाली लागेको कार्यालयको तथ्याङ्क छ । विसं २०८२ मा भने लामो खडेरीले ३० हजार ९८६ हेक्टरमा मात्र रोपाइँ हुन सकेको थियो । त्यो पनि गत वर्ष असोज दोस्रो साताको वर्षा र बाढीले धानबाली निकै क्षति गर्दा उत्पादन ८० हजार १७७ मेट्रिकटनमात्र उत्पादन हुन सकेको कार्यालयका सूचना अधिकारी कृषि विज्ञ अविरलकुमार महतोले जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा धानखेती बढेको छ । यस वर्ष पनि पानीको पर्याप्तता थिएन । तर किसानले पानी जुटाउन मेहनत बढाएर करिब ३६ हजार हेक्टरमा धान रोपाइँ भएको महतोले बताउनुभयो । धान काट्ने र दाइँ गर्ने बेलासम्म अनुकूल मौसम रहे यसपटक उत्पादन एक लाख मेट्रिकटन नाघ्ने कार्यालयको आकलन छ । मुख्य रुपमा पानीकै उपलब्ध नहुनाले धानखेतीमा भर पार्ने गरेको छ ।

बर्सेनि रोपाइँको क्षेत्रफल र उत्पादनमा देखिने फरक मुख्यतः वर्षाको अनुकूलता र प्रतिकूलताले गर्दा भएको पाका किसान बताउँछन् । “पछिल्ला १० वर्षयता कहिल्यै सोचेजति धान रोप्न पाइएको छैन, यस्तो हुनुमा पानी, बीउ, मलको अभाव नै कारण हो”, भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षीय किसान दीपनारायण चौधरी थारु भन्नुहुन्छ, “हाम्रा बस्तीपिच्छे नदी, खोलाखोल्सी र जलाधार क्षेत्र छन्, तर तिनलाई व्यवस्थित तुल्याएर किसानको खेतसम्म पानी पु¥याउने प्रबन्ध हुन सकेको छैन, यसले किसानको जाँगर मर्दै गएको छ ।” सिँचाइका लागि वरदान हुनपर्ने नदी र खोलाको समुचित प्रबन्ध गर्न नसकिदा बर्सेनि भेलले घर, खेत, बालीनाली बगाउने अभिशाप बनेका चौधरीको थप भनाइ छ ।

किसानलाई खेतीमा उत्साहित गर्न तीनै तहका सरकारले सिँचाइ, बीउरमल र सुलभ कृषि ऋणको व्यवस्था र उत्पादनमा अनुदानको उचित प्रबन्ध गर्नसके खेती जगाउन सकिने पाका किसान बताउँछन् ।

धानलगायत परम्परागत खेतीबालीका लागि लागत बढ्दै गएकाले थाम्नसक्ने सामथ्र्य किसानले गुमाउँदै गएका कृषि क्षेत्रकै सरकारी सेवाबाट निवृत्त हुनुभएका भङ्गाहा–६ सग्रामपुरका कृषिविज्ञ जासर यादव बताउनुहुन्छ । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

ट्रेन्डिङ

सबै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.