निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणीसम्बन्धी कसुरमा आजपनि थुनछेक बहस हुँदैछ । काठमाडौ जिल्ला अदालतका न्यायाधीश सुदर्शन पाण्डेको इजलासमा हिजोदेखि शुरु भएको थुनछेक बहस नसकिएकाले आज पनि निरन्तर हुने भएको हो ।
महराका तर्फबाट बहस गर्न ३२ जना अधिवक्ताले नाम लेखाएकाले सवैले बहश गरे आजपनि बहश नसकिने सम्भावना छ । बहस सकिएपछि महरालाई पुर्पक्षका लागि थुनामा राख्ने वा कारागार पठाउने भन्नेबारे अदालतले फैसला गर्नेछ । जिल्ला सरकारी वकिलको कार्यालयले महरामाथि यौनजन्य हिँसाको अभियोग लगाउँदै गएको बिहिबार मुद्दा दर्ता गरेको हो ।