• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, भदौ ३१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • २. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • ३. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ४. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ५. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • ६. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ७. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली



  •   बुधबार, भदौ ३१, २०८३
  • A
  • A+
  • A++

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका कमला बानियाँ थापाले जलजला गाउँपालिका–३ पर्वत बेनीमा सञ्चालन गरेको ‘थापा लोकल मार्ट’मा दुई वर्षअघि सम्म स्थानीय ग्राहक मात्रै आउँथे ।म्याग्दी, मुस्ताङ र पर्वतका हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न रैथाने वस्तु पाइने थापाको पसलका सामान अहिले विदेशसम्म पुग्न थालेको छ । “सामाजिक सञ्जाल ‘टिकटक’ र ‘फेसबुक’मा लाइभ बसेर सामान देखाउन थालेपछि ग्राहकको पहुँच बढेको मात्र छैन, कारोबार र आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ,” उहाँले भन्नुभयो, “यसअघि बेनी र मल्लाज क्षेत्रका सीमित ग्राहक आउँथे ।थापा जस्तै रातो च्याउ, टिमुर, सिलटिमुर, जिम्बु, सिमी, भट्ट, मह, भाँगो, दाल, बदाम र भिरमहलगायत म्याग्दीका स्थानीय उत्पादनको बिक्री गर्ने म्याग्दीका उद्यमीका लागि सामाजिक सञ्जाल सहयोगी बनेको छ ।

“फेसबुक र टिकटकमार्फत सामानको प्रचार गर्न थालेपछि बजार निकै फराकिलो भयो”, सञ्चालक थापाले भन्नुभयो, “पहिला यहाँका स्थानीय उपभोक्तामै सीमित थियौँ । अहिले सामान भए ग्राहकको कमी छैन ।”

दश वर्ष म्याग्दीको गैरसरकारी संस्था र पाँच वर्ष सहकारीको प्रबन्धक भएर काम गरेकी थापाले विसं २०७७ मा आफ्नै घरमा सुरु गरेको व्यवसाय सञ्चालनका लागि ज्ञान, सीपको कमीले घाटा ब्यहोर्नु परेको सम्झनुहुन्छ ।

गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाले सञ्चालन गरेको वृद्धिमुखी उद्यमशीलता कार्यक्रममा सहभागी भएपछि नयाँ अनुभव प्राप्त भयो । अध्ययन भ्रमण र तालिमका कारण व्यवसायको शैली परिवर्तन गरेपछि सफलता मिलेको थापाले सुनाउनुभयो ।

कृषक र उद्यमीबाट ल्याएको सामान उहाँले ‘फेसबुक पेज’ र ‘टिकटक’मार्फत सार्वजनिक गर्नुहुन्छ । सामाजिक सञ्जालमा राखिएका उत्पादनका तस्बिर तथा भिडियो हेरेर सामान खरिद गर्न आउँछन् । उहाँका अनुसार बेलायत, अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीले समेत सामाजिक सञ्जालमार्फत सामानको माग गर्न थालेका छन् ।

स्थानीय ग्राहक आफैँ पसलमा आएर सामान लैजाने गरेका छन् । देशका विभिन्न सहरमा कुरियरमार्फत सामान पठाउने गरिएको छ । विदेशमा रहेका ग्राहकका आफन्त पसलमा आएर सामान खरिद गर्ने गरेका छन् ।

सामाजिक सञ्जालकै कारण पसलसम्म आउने ग्राहकको सङ्ख्यासमेत बढेको थापाको अनुभव छ । “सामाजिक सञ्जालमा पसल र सामान देखेर गाडी लिएर पसल हेर्न आउने ग्राहक पनि हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

हाल थापा लोकल मार्टबाट वार्षिक रु ३५ देखि ४० लाखसम्मको कारोबार हुने गरेको छ । सबै खर्च कटाएर वार्षिक रु सात लाखसम्म बचत हुने गरेको थापा बताउनुहुन्छ ।

व्यवसायमा उहाँका श्रीमान् खुमबहादुर थापा र दुई छोराछोरीले सहयोग गर्दै आएका छन् । कामको चाप बढेका बेला स्थानीय मजदुरलाई समेत आंशिक रोजगारी दिने गरिएको छ ।

“पहिला बजार खोज्दै सामान बेच्नुपथ्र्यो, अहिले ग्राहकले नै सामान खोज्दै सम्पर्क गर्नुहुन्छ”, थापाले भन्नुभयो, “सामाजिक सञ्जालले हाम्रो व्यवसायलाई नयाँ बजार दिएको छ ।” स्थानीय किसान तथा उत्पादकबाट सामान खरिद गर्ने भएकाले गाउँमा उत्पादन भएका वस्तुले बजार पाउने र उत्पादकले आफ्नो उत्पादनबाट आम्दानी गर्ने अवसर बढेको छ ।

स्थानीयस्तरमा उत्पादन हुने वस्तुलाई आकर्षक ढङ्गले प्रस्तुत गरेर सामाजिक सञ्जालमार्फत सम्भावित ग्राहकसम्म पु¥याउन सके साना उद्यमले पनि ठूलो बजार पाउन सक्ने थापाको अनुभव छ ।

“महिला आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ । त्यसका लागि आफ्नो सीप र क्षमतालाई निरन्तर परिमार्जन गर्दै उद्यमशीलतामा लाग्न आवश्यक छ”, उहाँले भन्नुभयो, “इच्छाशक्ति, मेहनत र प्रविधिको सही प्रयोग गर्न सके गाउँमा राम्रो आम्दानी गर्न सकिन्छ ।”

व्यवसायलाई अझ व्यवस्थित बनाउँदै नेपालका अन्य ठाउँमा समेत विस्तार गर्ने थापाको योजना छ । सामाजिक सञ्जालको पहुँचलाई थप विस्तार गर्दै म्याग्दी, मुस्ताङ र पर्वतमा उत्पादन हुने थप रैथाने वस्तुलाई बजारमा ल्याउने उहाँको लक्ष्य छ ।

गाउँका उत्पादनलाई गाउँमै सीमित नराखी ‘डिजिटल’ माध्यमबाट देश–विदेशका उपभोक्तासम्म पु¥याउने थापाको प्रयासले सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम मात्र नभई स्थानीय उत्पादनको बजारीकरण र साना उद्यमको विस्तार गर्ने प्रभावकारी साधन बन्न सक्ने उदाहरण प्रस्तुत गरेको छ । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

ट्रेन्डिङ

सबै

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.