चितवन, पुस १४– नेपाल जेसीजको महाधिवेशनमा आएका एक युवा चितवनमा मृत भेटिएका छन् । पूर्वीचितवनको रत्ननगरमा भएको जेसीजको महाधिवेशनमा सहभागि भएका युवा रत्ननगर–९ स्थित मोहना नहर चोक नजिकै रहेको इनारमा मृत भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार जेसीज महाधिवेशनबाट हराइ रहेका काभ्रेको बनेपा नगरपालिका–७ का २४ वर्षीय कृष्णकुमार मानन्धरको शव हुन सक्ने आशंका गरिएको छ । इनारमा भित्र शव रहेकाले मृतकको अनुहार देखिएको छैन । अहिले शव निकाल्ने प्रयास भइरहेको छ । यही पुस ११ गतेदेखि मानन्धर हराइ रहेका थिए ।
स्थानीयले दिएकाे जानकारी अनुसार ईनारकाे ढकनीकाे केही भाग उघारीएकाेले घटना सुनुयाेजित हुनसक्ने बताएका छन् ।
उता ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भावेष रिमालले उक्त स्थानमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेकाे जनाउदै परिवार अाएपछि अझ थप रहस्य खुल्ने बताएका छन् ।