• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

लोकप्रिय समाचार

  • १. परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

  • २. धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

  • ३. कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

प्रदेशको स्थायी राजधानी तोक्ने प्रक्रिया सञ्चालनका लागि प्रस्ताव अनुमोदित



  •   बिहिबार, जेठ ०९, २०७६
  • A
  • A+
  • A++

३ नम्बर प्रदेशको प्रदेशसभाको बुधबार साँझ बसेको बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयको कार्यविधिको प्रक्रिया सञ्चालनमा ल्याउने प्रस्तावलाई सर्वसम्मतिबाट अनुमोदन गरेको छ ।
नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

बुधबार नै बसेको दोस्रो बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा विभूषण पदक प्रदान गर्न सिफारिसको व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफलको लागि प्रस्ताव राखेका थिए । विधेयकको प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले देशका लागि मन, वचन, कर्मले योगदान दिने व्यक्ति वा संस्था र निजामती कर्मचारीलाई योगदानको आधारमा मापदण्ड बनाई विभूषण प्रदान गर्दा सबै देशवासीले सम्मान प्रकट गर्न लायक हुनुपर्ने सुझाव प्रस्तुत गरेका थिए ।

उनीहरूले विभूषण प्रदान गर्दा योगदान गरिएको भएपनि दलगत स्वार्थलाई हेरी वञ्चित गर्न नहुने र भ्रष्टाचारमा आरोपी, महिला हिंसा, जातीय छुवाछुत प्रथालाई प्रोत्साहन गर्ने व्यक्तिलाई विभूषण सिफारिस गर्न नहुने थप सुझाव राखेका थिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री जम्कट्टेलले राष्ट्र र राष्ट्रियताको सम्वद्र्धन गर्ने एवं सबै नेपालीलाई साझारूपमा सम्मान गर्ने विचारबाट प्रेरित व्यक्ति वा समूहलाई योगदान गरेको आधारमा मापदण्ड बनाई निष्पक्ष एवं पारदर्शी ढङ्गबाट विभूषणको सिफारिस गर्ने र विभूषित हुने व्यक्तिलाई वादविवादबाट अलग राखी सम्मानजनक ढंगबाट व्यवहार गरिने विश्वास व्यक्त गरे ।

प्रदेशसभाको बैठकमा आव २०७६/७७ का लागि विनियोजित बजेटको सैद्धान्तिक र प्राथमिकताबारे पनि प्रदेशसभाका १७ सदस्यले आ–आफ्नो सुझावहरू प्रस्तुत गरेका थिए । उनीहरूले बजेटको विनियोजित शीर्षकमा आदिवासी जनजाति, दलितलाई उत्थान गर्ने प्याकेज कार्यक्रम ल्याई समेटिनुपर्ने र उच्च शिक्षा अध्ययन र स्वास्थ्य क्षेत्रमा समावेशी कोटाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे । उनीहरूले उपेक्षित वर्गलाई पनि निजामती र परराष्ट्र सेवामा प्रवेश गर्न सहज वैकल्पिक बाटो अपनाउन र नीतिगत कार्यक्रममा समेटिन आह्वान गरे ।

गणतन्त्र दिवस समारोह समिति गठन

एघारौं गणतन्त्र दिवस प्रदेश नम्बर ३ को हेटौंडामा जेठ १४, १५ र १६ गते भव्यरूपले मनाउन ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा ४११ सदस्यीय गणतन्त्र दिवस मूल समारोह समिति बुधबार गठन गरिएको छ ।

समारोह समितिलाई सहयोग पुर्‍याउन विभिन्न पाँच उपसमिति पनि गठन गरिएको छ । प्रचारप्रसार उपसमितिको संयोजकमा आन्तरिक मामिला तथा कानून सालिकराम जम्कट्टेल, अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने उपसमितिको संयोजकमा सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रभातफेरी एवं सजावट उपसमितिको संयोजकमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौंडा नगरको सरसफाइको उपसमितिको संयोजकमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र मञ्च सजावट र व्यवस्थापनको उपसमितिको संयोजकमा मकवानपुरका प्रजिअ आस्मान तामाङ रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

ट्रेन्डिङ

सबै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.