Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, चैत ०१, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

एमबाप्पे बने पीएसजीको सर्वाधिक गोलकर्ता

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

चितवनमा सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण, टिकटक बनाउने र फोटो खिच्नेको भिड

राष्ट्रिय आधारभूत बिधालय सिरकोटमा सर–सफाई तथा फोहोर ब्यबस्थापन सचेनता कार्यक्रम सम्पन्न

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

लोकप्रिय समाचार

शेयर बजार : पाँच अङ्कले घट्यो



  •   बिहिबार, जेठ ०९, २०७६
  • A
  • A+
  • A++

धितोपत्र बजारमा आज पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेर एक हजार ३१४ दशमलव ५५ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८९ विन्दुले घटेर २८० दशमलव ३८ अङ्कमा झरेको छ ।

कूल १७० कम्पनीको २९ लाख ४३ हजार ३०४ कित्ता शेयर रु ९३ करोड २६ लाख ४४ हजार ८८७ मूल्यमा खरीद बिक्री भए । आज कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर वृद्धि भएको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल ३५ दशमलव ८३, निर्जीवन बीमा ३ दशमलव ७१, अन्य शून्य दशमलव ९२, लघुवित्त एक दशमलव ७० र सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुई विन्दुले घटेको छ ।

यस्तै बैंकिङ शून्य दशमलव ९५, व्यापार शून्य दशमलव शून्य आठ, विकास बैंक नौ दशमलव २०, जलविद्युत् ६४ दशमलव ७८, वित्त ७ दशमलव शून्य पाँच, उत्पादन शून्य दशमलव पाँच र जीवन बीमा ४४ दशमलव ५३ अङ्कले घटेको छ । स्टकका अनुसार माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु १५ करोड ५९ लाख ६४ हजार ८४८, हिमालयन डिस्टिलरी रु सात करोड तीन लाख ३४ हजार २३०, नेपाल बैंक लिमिटेड रु छ करोड १४ लाख ७१ हजार ९९५, कृषि विकास बैंक रु चार करोड १० लाख ३२ हजार २७, शिवम् सिमेन्ट रु तीन करोड ९७ लाख ९२ हजार ९२६ र जनता बैंकको रु दुई करोड ९३ लाख ६० हजार ४०४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९५ प्रतिशतले कमाए । यस्तै मल्टीपर्पोज फाइनान्स कम्पनी ९ दशमलव ६३, सिभिल लघुवित्त वित्तीय संस्था ४ दशमलव ९३, समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ४५ प्रतिशतले कमाए ।

यस्तै आजदेखि कारोवार शुरु भएको हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ९ दशमलव ७२, हिमालयन पावर पार्टनर ९ दशमलव ७०, घलेम्दी हाइड्रो पावर ८ दशमलव ५७, युनाइटेड मोदी ८ दशमलव ५२ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले ७ दशमलव ६९ प्रतिशतले गुमाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

ट्रेन्डिङ

सबै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?

बालुवाटार बैठक सकियो, राष्ट्रपतिबारे पाँच बजेपछि निर्णय

राष्ट्रिय आधारभूत बिधालय सिरकोटमा सर–सफाई तथा फोहोर ब्यबस्थापन सचेनता कार्यक्रम सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.