• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, भदौ २७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • २. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ३. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र वितरण : परिचयपत्र कसरी र किन ?



  •   बिहिबार, असार २६, २०७६
  • A
  • A+
  • A++

काठमाडौं / आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ ।

हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण शुरु गर्न यन्त्रको क्षमतावृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको छ । कार्ड उत्पादन सिंहदरबारस्थित गृह मन्त्रालयमै सुरक्षित रुपमा हुँदै आएको छ ।

व्यक्तिका वैयक्तिक र जैविक सूचनालाई आधिकारिक रुपमा सङ्कलन गरी प्रत्येक नागरिकलाई एकार्कासँग मेल नखाने मौलिक परिचय नम्बर दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण हाल अभियानकै रुपमा भइरहेको छ ।

सो परिचयपत्र पाएपछि नागरिकले सरकारी काम र सेवा लिनका लागि अन्य कागजात र परिचयपत्र बोकिरहनुपर्ने झन्झटको अन्त्य हुनेछ । राष्ट्रिय सुरक्षा, विकास व्यवस्थापन र राजश्व परिचयपत्र व्यवस्थापन प्रणालीलाई आबद्ध गरी महत्वपूर्ण सूचना औजारका रुपमा राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय परिचयपत्रको उपयोग गर्ने यो नेपालका लागि नयाँ प्रणाली हो ।

पहिलो चरणको लक्ष्य पूरा

मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणको लक्ष्यअनुसार पाँचथर र सिंहदरबारस्थित केन्द्रीय निकायका राष्ट्रसेवक गरी एक लाख १७ हजारलाई परिचयपत्र वितरणको लगभग पूरा गरेको छ ।

दोस्रो चरणमा आगामी साउनदेखि एकैपटक सबै जिल्लामा वितरणको तयारी भइरहेको छ । सबै नागरिकलाई यो परिचयपत्र वितरणका लागि रु साढे सात अर्ब लाग्ने अनुमान छ ।

यसले सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सघाउनेछ । देशैभर कार्ड वितरण सकिएपछि यसको उपयोगबारे सरकारले निर्णय गर्नेछ ।

विभागका महानिर्देशक दीपक काफ्लेले नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार हालसम्म सिंहदरबार र केन्द्रीय निकायका अति विशिष्टसहित सात हजार कर्मचारी र पाँचथरका ८० प्रतिशत नागरिकले यो परिचयपत्र पाइसकेका छन् ।

विश्वका विकसित मुलुकले धेरैअघि यस्तो परिचयपत्र र विद्युतीय प्रणालीबाट कारोवार शुरु गरे पनि नेपालमा विसं २०६७ मा सो प्रणालीको अवधारणा बनेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ ।

विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि चाँडै उक्त परिचयपत्र हस्तान्तरण गरिने भएको छ ।

आगामी आवको बजेटमा ‘सबै नेपालीको बायोमेट्रिक पहिचान र पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरण शुरु गरी दुई वर्षभित्र एक नेपालीले एकभन्दा बढी परिचयपत्र बोक्नु नपर्ने व्यवस्था गरिने’ उल्लेख छ ।

गत मङ्सिर ३ गते पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई गृहमन्त्री रामबहादुर थापाले पहिलो परिचयपत्र प्रदान गर्नुभएको थियो ।

साउनदेखि १५ जिल्लामा वितरण हुने

आगामी साउनदेखि छ प्रदेशका दुई–दुई र प्रदेश नं ३ का तीन जिल्ला गरी १५ जिल्ला तथा आगामी दशैँपछि बाँकी जिल्लामा कार्ड वितरण शुरु गरिने विभागको योजना छ ।

विभागका महानिर्देशक काफ्लेका अनुसार ती १५ जिल्लामा प्रदेश नं १ का झापा र सङ्खुवासभा, प्रदेश नं २ का सप्तरी र महोत्तरी, प्रदेश नं ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङ्जा, प्रदेश नं ५ का कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र कञ्चनपुर छनोट भएका छन् ।

देशभर कार्ड वितरणका लागि बन्ने एक हजार स्टेशनमा कर्मचारीको विज्ञापन भएको । त्यस्तै कार्यालय स्थापना र आवश्यक सामानको बोलपत्र गरिएको छ । प्रतिस्टेशनमा विभागका एक कर्मचारी हुनेछन् । विस्तृत काम सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका कर्मचारीबाटै हुनेछ ।

वडास्तर र टोलमै पुगेर परिचयपत्रका लागि फाराम भराउने कामका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले त्यहाँको वस्तुस्थिति र शान्तिसुरक्षा स्थिति हेरेर स्टेशन खडा गर्नेछन् ।

महानिर्देशक काफ्लेले भन्नुभयो, “राष्ट्रिय परिचयपत्र प्राप्तिपछि नागरिकको मुख्य पहिचान नै यही हुनेछ । यो सुशासनको एक महत्वपूर्ण आधार बन्नेछ । सरकारी सेवा प्राप्तिको एक आधार नै राष्ट्रिय परिचयपत्र हुनुपर्नेछ । यसले व्यक्तिको दोहोरो पहिचानलाई अवस्थालाई अन्त्य गर्नेछ ।”

परिचयपत्र कसरी र किन ?

परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ ।

यस्तै फाराममा औंँला छाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ । अनलाइन प्रणालीबाट पनि फाराम भर्न सकिनेछ ।

नेपाली नागरिकलाई राष्ट्रिय पहिचानसहितको बहुपयोगी बायोमेट्रिक स्मार्टकार्ड प्रदान हुने भएकाले यसको मौलिक महत्व देखिन्छ । नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवासुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ ।

यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रूपमा काम गर्ने तथा सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रूपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।

अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ ।

विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोहीअनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ ।

नाबालक राष्ट्रिय परिचयपत्र वितरण गर्ने व्यवस्थालाई पनि कार्यान्वयनमा ल्याइने छ । गैरआवासीय नेपाली र नेपालमा बसोबास गर्ने विदेशीको सूचना अद्यावधिक गरी छुट्टै परिचयपत्र पनि जारी हुनेछ ।

राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच ९जिटुबी० र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ ।

प्रचलित कानूनबमोजिम स्थापित सेवा प्रदायक संस्था तथा विदेशस्थित नेपाली नियोगमा नेपालको राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीलाई आबद्ध गराउने विभागको नीति छ । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.