समयको वहाव संगै
बगिरएको थिएँ
आज समय यसरी फेरियो
तर म
समयसँगै वहन सकिन
त्यसैले त मनको कतै कुनामा
पोलिरहेको थियो
सिस्नोले झैँ
पोलाई यति कडा थियो कि
खप्नै गार्हो भईरहेको छ ।
बरु सिस्नोले नै पोलेको भए
जलन मेटाउने मलम त हुन्थ्यो
तर हाम्रो दूरी को जलन मेटाउने
कुनै मलम भेट्टाउन सकिन
त्यसैले वेचैनी हराएन
मेरो प्यारो मान्छेलाई भुल्नु थियो
तर दिमागले मनलाई सम्झाएन
दिन त बित्यो
कसरी बित्यो भन्ने मात्र न हो
पलपल एक्लोपनामा बित्यो
मन अडिन सकेन
तिम्रो तस्विर हेरे पनि
किनकि त्यो तस्विर बोल्थेन
उत्तर पनि दिन्थेन
न त तस्विरले गीत गायो
न त मलाई नै गाउन लायो
आखिर पर्याप्त नदेखिकन
तिमिलाई मायाँ गरेको यो मन हो
मनले देखावटी मायाँ लाएन
त्यसैले त तस्विर देखेर अघाएन
भोको थियो तिम्रो कुरा सुन्नलाई
कुरा सुन्न पाएन
सबै बिर्सेर तिमीलाई भुल्नु थियो
तर दिमागले मनलाई सम्झाएन
तिमिसँग कुरा गर्दा त
रात पनि उज्यालो लाग्थ्यो
तर तिमिबाट टाढिँदा
दिन पनि अँध्यारो हुँदो रहेछ
तिमिले दूरी बढाएकी थियौ
मैले पनि स्वीकारेको थिएँ
दिमागले सबै बुझेको थियो
तर मन कति सोझो रहेछ
बुझ्नै सकेन
तिमीलाई थाहा छ ?
पछिल्लो यो मेरो जीन्दगीमा
घाम पनि उदाएन
सदाको लागि तिमीलाई भुल्नु थियो
तर दिमागले मनलाई सम्झाएन
– विवेक दर्पण कंडेल
(Being Perfect)