• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

वेबसाइट बनाउन सिक्न चाहनेहरुको लागि एक महिने अनलाइन तालिम संचालन गर्दै अवसर एकेडेमी



  •   आइतबार, फागुन २०, २०८०
  • A
  • A+
  • A++
वर्डप्रेस सम्बन्धी १ महिने अनलाइन तालिम हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । अवसर एकेडेमीले वर्डप्रेस सम्बन्धी एक महिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । वेबसाइट डिजाइनिङमा रुचि राख्नेहरूलाई लक्षित गर्दै कम्पनीले बिहीवारदेखि यस्तो तालिम आयोजना गर्न लागेको हो ।

प्रविधि कम्पनी एसडी टेकको सहायक कम्पनी समेत रहेको अवसर एकेडेमीले आधारभूत तहदेखि वर्डप्रेस सम्बन्धी तालिम दिन लागेको बताइएको छ । “वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूका लागि हामीले वर्डप्रेस सम्बन्धी अनलाइन तालिम आयोजना गर्न लागेका हौ,” कम्पनीका प्रबन्ध निर्देशक सौगात देवकोटाले भने, “यसअघि भौतिक उपस्थितिमा तालिम गर्दा धेरैले अनलाइन गराउनु पर्‍यो भन्ने माग गर्नु भएको थियो । त्यसैले अहिले उहाँहरूलाई लक्षित गरेर तालिम आयोजना गर्दै छौं ।”

एक महिनासम्म दैनिक डेढ घण्टा सञ्चालन हुने यो तालिममा सहभागीले वर्डप्रेस डेभलपमेन्ट, एसईओ अप्टिमाइजेसन, एआई इन्टिग्रेसन, वेबसाइट डेभलपमेन्ट र वेब सेक्युरिटीका बारेमा सिक्न पाउनेछन् । विशेषगरी थिम कस्टमाइजेसन, होस्टिङ तथा डोमेन रजिस्ट्रेसन, वेबसाइट मोनिटाइजेसन, कन्टेन्ट राइटिङ, प्रोजेक्ट मेनेजमेन्ट लगायतका विषय समावेश हुने देवकोटाको भनाइ छ ।

तालिम दिनका लागि विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपाल र भारतका आठ जना विज्ञहरू हुनेछन् । सबैले आ-आफ्नो विज्ञता अनुसार तालिम दिने कम्पनीले जनाएको छ । यसमा वर्डप्रेस डेभलपर ई. सुशान्त रिमाल, नारायणी वेब टेक्नोलोजीका प्रबन्ध निर्देशक ई. त्रिविक्रम रेग्मी, इन्टर्न साथीका सीईओ कुनाल शाह, लेन्समी अपका संस्थापक निराजन केसी, डिजिटल गोर्खाका डिजिटल मार्केटिङ एक्सपर्ट आश्विन न्यौपाने, वर्डप्रेस विज्ञ विकास पुन, भारतका वर्डप्रेस विज्ञ राहुल डी सरकार लगायत अन्य वर्डप्रेस विज्ञले तालिम दिनेछन् । यो तालिम हरेक दिन बेलुका साढे छ बजेदेखि सुरु हुनेछ ।

यसमा सुरुवाती चरणमा सय जना सहभागी हुने आयोजकको अपेक्षा छ । तालिमको शुल्क ३२०० रुपैयाँ तोकिएको छ । यसमा सहभाही हुने व्यक्ति इन्टरनेट र ल्यापटपको पहुँचमा हुनुपर्छ । तालिम सकिएपछि सहभागीले अवसर एकेडेमीबाट प्रमाणपत्र पनि पाउनेछन् ।

सहभागी हुन यहाँ क्लिक गर्नुहाेस् । कार्यक्रमबारे थप बुझ्न यहाँ क्लिक गरेर वा ९८५५०१८०४९ मा सम्पर्क गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.