बाँकेको एक परिवारले लकडाउनकाे समयमा राहत नपाएको गुनासो
"बाँकेको एक परिवारले राहत नपाएको गुनासो "
आइतबार, चैत ३०, २०७६
A
A+
A++
बाँकेको एक परिवारले राहत नपाएको गुनासो
बाँके – विश्वव्यापी महामारीको रूपमा फैलिएको नाेबल कोरोना भाइरस ( काेभिड – १९ ) ले गर्दा नेपालमा मिति २०७६ साल चैत ११ गते , मंगलबार , बिहान ०६:०० बजेदेखि मिति २०७७ साल बैशाख ०३ गते , मंगलबारसम्म लकडाउन भइरहेको छ , अहिलेसम्म दुईपटकसम्म लकडाउन थप गरिएको छ अझै कहिलेसम्म लकडाउन हुन्छ भन्ने थाहा छैन । अहिले नेपालकाे ७७ वटै जिल्लामा राहत वितरण कार्यक्रम भइरहेको छ तर बाँकेको कोहलपुरमा बस्ने एक परिवारले आफूले राहत नपाएको गुनासो गरेको छन् ।
नेपालकाे प्रदेश नम्बर ५ मा पर्ने बाँके जिल्लाको कोहलपुर नगरपालिका – ११, नयाँ बस्ती , सुकुम्बासीमा बस्ने मग्या सार्की र पान्सरा सार्कीको घरपरिवारले आफूले राहत नपाएको गुनासो गरेका छन् । उनीहरू पहिला कर्णाली प्रदेश पर्ने मुगु जिल्लाको खतेड गाउँपालिका वडा नम्बर ९ मा बस्ने गर्थे । मग्या सार्की र पन्सरा सार्कीको एउटा छाेरा र एउटी छाेरी छन् , छाेरा सुरेन्द्र सार्की र छाेरी मनिसा रहेको छन् । मग्या सार्कीले आफ्नो घर नजिकको सडक पेटीमा जुत्ता र चप्पल सिलाउने काम गरिएका थिए तर अहिले लकडाउन भएको कारणले तर लकडाउन भएकोले काम गर्न पाएका छैन । आफ्नो घरपरिवार आर्थिक अवस्था परिरहेको समयमा अचानक लकडाउन भएपनि बिहान र बेलुका छाक टार्न गाह्रो भएको सार्की परिवारले बताएका छन् । वडा कार्यालयले , स्थानीय निकायले तथा सरकारी निकायले अहिलेसम्म यस्तो विपतकाे समय पनि आफूहरुले कुनै ठाउँमा राहत नपाएको गुनासो गरेका छन् ।
सुरेन्द्र सार्की २७ वर्षका हुन् । अहिले सुरेन्द्र सार्की विगत एक वर्षदेखि भारतकाे मिम्लामा मजदुरको काम गर्ने छन् । भारतमा पनि अहिले लकडाउन भइरहेको छ त्यसैले सुरेन्द्रले पनि अहिले काम गर्न पाएका छैन । लकडाउनकाे कारणले भारतबाट नेपालमा रकम पठाउन पाएको छैन , अहिलेसम्म मेरो घरपरिवारले राहत पाउनु भएको छैन , भारतबाट नेपालमा फाेन गर्न पनि मोबाइलमा रकम नभएकोले घरमा कुराकानी गर्न पाएको छैन , भारतमा जति रकम कमाउथे घरमै पठाउथे तर अहिले लकडाउनले गर्दा रकम पठाउन पाएको छैन , नेपालमा आफ्नो घर बाहेक अरु खेतबारी छैन , दिनमा मजदुरकाे काम गरेे छाक टार्थे तर लकडाउनले गर्दा घरपरिवारको आर्थिक अवस्था निकै नाजुक रहेको छ , मेरो बुबाआमाकाे साहारा म नै थिए तर लकडाउन भएको कारणले नेपालमा बुबाआमा र बहिनी भोकभोकै बस्नु भइरहेको छ भनेर सुरेन्द्र सार्कीले बताए । सुरेन्द्र सार्की लकडाउन खुल्न साथै नेपाल फर्किने बताए ।
देश तथा विदेशबाट केही रकम वा सहयोग पठाउन इच्छुक व्यक्तिहरुले अथवा संघसंस्थाले तल दिएको नम्बरमा सम्पर्क गर्नुहोला ;
मग्या सार्की : ९८६४८७३५१६
सुरेन्द्र सार्की : ९१-९८८२७१७९२०
निराज रानाभाट ( सामाजिक अभियान्ता ) : ९८४५४२२५०२ वा ९८०९१८९११