चितवन, बैशाख, ३ । चितवनमा पनि एक जनामा कोरोना ¥यापिड टेष्टमा पोजेटिभ भेटिएको छ । रत्ननगरको गुञ्जमान सिंह अस्पताल पिठुवामा कोरीयाबाट फर्किएका एक जनामा आर्टिडी कीटबाट गरिएको परिक्षणमा पोजेटिभ देखिएको हो । आर्टिडी पोजेटिभ देखिएको ब्यक्ति ३२ दिन अगाडि दक्षिण कोरीयाबाट फर्किएको अस्पतालले जनाएको छ । आर्टिडी पोजेटिभ देखिए पछि उनलाई आईसोलेसनमा राखिएको छ ।