Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

लकडाउनका बेला स्वयंसेवीको रुपमा खटिदैं समाजसेवी भुर्तेल

  •   मङ्गलबार, बैशाख ०९, २०७७
  • A
  • A+
  • A++

वैशाख ९, लेखनाथ । पोखरा–२९ तालचोक निवासी सुबास भुर्तेलको दैनिकी केही दिनयता फेरीएको छ । विभिन्न सामाजीक काम एवं आफ्नो व्यवसायमा व्यस्त रहने भुर्तेल केही दिनयता एप्रोन लगाएर हस्पिटलमा स्वयंसेवीको रुपमा खटिएका छन । एक साता यता भुर्तेल पोखरा–३० स्थित शिशुवा अस्पतालको ईर्मजेन्सी वार्डमा विरामीको उपचारमा व्यस्त रहने गरेका छन ।

विश्वभर कोरोना भाईरसले महामारीको रुप लिईरहेको बेला नेपालमा पनि त्यसको गम्भीर असर परिरहेको छ । व्यवसाय हरु ठप्प छन भने कोरोना रोकथाम एवं नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउन कायमै छ । यस्तो अवस्थामा कतिपय सामान्य रोगका विरामीहरुले समेत उपचार सेवा पाउन कठिन भईरहेका कारण बिरामीहरुको उपचारका लागि निशुल्क रुपमा सेवा गर्न खटिएको भुर्तेल वताउँछन ।

पोखराको लेकसाईडमा लुम्बिनी प्यालेस सन्चालन गर्नुका साथै भुर्तेल फोम हाउसका सन्चालक समेत रहेका भुर्तेलले लेकसाईडमा रहेको आफ्नो होटल समेत सम्भावित कोरोना संक्रमितहरुका लागि क्वारेन्टाईनस्थल को रुपमा प्रयोग गर्न प्रदेश सरकारलाई दिने घोषणा समेत गरेका छन ।

यसअघि ४ वर्षसम्म मोडल हस्पिटलमा एनेस्थेसीयाको रुपमा कार्यरत एवं एच ए को योग्यता रहेका भुर्तेलले अहिलेको विपतको अवस्थामा सवैले सक्दो सहयोग गर्नुपर्ने आवश्यकता रहेको वताउँदै चिकित्सकहरु अहिले आफ्नो ज्यान नै दाउमा राखेर काम गरिरहेको अवस्थामा उनीहरुलाई सम्मान र हौसला बढाउनको लागी स्वास्थ्यकर्मीको रुपमा आफुले सेवा गर्ने मनसाय वताएको वताए ।

भुर्तेलले चिकित्सहरुले पनि प्रोटोकल अनुसार बिरामीको ख्याल राख्नुका साथै आफ्नो नैतिक कर्तव्य र दायित्व पनि निर्वाह गर्नुपर्ने वताए । उनले अहिलेको समयमा कोरोना भाईरसबाट जोगिनको लागि सवै सचेत हुनुपर्ने र समाजीक दुरी कायम राख्दै रोकथामका उपायहरुको अनिवार्य रुपमा पालना गर्नुपर्ने वताउँछन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.