बैशाख १२, सुजन पाठक, काठमाडौं चाबहिल स्थित कालिका ट्रेडर्स प्रा.लि लाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैया जरिवाना गराएको छ।
सो फर्मले N95 मास्क वढी मूल्यमा बिक्री गरेकाे पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) ३८ (ङ) काे कसुरमा ३९ (१)(ख) वमोजिम जरिवाना गरिएको विभागले जनाएको छ।
यस्तै आज अनुगमनकै क्रममा त्रिपुरेश्वर स्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रा.लि र कान्तिपुर सर्जिकललाई पि.पि.इ. सेट वढी मूल्यमा बिक्री गरेकाे तथा बिल बिजक जारी नगरेकाे पाइएकाले २ लाख जरिवाना गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक बजार अनुगमन गर्दै कालोबजारि गर्ने ब्यापारिलाई कारबाही गर्दै आएको छ।