लकडाउनका कारणले अस्तब्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्रका बारेमा आज अनेरास्ववियू र माननीय शिक्षा मन्त्रीज्यू बिच छलफल भएको छ। छलफलमा विभिन्न बिषयमा अनेरास्ववियूको तर्फबाट आफ्ना बिचारहरु राखिएका थिए ।
छलफलमा संक्रमणको फैलावटलाई मध्यनजर गरेर रेड जोन एल्लो जोन र ग्रीन जोन तोकेर लकडाउन खुकुलो बनाउने तर हाललाई कम्तिमा एक हप्ता लकडाउन जारी राख्नुपर्ने बिषय राखिएको थियो । एसइइ र कक्षा ११ को परीक्षा लकडाउन खोले पछि होम सेन्टरमा स्वास्थ्य सम्बन्धी साबधानी अपनाएर लिनुपर्ने अन्यथा स्वत : ग्रेडिङ गर्न र १२ कक्षाको अनिवार्य परीक्षा गर्न अनेरास्ववियूको सुझाब थियो ।
बिश्वबिद्धालयका स्थगित गरिएका परिक्षाका सन्दर्भ अनेरास्ववियूकोले लकडाउन खोले लगत्तै लिने गरि तयारी गर्न समेत अनुरोध गरेको छ ।साथै सबैको पहुँचमा पुग्ने गरि अनलाईन कक्षा सञ्चालन गर्नु पर्ने त्यसका लागि नेपाल टेलिकमसँग समन्वय गरि डाटा र भ्वाइस कल निशुल्क ब्यबस्था गर्दा सबै विद्यार्थीलाई सहयोग पुग्ने गरि व्यवस्था गर्न अनेरास्ववियूको सुझाब थियो ।
नयाँ शैक्षिक सत्र कोरोना भाइरस नियन्त्रण गरि लकडाउन खोले पछि शुरु गर्नु पर्ने लगायत बिबिध बिषयमा अनेरास्ववियूले माननीय मन्त्री ज्यूको ध्यानाकर्षण गराएको थियो र मन्त्रीज्यूले प्रस्तुत बिषयमा सकारात्मक धारणा राख्नु भएको ऐन महरले सामाजिक संजालमा उल्लेख गर्नु भएको छ।