लेख्दै छु म यो पृथ्वीको,महा प्रलय।
आयो कहाँबाट कसरी यहाँ,कठोर समय ।।
सुरु भयो यहाँ त्रासपूर्ण प्रविधिको,कस्तो खडेरी।
जिवन रक्षाको निम्ति सङ्घर्ष गर्न,घर भित्र बस है ।।
अत्तर रहने मानवीय यो समाज,लुकामारी खेल्दै छरे।
केही समय अन्धकार मै बसौँ भनी,यो पल सँग लड्दै छरे ।।
के गर्छौ घमन्ड मानव जाति हो,जीवन रहे सम्म ।
यो त केवल गिलासको पानी हो,नपोखिने बेर सम्म ।।
मान्छेले मान्छे भएर यो समाजको,अहङ्कार देखाउदै छरे ।
आफूलाई राम्रो मानिस सम्झेर यहाँ,अनिष्ट बोल्दै छरे ।।
पक्कै गर्यो होला यो प्रकृतिले, मानव जातिको समिक्षा ।
त्यसैले लिन खोज्छ घरिघरि,समय सङ्गै परिक्षा ।।
बुझ्नुपर्छ पक्कै हामी सबैले, यो अकार्थ समय ।
हिँड्न सिकौं सधैं मानवजातिले, सङ्घर्षकोनै मार्ग ।।
चम्किन्छ सधैं आकाशमा, त्यही चम्किलो तारा ।
जस्ले खप्न सक्छ अन्धकारको, बढ्दो त्यो ज्वाला ।।
अहङ्कारको त्यो कठोर वचनले,बढ्दो छ बतास ।
बदख्वाइले के चिनाउँछ र यहाँ, मान्छेको व्यवहार ।।
परिवर्तन को अर्थ बुझ्नु छ भने, बुझौं आफै बाट ।
जस्ले सुरुवात गर्छ आफै बाट, उनै हुन् महामानव ।।
आफै माथि तेल खनाई,मान्छे यहाँ जल्दै छरे ।
धेरै नजलि कर्मको मार्ग रोज्नु,खरानी बन्दैनौं रे ।।
पक्कै गर्यो होला यो प्रकृतिले, मानव जातिको समिक्षा ।
त्यसैले लिन खोज्छ घरिघरि,समय सङ्गै परिक्षा ।।
बलियो घरको परिचय यहाँ, जगले बताउँछ रे ।
जग बलियो भएन भने यहाँ, घर नै लडाउँछ रे ।।
अध्ययनले सबै बताउँछ यहाँ, संस्थागत परिचय ।
व्यवहारिक मार्गमा हिँड्नुपर्छ सधैं,बुझ्नु स्थानलाई ।।
बनाउन तिमीले सफा मन यहाँ, कर्म र धर्म रोज्नु है ।
हातेमालो गरि अगाडि बढ्नु,पक्कै सघाउनु है ।।
खाली रहेको त्यो जगमा, थोपा थोपा चुहिदैछ रे ।
स्थिर रहे मात्र भरिन्छ यहाँ, धैर्य रहनु है ।।
बारीमा रोपेको त्यो फल, अहिले फल्दैछरे ।
समय परिस्थिति सङ्ग हिड्नसिक्नु है, मिठास छर्दै छरे ।।
आउँछ कहिले कठिन परिस्थिति, हिम्मत नहार्नु है ।
आउँ सबै मानव जाति हो यहाँ,हातेमालो गरि बढौं है ।।
– विनायक खराल
सप्तगण्डकी बहुमुखी क्याम्पस
चितवन,नेपाल