• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

विद्यार्थी परिषदद्वारा सरकार समक्ष विशेष आर्थिक प्रतिवेदन पेश


  •   शुक्रबार, बैशाख २६, २०७७
  • A
  • A+
  • A++

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले सरकारसमक्ष आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि तयार भइरहेको बजेटमा सुधार ल्याउन र महत्वपूर्ण नीतिहरू तयार गर्नका लागि आर्थिक क्षेत्रका विज्ञहरूको एक टोली निर्माण गरी आर्थिक, कृषि, उद्यमशीलता, व्यापार, रोजगारी, प्रशासन, बैंकिग एवं वित्तीयक्षेत्र, उद्योग आदि क्षेत्रमा विशेष ध्यान दिनुपर्ने र सुधार ल्याउनु पर्ने महत्वपूर्ण विषयहरूलाई समावेश गरी विशेष आर्थिक प्रतिवेदन सरकारसमक्ष पेश गरेको छ ।

विद्यार्थी परिषद्का पूर्व राष्ट्रिय उपाध्यक्ष केशवराज पन्थीको संयोजकत्वमा तयार ५ सदस्यीय अर्थ समितिमा प्राध्यापक भेषराज धमला, प्राध्यापक दयाराम पौडेल, उप–प्राध्यापक अच्युत पन्त एवं परिषद्का महासचिव सुरेन्द्र प्रसाद भट्टको सहभागिता रहेको थियो । उक्त टोलीले विगत केही समयदेखि देशको आर्थिक विकास, कृषिक्षेत्रमा देखिएका सुधार र नीति, रोजगारी, उत्पादनमा वृद्धि, आयात र निर्यातका लागि आवश्यक नीति आदि विषयमा ४६ बुँदे प्रतिवेदन तयार गरी सुझावस्वरूप अर्थ मन्त्रालयसमक्ष प्रस्तुत गरेको छ ।

परिषद्ले शिक्षा, स्वाध्याय मण्डल आर्थिक लगायत विविध क्षेत्रका बारेमा समय समयमा नेपाल सरकारलाई सुझाव दिँदै आएको छ । कोरोना भईरसको महामारीबाट विश्व आक्रान्त भइरहेको र यसको प्रभाव नेपालमा पनि परेको वर्तमान सन्दर्भमा नेपाल सरकारले ल्याउन लागेको आगामी २०७७/०७८ सालको बजेट प्रति परिषद्को ध्यानाकर्षण भएको जनाउँदै बजेट निर्माणको चरणमा रहेको अर्थमन्त्रालयलाई आगामी बजेटका लागि सुझाव प्रस्तुत गरेका परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको भयो ।

उक्त सुझाव पत्रमा अनुसन्धानमुखी कार्यमा विशेष जोड, कृषिमा अनुदान तथा सहुलियत ऋण, आर्थिक चुहावट रोकथाममा लागि विशेष नीति, गरीबवर्ग र कृषकका लागि कृषि क्षेत्रमा विशेष सुविधा एवं आरक्षण, पहाडी तथा हिमाली भेगमा पशुपालन, जडिबुटी, फलफूल, माहुरीपालन र हावापानी अनुसारको कृषिकर्मको लागि युवाहरूलाई प्रोत्साहन गरिनुपर्ने, प्रमुख पेट्रोलियम प्रतिस्थापन गर्न विद्युत् उत्पादन द्रुत गतिमा अगाडि बढाउने,नीजी क्षेत्रका विद्युत् उत्पादनको बजार सुनिश्चित गरिनुपर्ने संसद् विकास कोषलाई शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा लगाउनु पर्ने लगायतका अन्य महत्वपूर्ण विषयहरू समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.