Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, चैत २७, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

  • १. अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

  • २. सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

  • ३. राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

  • ४. घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

कृषिको लागि कोरोना भन्दा नि खतरा सलह



  •   शुक्रबार, जेठ १६, २०७७
  • A
  • A+
  • A++

ई. विवेक न्यौपाने। गैंडाकोट।
सलह भनेको के हो ?
सलह किराहरु वर्ग अन्तरगत पर्ने एक प्रकारको फट्याङ्ग्रा हो जसको पहिचान यस पछिल्ला खुट्टाहरु हेरेर गर्न सकिन्छ । यस पछिल्ला एक जोडा खुट्टाहरूको मद्दतबाट यो किरा उफ्रने गर्दछ । प्राय: सबै खालका फट्याङ्ग्रा (लामो खुट्टा वाला फट्याङ्ग्रा बाहेक) एक्रिडोइडीया भन्ने ठुलो परिवार अन्तर्गत पर्दछन् सबै अति महत्वपूर्ण सलाहहरु एक्रिडिडिएइ परिवार अन्तर्गत पर्दछन् ।

सलह विशेष प्रकारको फट्याङ्ग्रा हुन् जुन आकारमा अलि ठूला हुन्छन् । तिनीहरू ठूलो समूहमा हुँदा तिनीहरूले आफ्नो बानी र व्यवहार परिवर्तन गर्ने क्षमता राख्दछन् । जब तिनीहरूको संख्या बढ्दै जान्छ तिनीहरूको स्वभाव बढी सामाजिक बन्दै जान्छ र तिनीहरू बाक्लो समूहमा बस्ने गर्दछन् ।

विभिन्न जातका सलहका बथान लामो दुरी पार गरेर स्थानान्तरण गर्न सक्छन् र यी क्षमता हुनु र अत्यन्त सामाजिक स्वभावको हुनु नै अरु फट्याङ्ग्रा हरुबाट छुट्याउन सकिने यसका विषेषताहरु हुन् । यस्ता उनीहरूको संख्या एक्कासि बढ्ने परिस्थितिमा भने अस्वभाविक खालको वातावरण परिवर्तन ल्याउने गर्दछन् ।

समूहमा बस्ने तथा स्थानान्तरण गर्ने प्रजातिहरु बीजको मध्यम खालको प्रजाति अहिलेको सलाहलाई मानिएको छ । अहिलेको सलाहको एक बथान मा गरिब ४ लाख देखि ८ लाख सम्म उनीहरूको संख्या देखिएको छ । उनीहरूको जीवनचक्र काला ३ महिनादेखि ५ महिना हुन्छ । एक महिनापछि हरेक सलह वयस्क फट्याङ्ग्रा बन्ने गर्दछ र ६० देखि ७० दिनको उमेरमा यसले अण्डा दिने गर्दछ ।

इतिहासमा पुराएको क्षती ?
सायद मानव जातिले खेतीपाती गर्न सुरु गर्न थालेदेखि नै यी सलहहरु हाम्रा लागि शत्रु बन्दै आएका छन् । यिनीहरूको सन्दर्भ बाइबल र कुरान जस्ता धर्म ग्रन्थमा पनि उल्लेख भएको पाइन्छ । यी सलहरुको प्रभाबकै कारणले होला इजिप्टको छैटौं वंशका चिहानहरूका शिलालेख हरुमा पनि यिनीहरूको कोरिएका आकृतिहरु भेटिएको पाइन्छ ।

आज पनि यी सलहहरु किसानहरूको प्रमुख शत्रुहरु मध्ये एक हुन छोडेका छैनन् र केही देशहरुमा खाद्यान्नको भरीपूर्णता र अनिकालको निर्धारण गर्ने कारक भन्दै आएका छन् । इतिहासका विभिन्न कालखण्डमा यी सलहहरुले कृषिक्षेत्रमा पुराएको असर हेर्दा साँच्ची नै यिनीहरूको आक्रमण भयो भने अहिलेको यस्तो कोविद-१९ विश्वव्यापी महामारीको अवस्थामा हामी मानव जातिका लागि अर्को महासंकट आइलाग्ने हो कि भन्ने शंका उब्जिएको छ ।

सलहहरुको आक्रमणको इतिहासलाई फर्केर हेर्दा सन् १९४४ मा यी मरुभूमि सलहले लिबियामा ७० लाख अंगुरको बिरुवाहरु नष्ट गरेको थियो भने सन् १९५४ मा सुडानमा ५५ हजार टन अन्नबाली यिनै जातको सलहले नष्ट पारेको थियो । त्यसै त्यसैगरी १९५७ मा सेनेगलमा १६ हजार टन कोदो र २००० टन खाद्य बाली खाएर सिध्याएका थिए भने सन् १९६२ मा भारतमा करिव चालिस हजार हेक्टर तीन लाख पाउन्ड स्टरलिंग मूल्यबराबरको कपास बाली सखाप पारेको थियो ।

किन यो खतरनाक छ ?
हेर्दा यो सामान्य किरा देखिएपनि मानवजातिका लागि निकै नै खतरनाक मानिन्छ सामान्य खालको फट्याङ्ग्राहरु, जब यिनीहरुले आफ्नो संख्या उल्लेखनीयरुपमा छोटो समयमै वृद्धि गरेर संगठित समूह बनाएर खानाको खोजीमा कुद्न वा उड्न थाल्छन तब यिनीहरुलाई नियन्त्रण गरेर आफ्नो बालीनाली जोगाउन मन्निस्लाई मुस्किल पर्न जान्छ ।

यी सलहका बथानहरू मानिसका लागि चुनौती बन्नुका कारणहरु मुख्यत: छोटो समयमा नै अनुकुल बातावरण मिल्यो भने भारि संख्यामा यिनीहरुको वृद्धि हुनु, प्राय सबैखाल्को बनस्पतिहरु यिनीहरुको खाना हुनु , यिनीहरुको स्वोभाब ज्यादै खन्चुवा हुनु ,आदि हुन् । अध्ययनबाट के देखिएको छ भने एक टन जति सलहले (जुन सलहको औसत बथानभन्दा पनि सानो समूह हो ) एकदिनमा दस हात्ती वा पच्चिश ऊट वा २५०० जना खाना मानिसलाई पुग्ने वालीनाली सिध्याउन सक्छ ।

सलहरुले बालीनाली वा अरु बिरुवाका पातहरु, फलफुल , बिउ, बोक्रा आदि सबै कुरा खाएर सिध्याउन सक्छ । त्यति मात्र नभएर जब यिनीहरु झुण्डमा मिलेर रुख वा बिरुवामा बस्दछन् ,यिनीहरुले रुख वा बिरुवालाई भाचन पनि सक्दछन, आफ्नो दिशापिसाबबाट बिरुवाहरूलाई बिगार्ने गर्दछन ।

अहिले सम्मको जानकारी अनुसार यिनीहरुले कुनै रोग सार्ने गरेको प्रमाण भेटिएको छैन । तर कसैकसैलाई भने एलर्जी उत्पन्न गर्न सक्ने सम्भावना रहन्छ । यिनका समुहहरुले आक्रमण गरेर नस्ट गर्ने प्रमुख खानाका श्रोतहरु जस्तै :गहु , जौ ,मकै कपास ,कफी , धान , फलफूलका बोटहरु र पशुपन्छीहरुले खाने हरेक खालका घासहरू पर्दछन् ।

प्राय मरुभुमी क्षेत्रबाट उत्पन्न भएर फैलिने यी किराहरु विभिन्न कालखण्डमा संसारका जुनसुकै भागहरुमा पनि गएर उद्दण्ड मचाउने गरेको येथार्थ हाम्रो इतिहासले नि बताउछ । मानवजातिका लागि पनि विभिन्न खालका संकटमध्य सलहको आक्रमणपनि एक प्रमुख संकट बन्न पुगेको छ ।

हाल संसारमा कोरोना भाइरस जस्तो खतरनाक रोगको बिश्वब्यापी महामारी चलीराखेको बेला सलहहरुको आक्रमणले गर्दा अर्को चुनौती थपिएको छ । अफ्रिकी महादेसको “Horn of africa” भन्ने क्षेत्रबाट उत्पन्न भएर विभिन्न अफ्रिकी मुलुकहरुलाई खाद्यान्न संकटको मुखमा धकेलेर यो अर्को चरणको रुप लिएर बलूचिस्तान , इरान र पाकिस्तान हुदै भारत प्रवेश गरेर उद्दण्ड मचाईराखेको छ । यसको प्रबाह र ब्यापकतालाइ नियाल्दा यो भारतको उत्तरप्रदेश र बिहारहुदै नेपालमा पनि छिट्टै प्रवेश गर्न सक्ने सम्भावना रहेको कुरा यस सम्बन्धी विशेषज्ञहरु बताउँछन् ।

यी सलाहहरु १५० किमि प्रतिदिनको दरले उड्दै जाने हुनाले यिनीहरुलाई नियन्त्रण गर्न निकै नै गाह्रो छ । यसको बथानले निकै नै ठुलो क्षेत्रफल ओगट्ने कठिन एवं दुर्गम क्षेत्रमा पनि पुगेर बालीनाली खाने हुनाले मानिस हरुलाई त्यस्ता ठाउँहरुमा पुगेर यीनिहरुलाई नियन्त्रण गर्न कठिन कार्य हुन पुग्छ ।

त्यसैले विश्व खाद्य तथा कृषि संगठन ले २४ घण्टाको अवलोकन र विश्लेषणात्मक आधारमा सम्भावित क्षेत्रका जनताहरुलाई सजगताको लागि सूचना सम्प्रेषण गर्ने गर्दछ । यिनीहरूको नियन्त्रणको लागि प्राय परम्परागत रासायनिक विषादी प्रयोग गर्दै आइएको भएतापनि हाल प्राकृतिक उपायमा आधारित वायो पेसटिसाईडहरु को पनि उपलब्ध छन् जुन यी सलहरुको नियन्त्रणको लागि कम हानिकारक विकल्पको रूपमा लिने गरिएको छ । रासायनिक, वायोलोजिकल र प्राकृतिक नियन्त्रणात्मक विधिको बारेमा आर्को लेखमा चर्चा गर्ने छु ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.