• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ५. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

बैगुनधुरामा ‘हात्तीडुब्बा’ सिमसार



  •   आइतबार, जेठ १८, २०७७
  • A
  • A+
  • A++

सृजन घिमिरे
जेष्ठ १८, झापा ।
झापाको गौरादह -९, बैगुनधुरामा सिमसार निर्माण कार्य सुरु भएको छ । धेरै बर्ष पुरानो प्राकृतिक पानी सहितको दह ‘होली’ भएको स्थानमा हात्तीडुब्बा सिमसार निर्माण हुन लागेको हो । संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको सो क्षेत्रलाई सिमसारका रुपमा बिकास गरी पर्यटकीय स्थल बनाउने लक्ष्य राखिएको हात्तीडुब्बा सिमसार तथा पर्यटकिय बिकास उपभोक्ता समितिका अध्यक्ष चन्द्र खड्काले जानकारी दिनुभयो ।

पहिलो चरणमा प्रदेश १ सरकारको २० लाखको लगानीमा दहको दुबैतर्फ २ वटा बाँध निर्माण गर्ने र दहभित्रको माटो तथा झारहरु हटाई सफा गर्ने योजना छ । भविस्यको लक्ष्य सुनाउदै खड्काले भन्नुभयो,- “हाम्रो गाउँमा यत्तिको ठूलो योजना अहिलेसम्म आएको थिएन । त्यसैले पनि सबै गाउँबासी उत्साहित छन । भविस्यमा होम-स्टे सहितको साँस्कृतिक केन्द्रको रुपमा बिकास गर्ने तथा झोलुङ्गे पुल, डुंगा सयर, पिकनिक स्पोट, फुलबारी सहितको रमाईलो पार्क बनाएर पर्यटक आकर्षित गर्ने लक्ष्य लिएका छौँ ।” आदिवासी सन्थाल समुदायको बाक्लो बस्ती नजिकै रहेको सीमसारलाई सन्थाल जातीको साँस्कृतिक केन्द्रका रुपमा पनि विकास गर्ने योजना रहेको उहाँको भनाइ छ ।

३ बिगाहा १२ कट्ठा क्षेत्रफलमा करिब १ किलोमीटर लम्बाईमा फैलिएको अंग्रेजी अक्षर ‘यु’ आकारको दहमा डुंगा सयर गर्न पर्यटक आकर्सित हुने विश्वास गरिएको छ । यु आकारको दहको बिचमा टापु छ जसको प्रयोग गरि पिकनिक स्पोट, आकर्षक फूलबारी सहितको मनोरम पार्क निर्माण गर्न सकिन्छ । हाल दहले ओगटेको जग्गा बाहेक छेउमा रहेका व्यक्तिगत जग्गाहरु समेत खरिद गरी सिमसारको बाँकी काम अगाडि बढाउन पहल भैरहेको पनि अध्यक्ष खड्काले बताउनुभयो । सबै जग्गाहरु मिलाएर करिब ६ बिगाहा १२ कट्ठा क्षेत्रफलमा सिमासार बनाउने लक्ष्य राखिएको छ । हाल सुरु गरिएको पहिलो चरणको काम सम्पन्न गर्न ठेक्का संझौता भइ स्थानीय ठेकदार मार्फत काम सुरु भएको खड्काले बताउनुभयो । यस क्षेत्रका प्रदेससभा सांसद झलकसिं दर्लामीको विशेष पहलमा काम अगाडी बढेकाले थप लक्ष्य हासिल हुनेमा स्थानिय आशावादी छन ।

‘हात्तीडुब्बा’ नामको इतिहास
यो होली कति पुरानो हो यकिन भन्नसक्ने अवस्था नभएको स्थानीय बुढापाकाको भनाई छ । त्यतिबेला जंगलको बिचको पोखरीमा जंगली जनावरहरु पानी पिउन आउने गरेको स्थानीय ७८ बर्सिय जितबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,-“२०१८ सालमा म धनकुटाबाट बसाइँसरी आउँदा यो ठाउँमा जंगल नै जंगल थियो । अहिले दह अलि पुरिदै गयो नी, पहिला त पानी धेरै गहिरो थियो । तर पनि अहिलेसम्म पानी सुकेको सम्झना छैन ।”

जंगलको बिचको होलीमा हात्ती पानी खान पस्दा डुबेर सुँड मात्रै देखिएको बुढापाकाको भनाई छ । त्यसरी हात्ती डुबेकाले यो दहको नाम हात्तीडुब्बा रहन गएको हो । यही दह भएका कारण यो ठाउँको नामै दहगाउँ भएको पनि भन्ने गरिन्छ ।

एकपटक आफुहरुले माछा मार्न ४ वटा पम्पसेट लगाएर ४ दिन ४ रात तान्दा पनि पानी सुकाउन नसकेको स्थानीय शिवनाथ सोरेन बताउनुहुन्छ । वि सं २०१२ सालमा बुवासँगै मोरङबाट बसाईसरी आएका उहाँले त्यसबेला देखि नै यहाँ माछा मार्दै आएको सम्झना गर्नुभयो ।
२०२३ सालतिर माछा मार्ने क्रममा जोगीले गाँजा खान प्रयोग गर्ने सुल्पा, महिलाले घाँटीमा लगाउने चाँदीको हार, फलामे छडको एक बिट्टानै भेटेको सम्झिदै उहाँले भन्नुभयो,-“धेरैजना मिलेर छडको बिट्टा उठाउन खोज्दा झन भासिदै गयो झिक्न सकिएन । जोगीको सुल्पा र हार घर ल्याएकै रात डरलाग्दो सपना देखेपछी भेटेकै ठाउँमा लगेर राखिदिएँ ।” यहाँ उत्खनन गरेर हेर्ने हो भने पुराना ऐतिहासिक सम्पदा भेटिनसक्ने उहाँको अनुमान छ ।

दहको डिलैमा धार्मिक स्थल देवीथान पनि छ । हरेक बर्ष चण्डीपुर्णिमाको दिन देवीथानमा सबै गाउँबासी मिलेर पूजा गर्ने गरेको स्थानीय बिस्णुबहादुर बिष्टले बताउनुभयो । गाउँका सबै बुढापाकाको विश्वास छ कि यहाँ ठूलो दैवी शक्ति पनि छ । त्यसैले यस ठाउँमा धार्मिक पर्यटनको संभावना रहेको स्थानीयको भनाइ छ ।

धेरै संभावना भएर पनि ओझेलमा परेको सिमसारको निर्माण लक्ष्य अनुसार भए गौरादह नगरकै गौरवको पर्यटकीय केन्द्र बन्ने देखिन्छ । सुगम जिल्लाको रुपमा चिनिएको झापाको दक्षिणी क्षेत्रमा पर्ने बैगुनधुरा बिकासका दृस्टीले पछि पर्दै आएको छ । सिमसार निर्माण भए समग्र दक्षिणी भेगको बिकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

निर्माणाधिन हुलाकी मार्गबाट करिब २ किलोमीटर उत्तरमा अवस्थित यो सिमसारले हुलाकी सडक बनेपछी झन बढी पर्यटक तान्ने आस गरिएको छ । ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

ट्रेन्डिङ

सबै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.