• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

सुस्तावासीले यसरी भारतीयसँग लडेर जमिन बचाए



  •   मङ्गलबार, असार ०२, २०७७
  • A
  • A+
  • A++

नेपाली नक्साभित्रै पर्ने पश्चिम नवलपरासीको सुस्तामा जंगे पिलर छैनन्। नेपाल–भारत सीमा छुट्याउने सीमास्तम्भ नभएपछि भारतीयले नेपाली भू–भाग अतिक्रमण गर्दै थिचोमिचो गर्न थाले। सहन सक्ने स्थिति नै रहेन।

अनि सुस्तावासीले प्रतिवाद गरे। तीमध्येकी एउटी नेतृत्वकर्ता हुन्, नुरुजा वेगम अर्थात् लैला दिदी। २०३४ सालमा नारायणीले धार परिवर्तन गर्‍यो। नारायणीवारी रहेको सुस्ता पारी बन्यो। नवलपरासीको सुस्ता गाउँपालिका ५ मा पर्छ सुस्ता गाउँ। जहाँ पुग्न भारतबाट बाटो हँुदै जानुपर्छ।

नारायणीले धार फेरेसँगै भारतीयले नेपाली भूमिमा आँखा गाडे। जोतभोग गरेर उब्जाएको अन्नबालीसमेत लुट्ने भएपछि सुस्तावासी त्यसको प्रतिकारमा उत्रिए। प्रतिकारकै कारण सुस्ताको केही हिस्सा अहिलेसम्म नेपालीकै अधीनमा छ।

‘हामीले नछेकेको भए उहिल्यै अधिनमा पारिसक्थे, सुस्ताकी लैला दिदी अर्थात् नरुजा भन्छिन्, ‘आफ्नै जमिनमा खेती गरेर खान पाएका छौं।’ उनले लैला नाम आफैं राखेकी हुन्।

चलचित्रको नायिका–नायकको प्रेम देखेर उनले आफूलाई लैला र देशको भूमिलाई मजनु नाम राखिन्। त्यतिबेलै बाँचुञ्जेल सीमा मिच्न नदिने अठोट राखिन्।

सुस्ताको क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर छ। १४ हजार हेक्टर भारतले अतिक्रमण गरेको छ। साढे सात हजार हेक्टरमात्रै सुस्तावासीले भोगचलन गरेका छन्। १९ हजारभन्दा बढी हेक्टर जमिन नेपाल भारत कसैले भोगचलन नगर्ने सहमति भएको छ।

२०६२ मा भारतीयले जमिन अतिक्रमण बढाएपछि ६४ सालमा गाउँलेबीच यो सहमति भएको हो। लैलाजस्तै सुस्तावासीको अठोट छ, १४ हजार हेक्टर जमिन पनि फिर्ता हुनैपर्छ। ‘हाम्रो जमिन भारतीयलाई किन दिने ?

उनको प्रश्न छ। उनकै ५ बिघा बाहेकको जग्गासमेत अतिक्रमणमा परेको छ। पुर्जा, जोतभोग प्रमाण भए पनि फिर्ता भएको छैन। सीमामा पिलर बनेर खटिने लैलाजस्तै सुस्तावासी धेरैको नेपाली नागरिकता नै छैन।

तर पनि नेपाली भूमिका लागि लडिरहेका छन्। तीन हजार १ सय ३३ जनसंख्या रहेको सुस्तामा करिब ३ सय ५० जनाको मात्रै नागरिकता छ।

सुस्तावासीको एउटै माग छ, भूमि फिर्ता, सीमास्तम्भ र नागरिकता छिट्टै मिलोस्। भारतले तोकेको नयाँ सीमासाँध मान्न उनीहरू तयार छैनन्। सिमलको रुख, कल्भर्ट, जंगल र नारायणी नदीलाई सीमा मानिएको छ।

सुस्तावासीका अनुसार नेपाली भूभाग अझै परसम्म छ। भारतीय दैनिकजसो अतिक्रमण गर्न प्रयास गर्ने सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवाल बताउँछन्।

‘१५ दिनअघि पनि हामीले बनाएको बाटो अतिक्रमण प्रयास भएको छ’, उनले भने। सुस्तामा पिलर भएरै बसिरहेका रामनन्द चमारले ज्यानै गुमाए। नाप नक्सासहित स्थायी सीमा स्तम्भको माग गर्दै उनी अनसनमा बसेका थिए।

अनसन काठमाडौंमा पनि भयो। प्रधानमन्त्रीदेखि मन्त्री, नेतासम्मलाई कैयौंपटक ज्ञापनपत्र बुझाए। तर कसैले सुनेन।

‘भूमि बचाउन ज्यानको बाजी लगाएका हामीलाई अरू केही होइन, हाम्रो जमिनमा गिद्दे नजर कसैले नलगाओस्’, सुस्ता बचाउ अभियानका अर्का अभियन्ता मुन्ना खाँले भने।

सुस्ता अवलोकनका लागि धेरै मन्त्री, सांसद र नेताहरू पुगे। तर सुस्ताको लडार्इं सकिएको छैन। लिम्पियाधुरा, लिपुलेक, कालापानीजस्तै सुस्ताको समस्या पनि संसद्बाट समाधान हो भन्ने चाहना उनीहरूको छ।

सुस्तामा सुस्तामा २ सय ६५ घर धुरी छन्। २०४० सालमा भारतीय सुरक्षाकर्मीसहित अतिक्रमणमा आएका नागरिकलाई सुस्तावासीले लखेटिदिएको सुस्ता बचाऊ अभियानका अध्यक्ष गोपाल गुरुङले बताए। नेपाली सुरक्षाकर्मी बस्न थालेपछि भने केही सजिलो भएको छ।

सुस्ताको शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरीको क्याम्प र नेपाल प्रहरीको सीमा चौकी छ। सुरक्षाकर्मीको उपस्थितिले सुस्तावासीले आफूहरूलाई सुरक्षित ठानेका छन्।

तर, कुन समयमा भारतीय पक्ष आएर भूमि अतिक्रमणको वितण्डा मच्चाउने हो भन्ने चिन्ता ज्यूँका त्यूँ छ। स्वाभिमानको लडाईंका सिपाई बनेका सुस्तावासीका छोराछोरी माध्यमिक तह पढ्न भारत नै जानुपर्ने बाध्यता छ।

बर्दियाको गुलरिया, रूपन्देहीको मर्चवार, रोहिणी, कपिलवस्तुका सीमामा पनि स्थानीयले भारतसँग प्रतिवाद गरेरै जमिन बचाएका छन्। यी भूभागमा भारतीयले नेपालीले लगाएको बालीसमेत खोसेर लैजाने, नष्ट गर्ने गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.