• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

तीन महिनामा एटीएमबाट ५४ अर्ब २७ करोड अर्ब झिकियो



  •   शुक्रबार, असार ०५, २०७७
  • A
  • A+
  • A++

चैत ११ देखि जेठसम्म सर्वसाधारणले एटीएमबाट ५४ अर्ब २७ करोड रुपैयाँ झिकेका छन् । लकडाउन अवधिमा विद्युतीयसँगै एटीएममार्फत हुने कारोबार पनि बढेको हो । मासिक रूपमा चैतको तुलनामा जेठसम्म एटीएम कारोबार १ सय ४४ प्रतिशत बढेको छ ।

गत वैशाखमा ग्राहकले एटीएमबाट मात्र २३ अर्ब १५ लाख र जेठमा २२ अर्ब ७ करोड रुपैयाँ झिकेका थिए । ०७६ चैतमा यस्तो कारोबार ९ अर्ब ४ करोड रुपैयाँ थियो । लकडाउनका कारण सबै बैंक नखुलेको तर एटीएमबाट चौबीसै घण्टा कारोबार गर्न सकिने भएकाले धेरै कारोबार भएको राष्ट्र बैंक भुक्तानी विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

लकडाउन अवधिमा बैंक तथा वित्तीय संस्थाले सबै विद्युतीय कारोबार र राष्ट्र बैंकले आरटीजीएसमा शुल्क घटाएकाले ती कारोबार बढेको बताइएको छ । सो अवधिमा एटीएमबाट हुने कारोबार संख्या पनि १ सय ४३ प्रतिशत बढेको छ । गत चैतको तुलनामा वैशाखमा यस्तो कारोबार संख्या १ सय ९१ प्रतिशत बढेको थियो । गत चैतमा १० लाख ३८ हजारवटा कारोबार भएकामा वैशाखमा ३० लाख २० हजार र जेठमा २५ लाख २० हजारवटा कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ ।

लकडाउन अवधिमा मोबाइल बैंकिङ कारोबार पनि १ सय २७ प्रतिशत बढेको छ । गत चैतमा मोबाइल बंैकिङमार्फत ५ अर्ब ३९ करोड रुपैयाँ कारोबार भएको थियो । जेठमा यस्तो कारोबार १२ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । चैतको तुलनामा वैशाखमा भएको मोबाइल बैंकिङ कारोबार करिब ८० प्रतिशत बढेको देखिन्छ ।

चैत ११ देखि जेठसम्म मोबाइल बैंकिङ कारोबार संख्या पनि ३० प्रतिशत बढेको देखिन्छ । गत चैतमा ३२ लाख ८२ हजारवटा मोबाइल बैंकिङ कारोबार भएका थिए । वैशाखमा यो संख्या ४९ लाख ६० हजार पुग्यो । जेठमा केही घटेर ४२ लाख ५१ हजारमा झरेको राष्ट्र बैंकको तथ्यांक छ । मोबाइल बैंकिङबाट ससानो कारोबार गर्न पाइने भएकाले लकडाउन अवधिमा त्यसको लोकप्रियता बढेको राष्ट्र बैंकले जनाएको छ ।

लकडाउन अवधिमा इन्टरनेट बैंकिङ कारोबार भने घटेको छ । चैतदेखि जेठसम्मको अवधिमा इन्टरनेट बैंकिङको कारोबार ७९ र संख्या ७६ प्रतिशतले घटेको छ । इन्टरनेट बैंकिङमार्फत ठूलो कारोबार गर्न पाइन्छ । लकडाउनको अवधिमा व्यापार व्यवसाय ठप्प भएकाले ठूला कारोबार भएका छैनन् ।

सोही कारण सो अवधिमा इन्टरनेट बैंकिङ कारोबार घटेको भुक्तानी विभाग प्रमुख नेपालले बताए । चैतदेखि जेठसम्म आरटीजीएस कारोबार भने बढेको देखिन्छ । गत चैतको तुलनामा जेठसम्म आरटीजीएसको कारोबार ५२ प्रतिशत र कारोबार संख्या २८ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ । आरटीजीएस ठूला कारोबारका राष्ट्र बैंकले निर्माण गरेको विद्युतीय भुक्तानी माध्यम हो ।

लकडाउन अवधिमा पोओएस (पोस्ट अफ सेल) कारोबार १ सय ३० प्रतिशत र संख्या १ सय ९२ प्रतिशत बढेको छ । यो कारोबार गर्दा कार्डमार्फत हुने भुक्तानी हो । पीओएस कारोबार बढ्नुको अर्थ नगदरहित कारोबारले बढ्यो भन्नु हो । सरकारको नीतिअनुसार राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गरिरहेको छ । सोही कारण पछिल्ला वर्षमा नगदरहित कारोबार बढ्दै गएको राष्ट्र बैंकले दाबी गरेको छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको राष्ट्र बैंकले गत चैतदेखि विद्युतीय कारोबारको सीमा बढाएको छ । हाल मोबाइल बैंकिङ ‘क्यूआर’ कोडमार्फत दैनिक १ लाखसम्म कारोबार गर्न पाइन्छ । मासिक सीमा १० लाख छ । मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन १० लाख रुपैयाँ छ । मासिक रूपमा ३० लाखसम्मको कारोबार गर्न सकिन्छ ।

इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा १० लाख दैनिक कारोबार गर्न मिल्छ भने मासिक सीमा ५० लाख रुपैयाँ छ । यस्तै, वालेटमार्फत गरिने कारोबारमा एजेन्ट वा सबएजेन्टबाट दैनिक २५ हजार र महिनाको १ लाख, बैंक खाताबाट वालेटमा एक पटकमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाखको सीमा कायम गरिएको छ । वालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार २५ हजार, एक दिनमा १ लाख र महिनामा ५ लाखसम्म कारोबार गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.