Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, माघ ०५, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अबलोकन, उवासंघको टोलीलाई स्वागत

सकियो तीन दिने एग्रीटेक एक्स्पो ३१ हजार भन्दा बढीले गरे अवलोकन

भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

चितवन–३ मा रास्वपाका युवा नेता विशाल कोइराला सशक्त दावेदार

रवि लामिछाने विरुद्ध दायर गरिएका संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय

चितवनमा माघ २ गतेदेखि नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुने

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

पिठुवा खानेपानीको आठौं बार्षिक साधारण सभा: २६ लाख ८७ हजार रुपैया मुनाफा

लोकप्रिय समाचार

  • १. ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

  • २. आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

  • ३. चितवनमा माघ २ गतेदेखि नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुने

  • ४. रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अबलोकन, उवासंघको टोलीलाई स्वागत

  • ५. सकियो तीन दिने एग्रीटेक एक्स्पो ३१ हजार भन्दा बढीले गरे अवलोकन

  • ६. भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

  • ७. रवि लामिछाने विरुद्ध दायर गरिएका संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय

  • ८. चितवन–३ मा रास्वपाका युवा नेता विशाल कोइराला सशक्त दावेदार

नागको अन्डा देख्ने मान्छेको भाग्य च’म्किने ?



  •   आइतबार, साउन ३२, २०७७
  • A
  • A+
  • A++

सपना देख्नु एउटा स्वस्थ व्यक्तिको आवश्यक प्रक्रिया हो । निन्द्रा सामान्यता जागृत सुषुप्त अनि स्वप्न अवस्थामा विभाजन गर्न सकिन्छ । चेतन र अवचेतन अवस्थामा जाने आउने दृश्य र अवचेतन र चेतन अवस्थामा आउने फेरबदल परदृश्यलाई नै सपनाको वैज्ञानिक परीभाषा मान्न सकिन्छ । गहिरो निन्द्रामा देखिने सपनाले ज्योतिषीय मूल्य मान्यता राखेको हुन्छ ।

ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पूर्वसूचना शुभ अशुभ अनि मिश्रित फल दिने बताइएको छ । अग्निपुराणमा केहि सत्य तथ्य लेखेको पाइन्छ । ज्योतिष शास्त्रमा यदि जातकको जन्मकुण्डलीमा नराम्रा ग्रहहरूको असर छ भने नराम्रा नराम्रा सपना देख्दछन् अनि फल पनि नराम्रो नै भोग्दछन् । सपना देखेको समय तिथि मिति अनि देख्ने व्यक्तिको शारिरिक मानसिक अवस्थाले सपना पुरा हुने नहुने बताउन सकिन्छ । बिरामी, मानसिक तनाब, शोकको अवस्था र दिनमा देखेको सपनाको कुनै अर्थ राख्दैन ।

जन्मकुण्डलीको बिस्तृत अध्यन गरेर सपनाको फल बताउन सकिन्छ । रातिलाई चार प्रहरमा भाग गर्दा पहिलो प्रहरको सपनाको फल एक वर्ष, दोस्रो प्रहरको सपनाको फल आठ महिना, तेस्रो प्रहरको फल एक महिना र बिहान व्रह्ममूहुर्तको र सुर्योदयभन्दा पूर्वको सपनाको फल त्यहि दिन देखी दस दिनसम्म पुरा हुन सक्दछ ।

शुक्लपक्ष षष्ठी, सप्तमी, अष्टमी र नवमी अनि कृष्ण पक्षको चतुर्दशीमा देखेको सपनाको फल छिटो प्राप्त हुन्छ । पूर्णीमामा देखेको सपनाको फल अवस्य प्राप्त हुन्छ। शुक्ल पक्षको द्वितीया, तृतीया अनि कृष्ण पक्षको अष्टमी र नवमीमा देखेको सपनाको फल उल्टो प्राप्त हुन्छ । शुक्ल पक्षको प्रतिपदा अनि कृष्ण पक्षको द्वितीया तिथिको फल ढिलो प्राप्त हुन्छ । शुक्ल पक्षको चतुर्थी अनि पंचमीमा देखेको सपनाको फल दुई महीना देखि दुई वर्ष सम्म पुरा हुन्छ ।

भगवान शिव सपनामा देखिनु विपत्तिको नाश, देवी देखिएमा रोगबाट मुक्ति र सरस्वती सपनामा देखिनुभए ज्ञानमा वृद्धि हुन्छ । डाक्टर देखे रोग बढ्ने, अतिथी आएको देखे राम्रा खबर सुन्न पाईने, हुलाकी देखे नयाँ खबर आउन सक्ने, पुजारी देखे उन्नति हुन्न सक्ने, भिखारी देखे राम्रो समयको सुरुवात हुन सक्ने , विधुवानारी देखे हानी हुन सक्ने , जवान केटी देखे विवाहको योग बन्नसक्छ । गुरु देखे सफलता प्राप्ति मिल्दछ भने साधुसन्त देखे राम्रो समयको थालनी हुन सक्छ । साना नानी देखे सन्तान प्राप्ति हुन सक्ने र आफ्नै आमालाई सपनामा देखे सम्मान मिल्दछ ।

शिशुचलेको देखे हराएको वा लुकेको धन प्राप्ति हुने, दिदीवहिनी देखे पारीवारिक सुख मिल्नेछ भने दाजु भाई देखे नयाँ साथी मिल्ने सम्भावना हुन्छ र कन्या देखिएमा धनागम हुन सक्नेछ । पान खाएको देखे प्रेम प्राप्ति हुने सपनामा अन्डा खाएको देखे पुत्रप्राप्ति हुनसक्छ । हरियो तरकारी देखे धन प्राप्त, झन्डा देखे धार्मिक आस्था बढ्छ भने तलाऊ, समुद्र देखे इज्ज़त पाईन्छ । मासु देखे आकस्मिक धनलाभ भने आफुले मिठाई खाएको देखे बिरामी परिन्छ । नरिवल, केरा वा कागती देखे सन्तान प्राप्ति, पुजा पाठ गरेको देखे राम्रोकुरा प्राप्त, जुवा खेलेको देखे ब्यापारमा उन्नति प्रगति, तास देखे धनलाभ, दुध, दही देखे धनलाभ, कपास देखे स्वास्थ्यमा राम्रो हुन्छ भने रुद्राक्ष देखे शुभ समाचार सुन्न पाइन्छ । चन्दन देखे शुभ समाचार मिल्नेछ । नाचगान देखे अशुभ समाचार सुन्ने ।

पैसा देखे धनलाभ र आप खाएको देखे पनि धनलाभ हुन्छ । बादल देखे बढुवा हुने, तन्ना देख्ने बदनामी र पुलमा हिडेको देखे सामाजिक सम्बन्ध प्रगाध हुन सक्नेछ । शत्रु देखे धनागम, औठी देखे प्रेमी मिल्ने, ऐनामा आफुले आफ्नो अनुहार हेरे प्रेमी प्राप्त हुन सक्नेछ । कपाल काटेको देखे ऋणबाट मुक्ति, आफ्नो कपाल फूलेको देखे आयु बढ्ने, ढोका लगाएको देखे धननाश र पलङमा सुतेको देखे आफ्नो हिम्मत बढ्नेछ ।

दाँत झरेको देखे भाइ बहिनीमा , नङ काटेको देखे रोगबाट मुक्ति, कसैको अङ्ग का”टिएको देखे सन्तान प्राप्ति हुन्छ भने आफ्नै अंग का”टिएको देखे आँसु आउने चिन्ता बढ्ने, घर बनाएको देखे भविष्यमा आउने सङ्कट निराकरण , स्टेशन देखे सुखद् यात्रा, खाली पसल देखे अशुभ, भरी पसल देखे धन प्राप्ति, हुलाक देखिए काममा प्रगति भने बलेको दियो देखे आफ्नो आयु बढ्नेछ । धुँवा देखे रोगले ग्रस्त, आगो देखिए रोकिएको धन प्राप्त, आगोमा आफ्नो अङ्ग जलेको देखे ब्यापारमा हानी भने हामीले आगो समातेको देखे अनावस्यक खर्च बढ्ने, आफु हाँसेको देखे बादविवाद भने रोएको देखे सुखद् समाचार सुन्न पाईन्छ । बच्चा रोएको देखे आफुलाई समस्या पर्न सक्छ ।

धातुहरुमा यदि चाँदी देखे धन लाभ, सुन देखिए नराम्रो र तामा देखे गोप्य कुरा पत्ता लाग्ने, फलाम देखे दुर्घटनाको सङ्केत, पित्तल देखे शत्रुहरुमाथि पराजितको सङ्केत, स्टिल देखे वास्तविक रहस्य पत्ता लाग्ने, रेल देखे कष्टकर यात्रा, प्लेन देखे यात्राको सम्भावना, साइकल देखे सिद्धि प्राप्त, पानीजहाज देखे लामो यात्राको सङ्केत र रत्नहरू देखिएमा पदमा उन्नति प्रगति हुने, थुक देखिएमा समस्यामा हुनु, हिलोको दलदल देखे चिन्ता बढ्नु, कैची देखे बादविवाद बढ्नु, चिम्टी देखे समस्या बढ्ने, कोइला देख्नु अनावस्यक समस्यामा पर्नु, जाल देखे मुद्दामा पर्नु, बरफ देख्नु आफै बिरामी पर्नु, छुरी देखे संकटको प्रतिक मान्न सकिन्छ । लट्टी देखे आराम मिल्न सक्छ ।

सपनामा यदि जनावर देखे त्यसले पनि पृथक पृथक अर्थ राख्दछ । हात्ती देखे सन्तान प्राप्ति, बिरालो देखे घरमा चोरी, घोडामाथी चढेको देखे सफलता प्राप्त हुने अविवाहित व्यक्तिले गाई देखे सुयोग्य पति अथवा पत्नी को प्राप्ति, भैसी देखे शोकमा पर्नु हो । बाघमाथि चढेको देखे विजय हुनु, गाई आएको देखे घरमा धन सम्पत्तीमा वृद्धि, गाईका बाच्छा बाच्छी देखे सन्तान प्राप्ति, स्याल देख्नु नराम्रो, कुकुर देखे साथी भाइसङ्ग भेटघाट, भालु देखे सुखद् समाचार सुन्न पाईनु, माछा देख्नु राम्रो, चरा रोएको देखे कङ्गाल र दरिद्रताको प्रतिक, सुगा भाग्यमको सूचक हो । छेपारो देखे घरमा चोरी, सेतो सर्प देखे धन प्राप्ति, उल्लु देखे धनहानी, नीलो गाई देखे भौतिक चिजमा प्रगति, अरिङ्गाल देखे ब्यापारमा हानी, बिच्छी देखे मान र इज्जत बढ्ने, भैंसीले दुध दिएको देखे मिष्ठान्न भोजन, बिरालो देखे धनमा हानी, बिरालोको झगडा देखे साथिहरुसङ्ग झगडा, खच्चड र कमिला देखे समस्यामा पर्नु
हो ।

आफुले सानो जुत्ता लगाएको देखे झगडा, नारीहरुले आँखामा गाजल लगाएको देखे शारीरिक समस्या, पहाड हल्लिएको देखे कोही बिरामी हुन सक्नेछ । ठुलो पहाडबाट खसेको देखे समस्या आउन सक्नेछ भने रुखबाट खसेको देखे बिरामी पर्न सकिन्छ ।

अदालत देखे विवादमा पर्न सकिन्छ । धनुष चलाएको देखे इच्छापूर्ति, वाँसुरी बजाएको देखे चिन्ता बढ्ने, खानाको थाल देखे धन हानी, कपाल फिँजाएको देखे सङ्कट, पिंजडा देखे कैद हुनसक्ने, गोबर देखे पशुको ब्यापारमा फाईदा हुन सक्नेछ ।

तेल पिएको देखे ठुलो रोगबाट छुटकारा, विदाई समारोह देखे राम्रो, लडाईं देखे प्रशन्नता प्राप्ति, कमलको फूल देखे रोगबाट मुक्ति, मसीको भाडा देखे धनलाभ, हुलाकघर देखे ब्यापारमा प्रगति भने बाटो देखे समस्याको हल हुनेछ । चन्द्रमा देखे आकस्मिक समस्या, चन्द्रग्रहण देखे बिरामी, तारामण्डल देखे भाग्य बढ्ने, इन्द्रधनुष
देखे उत्तम स्वास्थ्य प्राप्त, सूर्य देखे वरिष्ठ मान्छेसङ्ग भेटघाट हुन सक्नेछ । भूकम्प गएको देखे सन्तानमा कष्ट, पानी परेको देखे अन्नको कमि, वाढीपहिरो आएको देखे ब्यापारमा हानी, चट्याङ् परेको देखे सङ्कट, आँधी आएको देखे यात्रामा कष्ट हुन सक्नेछ । यदि मन्दिर गएको देखेमा धार्मिक कर्ममा रुची बढ्न सक्नेछ ।

मलामी देखे रोग नाश, आत्महत्या गरेको देखे खराब भावना मनबाट हट्ने र कसैको हत्या भएको शुभ सङ्केत मान्न सकिन्छ । मृत व्यक्तिले बोलेको देखे मान्छेको इच्छापूर्ति हुनसक्नेछ । मसानघाटमा रक्सी पिएको देखे मृत्यु हुन सक्ने सङ्केत हो ।

सपनामा मरेका स्वजनलाई देख्नुको अर्थ राख्दछ । पितृस्वरूप मृतात्मा आएर दर्शन दिन्छन अथवा आशीर्वाद दिन्छन भने त्यो लाग्दछ यदि श्राप दिन्छन भने त्यो श्राप पनि लाग्दछ । यदि पितृहरु आएर हातमा फल दिए सन्तान सुख, स्याऊ सुन्तला दिए पुत्रसुख हुन्छ । हामीलाई सपनामा उकालोतिर जान अभिप्रेरित गरे जीवनमा
उन्नति प्रगति मिल्दछ भने ओरालो तिर पठाए नराम्रो सूचक हो । हाम्रा पितृहरु घाईते देखे राम्रो हो यसको अर्थ हामीलाई खराब घटनाबाट बचाउनको लागि हो ।

यदि हामीले सबै पितृहरु एकै पटक एकसाथमा देखे त्यसले घरमा हानी ल्याउने सम्भावना हुन्छ । पितृहरू पटक पटक सपनामा आईरहन्छन् भने बिहान उठेर पितृलाई सम्झेर तुलसीको मठमा जल चढाउनु पर्दछ ।

नराम्रो सपना देखियो भन्दैमा आत्तिनु अनि राम्रो सपना देखियो भन्दैमा मात्तिनु हुदैन । नराम्रो सपना देखेमा आफ्नो कुलदेवतालाई स्मरण गरेर तुलसीको मठमा जाने अनि ‘ॐ नमो भगवते वाशुदेवायस्’ एकसय आठ पटक जप्ने त्यो नराम्रो फल निष्फल हुन्छ । पिपलको दर्शन गर्ने र बिशेष गरेर राहु केतु अनि शनि ग्रहको जप
पाठ अनि असहायलाई दान गर्दा अवस्य पनि नराम्रो सपनाको फल टरेर जान्छ । नराम्रो सपना देखेरे फेरि पनि आफै निदायियो भने त्यो सपनाको फल स्वतस् निष्फल हुन्छ ।पटक पटक नराम्रो सपना आउने र जीवनमा धेरै नै असर गरेको छ भने “शान्तिकर्मणि सर्वत्र तथा दुस्स्वप्नदर्शने ग्रहपीडासु चोग्रासु माहत्म्यं शृणुयान्मम” यस मंत्रले सम्पुट पाठ गर्दा अवस्य पनि जीवनमा सकारात्मक उर्जा मिल्दछ । नराम्रो सपना देखियो भने सबैलाई भन्दै हिड्यो भनेपनि त्यो सपनाको फल निष्फल हुन्छ ।

राम्रो फल दिने सपना देखियो भने सुत्नु हुदैन । बिहानै उठेर गौमाताको दर्शन गर्ने अनि तुलसीमठमा गएर विष्णु भगवानलाई सम्झिएर तुलसी अर्पण गरेमा त्यो अवस्य पनि पुरा हुन सक्दछ । राम्रा सपना देख्नको लागि हाम्रो जीवनशैली परिवर्तन गरेर मन प्रशन्न बनाउँदै राती सुत्नु पूर्व शिव, विष्णु, गणेश आदि भगवानको स्मरण गर्ने, धार्मिक तिर्थस्थल, मठ मन्दिर, मिठा मिठा भोजन अनि फलफूल आदिको कल्पना गरि योगनिन्द्राको अभ्यास गर्दा शुभ फलदिने राम्रा सपनाहरू हामीले देख्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अबलोकन, उवासंघको टोलीलाई स्वागत

सकियो तीन दिने एग्रीटेक एक्स्पो ३१ हजार भन्दा बढीले गरे अवलोकन

भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

ट्रेन्डिङ

सबै

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अबलोकन, उवासंघको टोलीलाई स्वागत

सकियो तीन दिने एग्रीटेक एक्स्पो ३१ हजार भन्दा बढीले गरे अवलोकन

भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अबलोकन, उवासंघको टोलीलाई स्वागत

सकियो तीन दिने एग्रीटेक एक्स्पो ३१ हजार भन्दा बढीले गरे अवलोकन

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

चितवनमा माघ २ गतेदेखि नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुने

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

रवि लामिछाने र बालेन शाहबीच ६ घन्टा लामो गोप्य भेटवार्ता

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.