• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

श्रीमान पोर्चुगलमा यता नेपालमा अदालतमा काम गर्ने श्रीमती छोरा सहित बेपत्ता, जंगलमा स्कुटर, नारायणी तिरमा बच्चाको चप्पल फेला पर्यो (भिडियो हेर्नुस्)


  •   सोमबार, भदौ ०१, २०७७
  • A
  • A+
  • A++

काठमाडौ । नवलपुरवाट शारदा लामिछाने र उनको ८ वर्षका छोरा प्रनेश लामिछाने हराएको भन्दै अहिले प्रहरी र परिवार खोजीमा जुटेको छ । उनी केही दिन अघि आफ्नो छोरालाई नारायणी नदि देखाउने भन्दै लिएर हिडेको केही आफन्तहरुले देखेका थिए । शनिवारको दिन शारदा र उनको छोरा हराएका हुन् । तर आइतवारको समयमा शारदा कावासोती २ मा हाइवे भन्दा झण्डै डेढ किलोमिटर उत्तर तर्फ डेरा खोज्दै पुगेको एउटा संकेत फेला परेको छ ।

उनी एक जना महिला डेरा खोज्दै आएको भन्दै एक जना युवकले बताएका छन् । राजु न्यौपाने भाडामा बसेकै घरमा शारदा कोठा खोज्न आएको भन्दै भनेपछि अहिले उनी जिवितै रहेको भन्दै खोजि थालिएको छ । कोठा खोज्न आउने महिलाले भने बच्चा नबोकेको ति युवकले बताएका छन् । माक्स लगाएको अवस्थामा देखेको बताएका ति युवाले अहिले हराएको भनेर सार्वजनिक भएको तस्बिरसंग ९० प्रतिशत मेल खाने महिला देखेको बताएका थिए ।

श्रीमान काठमाडौ काम गर्ने र परिवारका साथमा बस्दा खर्च धान्न नसकेका कारण आफु कावासोतीमा कोठा खोजेको भन्दै पुगेको ति युवाले बताएका छन् । युवाले आफु घरभेटी नभएको र साँझ आउनु भनेर भन्दा उनले मलाइ त तुरुन्तै चाहिएको छ भन्दै हिडेकी थिइन् । उनले ति युवासंग बाबु र म बस्ने हो भन्दै कोठा खोजेकी थिइन् ।

देवि लामिछाने ९वुटवल० की महिला जसले भविष्यवाणी गर्ने दावी गर्छिन । उनले शारदा दाइने चन्द्रमामा निस्किएको, राम्रो समयमा घरवाट बाहिर निस्केको, कालराहु पुर्व भएको र शारदा उत्तर पश्चिम गएको भन्दै शारदा जिवित रहेको र उनलाई केही नभएको देवि लामिछानेले दावी गरेकी छन् ।

शारदाको अमाजुले पनि घरवाट निस्कदा पिंक रंगको कपडा लगाएको बताएकी छन् । कावासोतीमा शारदा जस्तै देखेको बताएका युवाले पनि पिंक रंगकै कपडा लगाएको आफुले देखेको बताएका छन् । शारदाका श्रीमान पोर्चुगलमा छन् । यता शारदा हराएको धेरै दिन भइसक्यो । नारायणी नदि किनारमा उनीहरु गएको र नदि किनारमा एक जोर चप्पल फेला परेपछि शंका उत्पन्न भएर उनको खोजि गरिएको हो ।

शारदाका बुवा आमाले ज्वाईका कारणले नै शारदाले घर छोडेको बताएका छन् । उनलाई पोर्चुगलमा रहेका ज्वाईले शारदालाई मोवाइलमा निकै तनाव दिने गरेको शारदाको बुवाले बताएका छन् । श्रीमानले पोर्चुगलवाट पठाएका म्यासेज पनि अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

स्कुटर जंगलको छेउमा फेला परेको र बच्चाको चप्पल नारायणी नदिमा फेला परेपछि शारदाको माइती निकै दुखी भएका छन् । उनी माइत जान भनेर घरवाट हिडेको तर माइत पनि पुगिनन् । अहिले उनको खोजि भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.