• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

आठ वर्षको उमेरमा बिहे गरेकी वसुन्धराको महिना नबित्दै श्रीमान्को मृ त्यु भएपछि ८० वर्ष एकल जीवन बिताएकी वसुन्धरा अब आफ्नै ‘कुटी’मा



  •   सोमबार, जेठ ३१, २०७८
  • A
  • A+
  • A++

बलेवा, ३० जेठ – सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा वसुन्धरा शर्माको चुल्हो बल्छ । परिवारमा अरू कोही छैनन् । खेती गरेर खाने जमीन छैन, उमेरले पनि डाँडा काटेकाले काम गरेर खानसक्ने कुरै भएन । बिहे गरेको महिना नबित्दै श्रीमान्को मृ त्यु भएपछि बिहेपछिका झण्डै ८० वर्ष उहाँले एकल जीवन बिताउनुभयो । आठ वर्षको उमेरमा उहाँको बिहे भएको थियो ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी उहाँ ८८ वर्षकी हुनुभयो । उहाँको जिउने आधार एउटा सानो कुटी थियो । गत वर्षको वर्षायाममा त्यही कुटीमा समेत विपत्ति आइलाग्यो । गत भदौ २८ र २९ गतेको वर्षापछि जग नै भासिएर घर जमीनमुनि पुग्यो । वसुन्धराले एक वर्ष निकै कष्टले बिताउनुभयो । घर भाँसिएपछि पीडाको सीमा रहेन । छिमेकीको घरमा आश्रय लिएर बस्नुभयो । वसुन्धारको खुशी एक वर्षपछि फर्किएको छ ।

नगरपालिकाले भाँसिएको घर पुनर्निर्माण गरिदिएपछि वसुन्धराको आँखामा अहिले हर्षका आँसु देखिन्छन् । “बाससमेत हिँड्यो, अहिले नयाँ घर बनेको छ, पानी ओत्ने भो”, वसुन्धराले खुशी व्यक्त गर्दै भन्नुभयो, “आफ्नै झुप्रो प्यारो लाग्छ नि !” उहाँको घर बनाउन नगरपालिकाले रु ७० हजार अनुदान दिएको थियो । स्थानीय युवाले सहयोग अभियान घोषणा गरेका थिए ।

नगरपालिकाले जिम्मेवारी लिएपछि युवाहरुले अभियान रोके । घर बनाउन डकर्मी र सिकर्मीको ज्याला रु ५० हजार र रु २० हजारको जस्तापाता उपलब्ध गराइएको वडा सदस्य रुद्रनाथ शर्माले बताउनुभयो । स्थानीय काठ र बाँस तथा ढुङ्गा माटोले उहाँका लागि एकछाने नयाँघर बनेको छ । एकल भएकाले खानाका लागि सामाजिक सुरक्षा भत्ता र एकदुईवटा अंशमा पाएका बारीमा फल्ने उपजले पुग्छ । (रासस) :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.