• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

केहीबेर अघि २४ प्रहरी सवार ट्रकको ब्रेक फेल भै भयो दुर्घटना


  •   शुक्रबार, मङि्सर ०३, २०७८
  • A
  • A+
  • A++

उदयपुर : जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरको प्रहरीको बा१ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका- ७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् । कटारीबाट गाईघाट आउँदै गरेको वान टन ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट-नेपालटार खण्डमा साँझ ८ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ओरालोमा वन टनको ब्रेक फेल भएर पल्टिएको जनाइएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् भने २१ जना सामान्य घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् । बस्ती अगाडि दुर्घटना भएकाले स्थानीयबासीले उद्धार गरी जिल्ला अस्पताल गाईघाट पठाएको स्थानीय होमबहादुर बस्नेतले बताए ।

त्यस्तै काठमाडौंको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। माइतीघरबाट बबरमहल जाँदै गरेको बागमती प्रदेश ०२-०२४ प ६७७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटना हुँदा मोटरसाइकल पछाडि बसेका एक जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए।

जेब्रा क्रसिङनेर मोटरसाइकल पल्टिँदा पछाडी सवार काभ्रे घर भएका २१ वर्षीय रोहन मलेकारको टाउकोमा चो’ट लागेको थियो। काभ्रे घर भई काठमाडौंको पेप्सीकोला बस्दै आएका १८ वर्षीय चालक रूपक केसी पनि घाइते भएका थिए।

उनीहरू दुबैलाई अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो। मलेकारको उपचारको क्रममा बिहान २:५५ मा मृत्यु भएको प्रहरी नायब उपरीक्षक शाहले बताए। चालक केसी भने सामान्य छन्। अहिले उनी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा छन्।

एक प्रहरीका अनुसार उनीहरू राति ठमेलबाट घर फर्किँदै थिए। उनीहरू साथी हुन्। ती’व्र गतिका कारण दुर्घटना भएको देखिएको उनले बताए। चालकले मा’प’से गरेको ट्राफिक प्रहरीको ब्रेथलाइजरमा देखिएको थिएन। मृतक मलेकारको शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.