नेपालगञ्ज, १६ मंसिर। बाँकेको नरैनापुर गाउँपालिकाले कक्षा ६–१२ का छात्राहरूलाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा साइकल वितरण गरेको छ ।
गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका तीन माध्यमिक विद्यालय र एक आधारभूत तहमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्दै आएका ५ सय २ जना छात्रालाई साइकल वितरण गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले नरैनापुरको विकासको लागि छात्राको पहुँच विद्यालयसम्म पुर्याउन आवश्यक भएकोले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छात्रालाई साइकल वितरण गरिएको बताइन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****