Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, चैत ०१, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

एमबाप्पे बने पीएसजीको सर्वाधिक गोलकर्ता

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

चितवनमा सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण, टिकटक बनाउने र फोटो खिच्नेको भिड

राष्ट्रिय आधारभूत बिधालय सिरकोटमा सर–सफाई तथा फोहोर ब्यबस्थापन सचेनता कार्यक्रम सम्पन्न

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

लोकप्रिय समाचार

एक मिनेटमै आनन्दमय मृत्यु दिने मृत्युको मेसिनले कानुनी स्वीकृति पायो



  •   बिहिबार, मङि्सर २३, २०७८
  • A
  • A+
  • A++

काठमाडौं। स्विट्जरल्याण्ड सरकारले सुसाइड मेसिनको प्रयोगलाई कानुनी मान्यता दिएको छ । यो मेसिन बनाउने कम्पनीको दावीअनुसार यो मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पीडाबिना मृत्यु दिन सक्छ । यो मेसिन कफिनको आकारको छ । यो मेसिनको माध्यमबाट अक्सिजन लेभल अत्याधिक कम गरिन्छ जसका कारण एक मिनेटभित्र मृत्यु हुन्छ ।

एक्जिट इन्टरनेशनल नामको संस्थाका निर्देशक डा. फिलिप निट्स्केले यो मृत्युको मेसिन बनाएका हुन् । उनलाई डा. डेथ पनि भनिन्छ । स्विट्जरल्याण्डमा इच्छा मृत्युले कानुनी मान्यता पाइसकेको छ । एक्जिट इन्टरनेशनलको दावी अनुसार गत वर्ष स्विट्जरल्याण्डमा १३०० जनाले अरुको सहयोगमा आत्महत्या गरेका थिए ।

यो मेसिन यस्ता मानिसहरुको लागि बनाइएको बताइन्छ जो बिरामी भएर हिँडडुल गर्न पनि सक्दैनन् । ब्रिटिस वेबसाइट इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यो मेसिनलाई भित्रबाट पनि अपरेट गर्न सकिन्छ । बिरामी व्यक्तिले मेसिनभित्रबाट आँखा झिम्क्याएर पनि यो मेसिन चलाउन सक्छ । यो मेसिनमा बायोडिग्रेडेबल क्याप्सुल जडान गरिएको छ जसलाई कफिनजस्तै प्रयोग गर्न सकिन्छ ।

यो मेसिनलाई सार्को नाम दिइएको छ । अहिले यसको प्रोटोटाइप पेश गरिएको छ । डा. निट्स्केले भने ‘यति सबै ठिक रह्यो भने अर्को वर्षसम्म यो मेसिन उपलब्ध हुनेछ । यो अहिलेसम्मको सबैभन्दा महंगो प्रोजेक्ट हो । तर, हामी यसको धेरै नजिक छौं ।’

यद्यपि यस्तो मेसिन बनाएकोमा डा. निट्स्केको आलोचना पनि भइरहेको छ । केही मानिसहरुले मेसिन प्रयोग गर्ने तरिकामाथि प्रश्न उठाएका छन् । उनीहरुले यसलाई खतरनाक ग्यास च्याम्बर भनेका छन् । केही मानिसहरुले यो मेसिनले मानिसहरुलाई आत्महत्याको लागि उक्साउने दावी पनि गरेका छन् । अहिलेलाई २ वटा मेसिन प्रोटोटाइप तयार छन् । तेस्रो मेसिनको निर्माण पनि भइरहेको छ । अर्को वर्षसम्म यो तयार हुने सम्भावना छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनको भरतपुरमा डिजिटल मार्केटिङ सम्बन्धि निःशुल्क सेमिनार सम्पन्न

फेसबुक ‘ह्याक’ गर्ने गिरोह यसरी समातिए, पक्राउ परेकाहरु सबै ‘कम्प्युटर साइन्स’का विद्यार्थी !

साना तथा मझौला उद्यमीहरूको लागि एकदिने निशुल्क डिजिटल मार्केटिंग तालिम हुँदै

ट्रेन्डिङ

सबै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

बालुवाटार बैठक सकियो, राष्ट्रपतिबारे पाँच बजेपछि निर्णय

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.