• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

लोकप्रिय समाचार

  • १. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • २. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ३. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

  • ४. प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

यी हुन् नेपालको सबैभन्दा बढी व्यापार घाटा भएका १० देश, कुनसँग कति छ घाटा ?



  •   मङ्गलबार, फागुन २४, २०७८
  • A
  • A+
  • A++

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा नेपालले ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयत गरेको छ भने १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको वस्तु निर्यात ।

विभागको तथ्याङ्क अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा १० देशसँग रहेको छ । ती १० देशमा क्रमसः भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया, युक्रेन, मलेसिया र बंगलादेश रहेका छन् ।

नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेको सूचीको पहिलो नम्बरमा पर्छ– भारत । पछिल्लो सात महिनामा नेपालको भारतसँग व्यापार घाटा ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख ६ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा भारतबाट नेपालमा ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख ९४ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट भारतमा १ खर्ब ६ अर्ब ३५ करोड ८३ लाख ८७ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको दोस्रो ठूलो व्यापार घाटा चीनसँग रहेको छ । चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालको चीनसँग व्यापार घाटा १ खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख २८ हजार रहेको छ । यो समयमा चीनबाट नेपालमा १ खर्ब ६५ अर्ब २३ करोड ७७ लाख ४३ हजार रुपैयाँ र नेपालबाट चीनमा ४८ करोड ७९ लाख १५ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग रहेको छ । यस वर्ष इन्डोनेसियासँग नेपालको व्यापार घाटा ३५ अर्ब ३४ करोड ९७ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा इन्डोनेसियाबाट नेपालमा ३५ अर्ब ३७ करोड ४१ लाख ३९ हजार रुपैयाँ र नेपालबाट इन्डोनेसियामा २ करोड ४३ लाख ५२ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको चौंथो ठूलो व्यापार घाटा युएईसँग रहेको छ । पछिल्लो सात महिनामा युएईसँग नेपालाको व्यापार घाटा ३१ अर्ब ४५ करोड ८५ लाख ३१ हजार रुपैयाँ रहेको छ । यस वर्ष नेपालले युएईबाट ३१ अर्ब ७४ करोड २७ लाख ९२ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही समयमा नेपालले युएईमा २८ करोड ४२ लाख ६१ हजार रुपैयाँको वस्तु पठाएको छ ।

नेपालको पाँचौ ठूलो व्यापार घाटा अर्जेन्टिनासँग रहेको छ । बितेका सात महिनामा अर्जेन्टिनासँग नेपालको व्यापार घाटा २८ अर्ब ८९ करोड ८ लाख ११ हजार रुपैयाँ पुगेको छ । सो समयमा अर्जेन्टिनाबाट नेपालमा २८ अर्ब ८९ करोड २२ लाख १ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट अर्जेन्टिनामा मात्र १३ लाख ९० हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

नेपालको छैठौं ठूलो व्यापार घाटा अमेरिकासँग रहेको छ । वितेको सात महिनामा अमेरिकासँग नेपालको व्यापार घाटा २० अर्ब ११ करोड ६४ लाख १६ हजार रुपैयाँ रहको छ । उक्त अवधिमा अमेरिकाबाट नेपालमा ३० अर्ब ३ करोड २१ लाख ६० हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट अमेरिकामा ९ अर्ब ९१ करोड ५७ लाख ४४ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको सातौं ठूलो व्यापार घाटा अष्ट्रेलियासँग छ । भन्सार विभागका अनुसार पछिल्ला सात महिनामा नेपालको अष्ट्रेलियासँग व्यापार घाटा १५ अर्ब ६४ करोड ३४ लाख ६१ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा अष्ट्रेलियाबाट १६ अर्ब २८ करोड ६९ लाख ६८ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट ६४ करोड ३५ लाख ७ हजार रुपैयाँको वस्तु अष्ट्रेलिया निर्यात भएको छ ।

नेपालको आठौं ठूलो व्यापार घाटा युक्रेनसँग रहेको छ । यस वर्ष नेपालको युक्रेनसँग व्यापार घाटा १४ अर्ब ४२ करोड १७ लाख ८३ हजार रुपैयाँ पुगेको छ । नेपालले युक्रेनबाट १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँको वस्तु आयात गरेको छ । नेपालले भने मात्र १५ लाख ७८ हजार रुपैयाँको वस्तु युक्रेनमा निर्यात गरेको छ ।

नेपालको नवौं ठूलो व्यापार घाटा हुने राष्ट्र मलेसिया हो । मलेसियासँग बितेका सात महिनामा व्यापार घाटा ११ अर्ब ५० करोड ५८ लाख १९ हजार रुपैयाँ रहेको छ । सो अवधिमा मलेसियाबाट ११ अर्ब ५६ करोड ७३ लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ भने नेपालबाट ६ करोड १५ लाख १६ हजार रुपैयाँको वस्तु मलेसिया गएको छ ।

नेपालको १०औं ठूलो व्यापार घाटा बंगलादेशसँग रहेको छ । गत साउनदेखि माघसम्म बंगलादेशसँग नेपालको व्यापार घाटा ७ अर्ब ४२ करोड ३० लाख ९० हजार रुपैयाँ रहेको छ । सो समयमा बंगलादेशबाट नेपालमा ७ अर्ब ८५ करोड ६० लाख २८ हजार रुपैयाँको वस्तु आयात र नेपालबाट बंगलादेशमा ४३ करोड २९ लाख ३८ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

ट्रेन्डिङ

सबै

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.