• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, असार १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने

  •   बिहिबार, मङि्सर ०५, २०७६
  • A
  • A+
  • A++

‘कृषिको रुपान्तरण : कृषिमा यान्त्रीकरण’ भन्ने नारासहित चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने भएको छ । कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण र यन्त्रहरुको बारेमा जानकारी गराउन एवम् प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रदर्शनी कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा मंसिर ६ गतेदेखि ९ गतेसम्म हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सयभन्दा बढी प्रदर्शनीकर्ता, २० भन्दा बढी मुलुकका दुई हजार बढी कृषि यन्त्र, औजार एवम् प्रविधिहरुको प्रदर्शनी हुने आयोजक नेपाल कृषि मेसिनरी व्यवसायी संघका महासचिव कृष्ण शर्माले बताए । ७० जिल्लाका ३५ हजारभन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने प्रदर्शनीमा १० करोड रूपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।

अवलोकनकर्ताहरुले निःशुल्क प्रदर्शनी अवलोकन गर्न पाउने शर्माले जानकारी दिए । प्रदर्शनीको मुख्य आकर्षणमा एग्रिकल्चरल मेसिनरी एसोसिएसन क्षेत्रीय काउन्सिल एसिया र प्रशान्तको पाँचौँ सदस्य सम्मेलन रहने उनले बताए । सम्मेलनमा १८ देशका ३५ भन्दा बढी विज्ञहरुको सहभागिता रहनेछ । प्रदर्शनीले नेपालको कृषिलाई यान्त्रीकरणमार्फत व्यावसायीकरण गरी आधुनिक कृषिप्रणालीको विकास गर्न मद्दत पु¥याउने नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भूकृष्ण श्रेष्ठले बताए ।

प्रदर्शनीको अवलोकन गर्न देशका विभिन्न १७ वटा जोन कार्यक्रमका किसानहरु पनि आउने बताइएको छ । यसअघि विसं २०७४ मा धरानको सुनसरीमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी भएको थियो । स.चितवन पोस्ट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.