• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, असार ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

लघु कथा : गधा



  •   आइतबार, बैशाख २८, २०७७
  • A
  • A+
  • A++

शैलेस बिम्ब
एकादेशमा एउटा ब्यापारीले गधा किनेछ। गधा किने पछि उसको दैनिकी नै फेरियो । गधा धेरै ज्ञानि थियो । अह्राएको काम सजिलै सम्पन्न गर्थ्यो । यस्तो भयपछी ब्यापारी दङ्गदास भएर घाँसको सट्टामा दाना र मिठो मिठो खानाहरु खुवाउदै गयो। गधाको दैनिकी काम सामान ओसारपसार गर्ने थियोे ।

अकस्मात एक दिन गधाले आफ्नो दैनिकी काम गरेन । त्यो दिन ब्यापारीले घाँस समेत दिएन र अझै मरणासन्न हुनेगरी कुटपिट गर्यो र खानपिन बन्द गरिदियो। गधा एकदम कमजोर हुँदै गयो । अब गधा मर्ने अवस्थामा पुग्यो । ब्यापारी पनि सोच्न बाध्य भयो । अब के गरुँ, के गरुँ अनि सोच्यो यत्रो लगानी भो, काम पनि गरिनै रहेको थियो, सबै ठिक थियो । अब कतै मेरो लगानी डुब्ने त होइन ?

उता गधा पनि त्यस्तै सोच्दै थियो । राम्रो ब्यापारीकोमा थिएँ । खानपिन पनि राम्रो दिन्थ्यो,जाडोको समयमा पनि बोराको लुगाफाटो दिन्थ्यो, बेकारमा निउ खोज्या । तर म त जायज थिएँ । त्यो दिन काम गर्न मन नै थिएन ,किन कुट्नु ? जे होस अब खान पाइन भने मर्छु होला ।

एक दिनको कुरा हो, ब्यापारी बजारबाट घर पुग्दै थियो । गधा लडिरहेको देख्यो। मालिकलाई देखेर पुच्छर हल्लाउँदै सिर निउर्यायो। ब्यापारीले पनि आफ्नो फाइदालाई मध्य नजरमा राख्दै घाँस, गुन्डा, चना आदि खुवायो । अब सब ठिक हुदै गयो । गधा पनि तन्दुरुस्त र बलियो भयो, काम पनि ज्यादा गर्दै गयो । पहिले भन्दा सबै राम्रो हुँदै गएको थियो ।

अचानक खानपिन नपचेर गधा फेरि बिरामी भयो। ब्यापारीले अब चै हुदैन यो पाराले ! केही गर्नु पर्यो भन्ने सोचले आफू जस्तै अर्को ब्यापारीलाई आफ्नो सबै कथा ब्यथा सुनायो । अनि त्यो ब्यापारीले गधा पाल्ने केही सुत्र सिकायो। सधै काममा लगाउने ,थोरै खान दिने,आबश्यकता भन्दा धेरै लोड दिने ,गाली गरि सचेत गराइरहने आदि।

समय बित्दै गयो, खान नपाएर यता गधा कमजोर र निराश हुँदै थियो। परिस्थिति प्रतिकुल हुदै गयो । गधालाई यहि पाराले हो भने अब मरिन्छ होला जस्तो लाग्न थालेछ । एक दिन बिहानै को कुरा हो , गधाले आफ्नो घरको बाटो हुदै केही गधाहरु ठुलो ठूलो भारी बोकि उकालो तर्फ जादै गरेको देख्यो ।

आफ्नो समस्या सुनाउने बिचारले एउटालाई बोलाउदै “ए साथी एता आउ त” भन्यो र आफ्नो सबै कथाब्यथा सुनायो । सबै सुनिसकेपछी त्यो गधाले पनि आफ्नो अनुभवको आधारमा सल्लाह दिदै भन्यो,- ” धेरै भारी बोक्ने, काममा ढिलासुस्ती नगर्ने, मालिकले गाली गरे पुच्छर हल्लाउँदै टाउको निहुराउने, यस्तो गरे खान पनि पाइन्छ।” भारी बोकीरहेको गधाबाट सबै कुरा सुनेपछि गम्भीर भइ आफैलाई प्रश्न गर्दै प्रण गर्‍यो, अब आइन्दा साथीको सल्लाह मानिन भने जीवन भरी दु:ख पाइनेरहेछ। दु:ख मात्र होइन बाच्न नै मुस्किल हुन्छ ।

यस्तै बेलामा ब्यापारीले एउटा नयाँ गधालाई डोर्‍याउदै ल्यायो र भन्यो,- “अब देखी सबै काम तिमी नयाँले गर्ने है ।” यसो भन्दै ब्यापारीले नयाँ गधालाई घाँस गुन्डा र दाना दियो । यता त्यो पुरानो गधाले छाँगोबाट झरेको महशुस गर्यो र भन्यो” मलाई अन्तिम मौका दिनुस अब गल्ती गर्ने छैन ।

त्यस पछी गधाले खुरुखुरु काम गर्न थाल्यो । बडेमानको भारी बिसाउदै फेरि गधाले आफ्नो पुरानो सल्लाहकार सम्झीयो र भारी बोकेर उकालो लाग्दै अधि बढ्यो । समय बित्दै गयो । अब गधा बुडो भयो मर्छु जस्तो लागेर आफ्नो सारा सन्तानलाई भेला गराउदै उसले आफ्नो जिवनको भोगाइ सुनायो । आफ्नो नियती पनि छोरा नातीलाई सम्झायो । अचानक मर्यो पनि।

बुढो गधा मर्यो तर फेरि उही समस्या आउन छोडेन । गधाका सन्तानहरुले आफ्नो पू्र्खाले भनेको अन्तिम वचन मनन गरे । बडेमानको भारी बोक्दै उकालो लागे ।  पुस्तौं पुस्ता चल्यो । पुस्ता बदलियो, समय बदलियो तर गधाहरुको नियती उहीको उही । जहाँको त्यहीँ, जस्ताको तस्तै ।

कथा काल्पनिक हो, तर धेरैको वास्तविक जिवनसँग मेल खान सक्छ । बुढो गधा र उसका सन्तानहरुले जस्तै कतै हामी पनि जिवनभर कसैको भारी त बोकीरहेका छैनौँ ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.