• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, साउन १४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

  • २. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ३. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

अर्थतन्त्रको मेरुदण्ड पर्यटन व्यवसायलाई बचाउन सहुलियत प्याकेज ल्याउन आवश्यक छ : प्रबन्धक आचार्य



  •   शुक्रबार, जेठ ३०, २०७७
  • A
  • A+
  • A++

कोराना भाईरसका कारण विगत साढे २ महिना देखि देशभर लकडाउनमा छ । लकडाउनका कारण सारा आर्थिक क्षेत्र ठप्प छन । मानिसहरु बन्दा बन्दीमा छन । एयरलाइन्स बन्द छन । अन्य सार्वजनिक यातायात बन्द छन । राष्ट्रिय अन्तराष्ट्रिय व्यापार र उडान समेत रोकिएका छन । आर्थिक क्षेत्र ध्वस्त भईरहेका बेला पर्यटन व्यवसाय अन्तर्गत होटल व्यवसाय पनि सुनसान छन । खण्डहर झै बनेका छन । यतिबेला पर्यटकले देशभरीका पर्यटन क्षेत्र खचाखच हुने बेला लकडाउनका कारण होटल व्यवसायमा ठूलो पहिरो गएको छ । व्यवसायीहरुमा निराशापन छाएको छ ।

एकातिर होटल सञ्चालकहरु बैंकको ऋण तिर्न नसक्ने अवस्थामा छन तर यो व्यवसायमा आश्रित लाखौं कर्मचारीको रोजीरोटी गुमेको छ । यो कोरोनाको कहरले कहिले बिश्राम पाउलान र पर्यटन क्षेत्र कहिले तंग्रिएला यसै भन्न सक्ने अवस्था छैन । चितवनलाई चिनाउने तेस्रो पर्यटन क्षेत्र सौराहा क्षेत्रपनि अहिले सुनसान छ । साथै चितवनको अन्य पर्यटन क्षेत्र पनि यसबाट अछुतो छैन । यसै सन्दर्भमा रहेर चितवनको पर्यटन व्यवसायमा छुट्टै पहिचान बनाउन सफल लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिट्रिटका प्रबन्धक राजेश शर्मा आचार्य संँग गरेको कुराकानीको संपादित अंश ।

लकडाउनका कारण अहिले तपाईको व्यवसायलाई कस्तो असर परेको छ ?

कोरोना भाइरसका कारण विश्वनै आक्रान्त भएको बेला यसको प्रत्यक्ष असर होटललाई अवश्यनै परेको छ । लकडाउनका कारण देश विदेशबाट गरिएका बुकिङ्ग रद्ध गर्नुपरेको छ । होटलमा अहिले ताला लागेको अवस्था छ । कर्मचारीहरु बिदामा छन । भने अर्कोतिर हामीले बैंकबाट लिएका ऋणहरुको व्याज बुझाउन समेत नसक्ने अवस्था छौं ।

तपाईको विचारमा यो अबस्था कहिले सम्म रहला र तपाईहरुको आगामी योजना के छ ?

हामी अहिले पर्ख र हेरको अवस्थामा छौं । जसरी अन्र्तराष्ट्रिय स्तरमा व्यवसायलाई चलायमान बनाउन जे जति अभ्यासहरु भएका छन । त्यही अभ्यासलाई हामीले पछ्याउनु पर्छ । व्यवसाय चल्नु चलाउनु व्यवसायीको हातमा मात्रै हुदैन । यससंँग सम्बन्धित सरोकारवाला , सरकारी निकायहरुले समाधान खोज्नुपर्छ । खासगरी यो क्षेत्र अलि बृहत छ । यसक्षेत्रसंँग जोडिएका अन्य थुप्रै व्यवसायहरु छन । यो व्यवसाय विशुद्ध देश तथा विदेशबाट आउने पर्यटकमा निर्भर रहन्छ ।

कोरोनाको कहर सकिएपनि यो क्षेत्र उकासिन अझै केही समय लाग्छ । यो समयसम्म हामीले पर्यटन व्यवसायलाई बचाउन आफ्नो तबरबाट पूर्वाधार, पर्यटनमा विविधिकरण , स्वास्थ्य सुरक्षा मापदण्डलाई अपनाएर अघि बढाउनु पर्ने आबश्यक देखिन्छ । हाम्रो रिट्रिटको बारेमा भन्नुपर्दा हामीले पर्यटकलाई बढी भन्दा बढी सेवा दिन थुप्रै योजना बनाएका छौं । कति पुरा भएका छन भने कति पुरा हुन बांँकी छ । हाम्रो रिट्रिट २५ विघा क्षेत्रफलमा रहेकोले पनि हामीले पर्यटकलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर चलाउन सक्छौं यद्यपि सरकारको साथ अपरिहार्य छ ।

पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन र लाखौं रोजगारी गुम्न नदिन के गर्नुपर्ला ?

पहिला कुरा त स्वास्थ्य भन्दा ठूलो अरु केही हुदैन । स्वास्थ्य सुरक्षा भए सबै किसिमका पेशा व्यवसायलाई निरन्तरता दिन सकिन्छ । पर्यटन व्यवसायको हकमा यसलाई पहिलेकै अवस्थामा ल्याउन केही समय कुर्नै पर्छ । पहिलो कुरा त कोरोना भाइरस नियन्त्रण हुनु पर्यो अर्को कुरा यसको भ्याक्सिन समेत निस्कनु पर्छ । जबसम्म मानिसमा यो रोगको त्रास रहिरहन्छ । र नियन्त्रणमा आउंँदैन त्यतिबेलामा सम्म यो व्यवसाय ठप्पनै नै हुन्छ । यो अवस्था भनेको संक्रमणकालिन अवस्था हो ।

त्यसैले यस्तो बेलामा सरकारले विभिन्न प्याकेज योजना ल्याएर व्यवसायीलाई सहुलियत दिनुपर्छ । जस्तो बैंकको व्याजमा छुट, करमा छुट र यसलाई चाहिने अन्य वस्तुहरुमा कर छुट दिनसक्नुपर्छ । यसबाट लाखौको रोजगारी गुम्न नदिन र दक्ष जनशक्तिलाई पलायन हुनबाट रोक्न व्यवसायीलाई प्रोत्साहन दिने खालका कार्यक्रम ल्याउनु पर्दछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.