चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति निधन भएको छ । च’ट्याङ लागेर घा’इते भएका उहाँलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा चन्दको निधन भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनुभयो ।
उहाँका अनुसार सोही ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही च’ट्याङ लाग्दा घा’इते भएका छन । घा’इते दुवै जनाको निःसर्ग अस्पतालमा उपचार भइरहेको छ । घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जना मोबाइल चलाउँदै गर्दा राति ८ बजेर २५ मिनेट जाँदा च’ट्याङ लागेको बताइएको छ ।