• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

महाभारत एक सदाबहार रोचक कथा



  •   मङ्गलबार, भदौ १६, २०७७
  • A
  • A+
  • A++

महाभारत प्राचिन महाकाब्य जसका प्रत्येक श्लोक अर्थमुलक र जीबन उपयोगी छ।अधिक सङख्यामा पात्र तिनिहरुको पृथक भूमिकाले महाभारतको घटना कृतिमा केहि जटिलता देखिएपनि बर्तमान समाजका सबै पात्र परिवेश घटनाको समेत ऐना मानिन्छ महाभारत।महाभारतका अन्य घटना परिवेश वृतान्त सबै जीबन उपयोगी रोचक हुदाहुदै पनि कुरु क्षेत्रको घटना अर्जुन र भगवान श्रीकृष्ण बिचको सम्वाद महत्वपूर्ण मानिन्छ।

घटनाको सार भागवत गीतालाई बेदको सार समेत भन्ने गरिन्छ।काव्यात्मक नाटकिय सम्वाद शैलिमा लेखिएको महाभारतमा रहेका पर्दा पछाडि र पर्दा अगाडिका सबै मात्रहरुमा केहि न केहि बिशेषता हामी सहजै बोध गर्न सक्छौ।अठार दिन सम्म चलेको कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको यूद्दमा सामेल रहेका पात्रहरुको भूमिका अहिले पनि मानव जाति कै अध्ययनको बिषय बनिरहेको छ।

महाभारतमा पर्दा पछाडिका पात्र घटोत्कच र नाग कन्या अहिलवतिका पुत्र भिमसेनका नाति बर्बरीकको कुरुक्षेत्रको यूद्दको भुमिका रोचक अनुकरणिय र अन्योल रहेको पाईन्छ।भगवान शिवका भक्त बर्बरीले कठोर तपस्या कारण तिन अभेध्य बाण प्राप्त गरेका थिए।आमाको आग्रहलाई स्विकार गर्दै बर्बरीक महाभारतको यूद्दमा सहभागि भई यूद्द हार्नेको पक्षमा लड्न चाहान्थे।

भगवान श्रीकृष्णको प्रश्नमा भीष्मले २०दिन,दोर्णचार्यले २५दिन,महाविर कर्णले २४ दिन र धनुर्धर अर्जुनले २८दिनमा यूद्दको टुङगो लगाउन सक्ने प्रतिबद्दता ब्यक्त गरेका थिए।यूद्दमा बर्बरीकको उपस्थिति जटिलता बोध गरेका श्रीकृष्णले उनलाई यूद्दमा सामेल गराउदा आफ्नो भूमिकामा आँच पुग्ने सम्भावना देखे।

बर्बरीकको यूद्द सामार्थ आंकलन गरी उनको धारणा बुझ्न भगवान श्रीकृष्ण ब्रम्हाण भेष धारण गरि बर्बरीकको निवासतर्फ हानिए।कुरुक्षेत्रको यूद्दमा सामेल हुन घोडामा चढेर आएका बर्बरीकलाई श्रीकृष्णले बाटोमा भेटे।दुबै बिच लामो सम्बाद भयो।बर्बरीक शक्ति प्रर्दशन गर्न तैयार भए।

श्रीकृष्णको प्रश्नमा आफुले एक निभेषमा नै कुरुक्षेत्रको युद्द सक्ने दावी बर्बरीकको थियो।आफ्नो शक्ति प्रर्दशन गर्ने क्रममा भगवान शिव कृपाबाट प्राप्त अभेध्य वाण निकाल्दै बर्बरीकले नजिकैको पिपलको बोटको सबै पात एकै प्रहारबाट बिच्छेद गर्न सक्ने बताए।सो बाण प्रहार गर्दा यूद्दमा सबै शत्रु पक्ष एकै प्रहारमा नास हुने र यूद्द क्षणभर टुङगिने तर्क बर्बरीकले श्रीकृष्ण सामु राखे।

भगवान श्रीकृष्णले बठ्याई गरि एउटा सग्लो पात पैतालामुनि राखिसकेका थिए।बर्बरीकले पिपलको बोट लक्षित गरेर बाण चलाए। सबै पात बिच्छेद भयो।श्रीकृष्णले पैतालामुनिको पात हेरे त्यो पनि बिच्छेदित अबस्थामा देख्दा बर्बरीकको शक्ति सहजै पहिचान गरे।

भेषधारी श्रीकृष्णले बर्बरीक सङग बर माग्ने निधो गरे।बर्बरीक राजि हुदा श्रीकृष्णले उनकै शिर मागे।बिश्वस्वरुप प्रर्दशन गरिसकेका श्रीकृष्णको बर पुरा गर्न शर्त सहित राजी भए बर्बरीक ।बर्बरीक मृत शरिरको दाहास्सकार श्रीकृष्ण स्वयंले गर्ने र कुरु क्षेत्रको यूद्द साक्षीको रुपमा हेर्न पाउनुपर्ने शर्त राखे।

श्रीकृष्णले उनको शर्त पुरा गर्नु श्रेष्ठकर देखे किनकि उनको उपस्थितिले यूद्द जित्न कम्तिमा केहि पाण्डुहरु युद्दमा ढलेको हुनुपर्ने छ जुन स्वीकार्य थिएन भगवान श्रीकृष्णलाई।बर्बरीकको मृत शरिर दाहसस्कार र उनको टाउको अग्लो पहाडको टाकुरामा राख्ने काम भगवान श्रीकृष्ण आफैले सम्पन्न गरे।

निरन्तर अठार दिन सम्म चलेको कुरुक्षेत्रको कौरव पाण्डव बिचको यूद्द सत्यका पक्षपाती पाण्डबहरुले जिते।यूद्द समाप्ति पछि योगदान भूमिकालाई लिएर अर्जुन भीम नकुल सहदेव भीष्म बिच बिबाद उत्पन्न भयो।भगवान श्रीकृष्णले सबैलाई बर्बरीकको बारेमा बताउदै उनको टाउको राखेको हिमालमा लगेर बर्बरीकलाई नै यसबारे बोल्न लगाए।बर्बरीकले यूद्द नगरि सारथी बनेर सत्यको पक्षमा यूद्दमा सामेल हुने भगवान श्रीकृष्णमा नै बिजयको सबै श्रेय जान्छ भन्ने उत्तरले पाण्डु पुत्रहरु तै चुप मै चुप भए।

हार्नेको पक्षमा उभिएर शक्तिशाली बन्दै अहङकारी बन्ने र जित्नेको पक्षमा खडा भएर चाकारी चाप्लुसी गर्ने दुबै प्रवृत्ति खराब मानिन्छ।राम्रो नराम्रो कुरूप सुन्दर मिठो नमिठो जस्ता द्दैत मानसिकताले ग्रस्तित हुनु आध्यात्मिक उन्नयनको लागि बाधक मानिन्छ। चट्टान झै उभिएनु पर्ने सत्यको पक्षमा हो तर अहङकार लोभ डरका कारण बर्बरीक जस्तै हामी चुक्छौ।

महाभारतको घटनालाई एक्लै प्रभाब पार्न सक्ने अथाह प्रतिभा लिएर पनि अहङकारी घमण्डी बन्दै शक्ति प्रदर्शन गर्ने लोभमा परेर बर्बरीक पर्दा पछाडि थकलिए।हामी आम मानव पनि धन दौलत रुप सौन्दर्य बिषय ज्ञान पद प्रतिष्ठा प्रदर्शन गर्दै अहङकारका कारण बर्बरीक जस्तै मुक्त पुरूष कहलाउनबाट चुक्छौ।

समयमा नै ज्ञान योग साधना सत्कर्म सात्विक आहार सकरात्मक सोच आध्यात्मिक चिन्तन मानव सेवाको माध्यमबाट लोभ लालसा अहङकार त्याग्दै सहि मार्ग पहिचान गर्न सके द्दैत मानसिकता अद्दैतमा रूपान्तरित हुनेछ र जीबनको बास्तबिक लक्ष्य बोध हुनेछ।

 

लेखक: नारायण प्रसाद रेग्मी ,उप प्राध्यापक ,सप्तगन्डकि बहुमुखि क्याम्पस।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.