• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असार १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

रूकुम पश्चिम जिल्लामा हिन्दू स्वयंसेवक संघ द्वारा खाद्यान्न वितरण



  •   बिहिबार, असार २४, २०७८
  • A
  • A+
  • A++

डोल्पासँग सिमाना जोडिएका रुकुम पश्चिमका विकट गाउँ छिमी र मन्कामा यही २०७८ असार २१ गते हिन्दू स्वयंसेवक संघ नेपालले १३५ घरलाई खाद्यान्न वितरण गरेको छ ।

गाउँ-गाउँमा सेवाकाे संस्कार लिएर निरन्तर रूपमा कार्य गर्दै आईरहेकाे हिन्दु स्वयंसेवक संघ नेपालका स्वयंसेवकहरूले विकट पहाडी बाटोमा चार दिनको कठिन यात्रा गरेर डोल्पा जिल्लाको सीमानजिकै पश्चिम रुकुमको दुर्गम आठबीसकोट नगरपालिका वडा नं ६ का गाउँहरूमा खाद्यान्न सामाग्री वितरण गरेकाे हाे ।

पश्चिम रूकुम जिल्लाकाे आठबीसकाेट नगरपालिका वडा न . ६ का अति विपन्न अवस्थामा रहेका १३५ परिवारलाई खाद्यान्न वितरण गरेकाे संघका स्वयंसेवकले जनाएका छन् ।

उहाँका अनुसार २ दिनकाे निरन्तर यात्रा गरेर उक्त खाद्यान्न त्यस जिल्लामा पुर्याईएकाे थियोे । गाडि जाने ठाउँमा सम्म गाडिमा लगेकाे र त्यस पछि भरिया लगाएर सामान त्यस क्षेत्रमा पुर्याएकाे थियोे । संघका अनुसार आठविसकोट नगरपालिका वडा नम्बर ६ छिमीका लागि त्रिवेणी र मन्का लागि मन्काबगरमा खाद्यान्न सामाग्री वितरण गरेकाे छ ।

संघले छिमीका ४१ र १ मस्टको थान, मन्काका ८० र दामाचौरका १ मस्टको थान , आठविसकोट नगरपालिका का मन्दिर र वृद्धा आश्रम गरेर १३५ घर धुरीलाई सामाग्रीहरू वितरण गरेकाे थियोे । प्रत्येक घरलाई चामल २५केजी , दाल १ केजी , तेल १ लिटर , आयो नुन १ केजी र
चिया पत्ती १०० ग्राम खाद्यान्न वितरण गरेकाे संघले जनाएको छ ।

हिन्दू स्वयंसेवक संघका राष्ट्रिय शारीरिक प्रमुख एवम नेपालगन्ज र सुदूर पश्चिम सम्माग प्रचारक विकुल दाहाल, नेपालगन्ज सम्भाग प्रचारक लक्ष्मण यादव, रुकुम पश्चिम आठविसकोट नगर – पालिका ३ खरी जन्मथलो भएका संघका गण्डकी सम्भाग प्रचारक नरेन्द्र यरी, संघका स्वयंसेवक हरिओम यादव लगायत संघका टाेलिले खाद्यान्न सामग्री लिएर वितरण गर्न जानु भएको थियोे ।

छिमी र मन्का गाउँका लागि खाद्यान्न सहयोगका लागि पहल गर्ने र त्यस स्थान सम्म सामान पुयाउन तथा वितरणका लागि व्यवस्था मिलाउनेआठविसकोट नगरपालिकाका समाजका अगूवा आठविसकोट ३ खदीका अमृत बोहरा (हरियाली), वडा नं. ९ राडीका धिरेन्द्र बटाला, कमल कुमार शाह, तारक शाह र शैलेन्द्र खत्री रहेका थिए ।

गाउँका बासिन्दालाई सम्बोधन गर्दै संघका प्रचारक विकुल दाहालले आपत विपतमा संघ संधै समाजको साथ उभिर आवस्यक सबै कार्य गरिरहेको र आगामी दिनहरुमा हर परिस्थितिमा समाजका साथ रहि रहने बुताउनु भयो । देशको जुन सुकै कुनामा समस्या पर्दा संघ निस्वार्थ भाव लिएर अगाडी बढ्ने गरेको छ । उहाँले कोरोना महामारीको समयमा देशव्यापी रूपमा संघद्वारा भईरहेका सेवा कार्यको जानकारी गराउनु भएको थियो ।

स्थानिय समाजका अगुवा दत्त बहादुर थापाले भने आज हाम्रो समस्या पिडालाई बुझेर संघले जुन सहयोग पुयाएको छ, यसका लागि गाउँबासी अत्यन्तै खुसी भएका छौं । र यस संस्थालाई पशुपतिनाथ भगवानले संधै शक्ति प्रदान गरुन् भन्ने अाशिर्वाद प्रदान गर्नु भएको थियोे ।

अर्का व्यक्ति कुम बहादुर बोहराले भने हाम्रो समस्यालाई स्थानीय सरकारले देखने तर यहाँहरूले देख्नु भयो, डोल्पा सिमाना जोडिएको ठाउँमा नेपालगन्जदेखि चार दिन मोटरसाइकलको यात्रा गरेर हामीलाई खुसी बाड्नुभयो । हामी यस संस्थाले लगाएको गुण कहिल्यै बिर्सने छैनौं । भनि अाभार प्रकट गर्नुभएको थियोे ।

खाद्यन्न लिएर गएका संघका प्रचारक विकुल दाहाल सहितको टोलीलाई स्थानीयले धन्यवाद एवम् मंगलकामना व्यक्त गर्दै फूलमाला सहित विदाई गरेका थिए ।

(भि ग्रुप|मीडिया नेटवर्क )

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.