• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • २. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ३. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

अनकन्टार जङ्गलमा ७० वर्षीय वृद्ध जामुनलाल ऋषिदेव ४–५ दिनसम्म कसरी बाँचे ?



  •   बिहिबार, साउन ०३, २०८१
  • A
  • A+
  • A++

विराटनगर । अनकन्टार जङ्गल, झाडी नै झाडी, अविरल वर्षा, निरन्तरको गड्याङगुडुङ र चट्याङ । निस्पट अँध्यारा ती रात झेलेर पनि बाँचेका ७० वर्षीय जामुनलाल ऋषिदेवलाई जङ्गलमा कसले छोड्यो भन्नेबारे सर्वत्र चासो छ ।

मोरङको बेलबारीस्थित बेलबारी–चिसाङ साझेदारी वन (चिहानडाँडा) देखि पूर्वपश्चिम सडकको उत्तरपट्टी ५ किलोमिटर टाढा गएर थप डेढ किलोमिटर पूर्व फर्केपछि जामुनलाल फेला परेको स्थलमा पुगिन्छ । ठुला–ठुला रुख र पटेर जङ्गलमा सानासाना गोरेटा छन् । जहाँ साइकल र मोटरसाइकल कुदाउन सकिन्छ । त्यस्तो ठाउँमा उनी आफैँ पुगे वा कसैले लगेर उनलाई छाडिदिएको हो भन्ने प्रस्ट भइसकेको छैन ।

जङ्गलमा चार/पाँच दिनसम्म रहँदा जामुनलालले पानी पनि पिउन पाएनन् । ठुलो स्वरले बोल्न नसक्ने, बोलेको कसैले सुन्नै नसक्ने, उठेर हिँड्न नसक्ने र सामान्यतः हातमात्र चलाउन सक्ने उनले एउटा सानो लाथ्रामा अढेस लागेरै चार रात र पाँच दिन (अनुमानका आधारमा) बिताइदिए ।

त्यसक्रममा उनलाई लामो जुँगा र लामो खुट्टा भएका राता किराले हातमा र खुट्टाको पैतालामा खाइरहे । धेरै जुका अघाए । हातले किरा र जुका हटाउन सकेनन् । ठाउँ सर्न पनि सकेनन् । पानी आउँदा ओत लाग्न सकेनन् । भोक लाग्दा खाने कुरा पाउने कुरै थिएन । पानी समेत पाएनन् । कल्पना गरौँ– उनले कसरी बिताए पाँच दिन ?

बेलबारी–चिसाङ साझेदारी वनका हेरालु कमाण्डर मुरारीप्रसाद काफ्ले गस्तीकै क्रममा सो स्थानमा पुग्यो । त्यसक्रममा परैबाट एउटा सानो पोका देखियो । ‘हामी गस्ती गर्ने क्रममा साझेदारी एरियामा नियमित गस्ती गर्छौं । त्यतिखेर जङ्गल एरियामा भित्री बाटो घुम्दै आउँदा रुखको हाँगा भाँचिएको ठाउँमा एउटा सानो पोकाजस्तो देखियो,’ काफ्लेले भने, ‘त्यहाँ गएर हेर्दा एक जना बुढो मान्छे बसिराख्नु भएको रहेछ । टाउको भुइँमा निहुरिएको थियो । हातखुट्टामा किरा, कमिला र जुका थिए । बोलाउँदा पनि बोल्न नसक्ने अवस्थामा थिए ।’

काफ्लेले वृद्धलाई बोलाएपछि उनले पानी मागेको इशारा गरे । ‘पानी मागेको इशारा गरेपछि हामीले बाटोमा निस्केर पानी लिएर गयौँ । दुई घुट्की पानी दिएपछि सासले स्याउस्याउ बोल्न थाले । त्यसपछि बोरा र जङ्गलको सानो हाँगा काटेर अस्थायी स्टेचर बनाएर गाडी चल्ने ठाउँसम्म बोकेर ल्यायौँ,’ उनले भने । त्यसपछि गाडीमा हालेर बेलबारी अस्पताल लगेको उनको भनाइ छ ।l

काफ्लेले मङ्गलबार उनलाई उद्धार गर्नु अघिको परिवेश बताए, ‘जिउभरि रुखमा लाग्ने रातो रङको किरा लागेको थियो । हात र खुट्टाको पञ्जामा कमिलाले खाएर पिपजस्तो निस्किरहेको थियो । उनले भन्दा हामीलाई पाँच दिनजति भयो भन्ने इशारा गरे ।’

उनलाई पनि अनकन्टार जङ्गलमा ती वृद्धा आफैँ पुगेको विश्वास लाग्दैन । ‘यतिभित्र आफैँ आएका हुन् जस्तो मलाई लाग्दैन । त्यस्तो बुढो मान्छे । यहाँ हामीजस्तो मान्छे पनि पहिलोपटक एक्लै आएको खण्डमा बाटो पत्ता लगाएर फर्किन सक्ने अवस्था हुँदैन । यो अनकन्टार जङ्गलमा उनी कसरी आए ? यो कसैले ल्याएको हुनसक्ने सम्भावना धेरै छ,’ उनले भने, ‘उक्त एरियामा हात्ती प्रभावित क्षेत्र हो । बँदेलले पनि कहिलेकाहीँ आक्रमण गर्ने प्रयास गर्छ । हात्ती वा बँदेलले भेटेको अवस्था थियो भने उनलाई आक्रमण गर्न सक्थ्यो ।’

बेलबारी–चिसाङ साझेदारी वनका अध्यक्ष दिनेश गिरीका अनुसार उक्त ठाउँमा मोटरसाइकल गुडेको डोब भेटिन्छ । ‘वृद्धा रहेको स्थानबाट उक्त मोटरसाइकल फर्किएको डोब देखिन्छ,’ गिरी भन्छन्, ‘कसैले लगेर छोडेको हुनसक्ने आशङ्का हो ।

तर, उनका छोरा जलवा ऋषिदेवले सुन्दरहरैंचा अस्पतालमा उपचाररत बुबाले ‘म आउँदा आउँदै लडेँ’ भनेको सुनाए । ‘खाएको थियो होला (मदिरा) । घामको बेला लड्यो होला । त्यसपछि उठ्न सकेन । पानीले कुटेर लोत बनाएछ । अनि यस्तो भएको होला,’ उनी भन्छन् ।

नातिनी पुनम ऋषिदेवले घर जाउँ भनेर लिएर आएको तर, पुनम अगाडिअगाडि हिँडेका कारण उनले हजुरबुबा छुटेको थाहा नपाएको जलवाको भनाइ छ । छोराबुहारीले जङ्गलमा छाड्यो भनेर प्रचार भएकोमा दुखेसो गर्दै उनले भने, ‘मलाई आरोप लगाए । मलाई सबैले चिन्छन् । म ट्वाइलेट सफा गर्ने काम गर्छु । म काम गरेर खाने मान्छे हुँ । म गलत काम गर्दिनँ । मेरो आफ्नो बाउ, कसरी लगेर छोड्छु भन्नु त ?’

उनी पनि हाइड्रोसिलका बिरामी हुन् । ‘दाउरा चिरेर यस्तो भएको छ । तातो काममा दाउरा चिराइ भयो अनि मलाई यस्तो भएको हो,’ आफ्नै पीडा उनले सुनाए । आफ्नो एउटा भाइ सवारी दुर्घटनामा मरेको र कान्छो भाइ इन्डियामा रहेको उनले सुनाए ।

सुन्दरहरैंचा–१ का वडाध्यक्ष राम विश्वास खवासले जामुनलालसँग आफूले कुरा गर्दा बाटो अलमलिएको बताएको जानकारी दिए । ‘म आफैँ हिँडेर जाँदा जङ्गलमा अलमलिएको बताएका छन्,’ वडाध्यक्ष विश्वासले भने, ‘जुका र कमिलाले टोकेर तथा गिलो माटो र निरन्तरको पानीले चुटेर उनको अवस्था खराब बनाएको थियो ।’

जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओलीले वृद्धको उपचार भइरहेको र थप अनुसन्धान भइरहेको बताए । ‘कसैले लगेर छोडेको हो वा होइन भन्ने अनुसन्धानकै क्रममा छ,’ उनले भने ।

सुन्दरहरैंचा नगर अस्पतालका प्रमुख डा. सरोज मण्डलले वृद्ध ऋषिदेवको मिर्गौलामा समस्या देखिएको, प्लेटलेट र हेमोग्लोबिन कम देखिएको बताए । ‘अस्पतालमा भर्ना हुँदा ब्लड प्रेसर कम थियो । पिसाब फेर्न नसक्ने अवस्था थियो । उपचार सुरु गरेपछि अहिले परिवारसँग सम्वाद गर्न सक्ने अवस्थामा हुनुहुन्छ,’ डाक्टर मण्डलले भने, ‘पिसाब रोकिने समस्या पनि हल भएको छ । थप उपचारका लागि उहाँलाई कोशी अञ्चल अस्पतालमा पठाइएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.