• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, बैशाख ३१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

लोकप्रिय समाचार

  • १. बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

१९ दिनदेखि अखिल क्रान्तिकारी ढोकामा, त्रिवि उपकुलपति अर्याल कार्यालय छिर्नै पाएनन्



  •   सोमबार, साउन २६, २०८२
  • A
  • A+
  • A++

२६ साउन काठमाडौं । प्राध्यापक डा.दीपक अर्याल त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएको ३३ दिन भयो तर कार्यकक्षमा १० दिनभन्दा बढी बस्न पाएका छैनन् ।

माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी उपकुलपति अर्यालको कार्यकक्ष अगाडि ढोकामा रिले अनशनमा बसेको छ । रिले अनशनमा बसेको आज १९ दिन भयो । जसका कारण उपकुलपति अर्याल कार्यकक्षमा जान नपाएका हुन् ।‘विद्यार्थी नेताहरू ढोकामा धर्नामा बस्नु भएको छ । सुरुको केही दिन भीसी सर आउनु भएको थियो । पछि कोठामा छिर्ने ढोकामै धर्ना दिएपछि आउनु भएको छैन,’ उपकुलपति कार्यालयका एक कर्मचारीले भने ।

ती अधिकारीका अनुसार उपकुलपति अर्याल बिहानै त्रिवि परिसर पुग्छन् । तर बाहिरै बसेर काम गरिरहेका छन् । ‘बिहान ७ बजे भीसी सर आउनु हुन्छ । विश्वविद्यालय परिसरको अरु कार्यालयमा बसेर काम गरिरहनु भएको छ,’ ती कर्मचारीले भने ।

यद्यपि, अखिल क्रान्तिकारीले उपकुलपति अर्याललाई कार्यकक्ष प्रवेशमा अवरोध भने नगरेको जनाएको छ । ‘हामीले कुनै अवरोध गरेका छैनौं । २४ घण्टे रिले अनशनमा बसेका छौँ,’ अखिल क्रान्तिकारी त्रिविका कार्यवहाक अध्यक्ष शिवराज भट्टले भने । प्रवेशमा अवरोध नगरेपनि क्रान्तिकारी ढोकामै बसेका कारण उपकुलपति अर्याल कार्यकक्षमा नगएका हुन् ।

के हो अखिल क्रान्तिकारीको माग ?

केन्द्रीय विभागमा गाभिएको कार्यक्रमको शुल्क घटाउनु पर्ने माग राखेर क्रान्तिकारी धर्नामा बसेको हो । ‘चार वटा सेल्फ सस्टेन कार्यक्रमलाई केन्द्रीय विभागमा गाभेर पनि शुल्क घटाइएको छैन,’ उनले भने ।

अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । तर शुल्क भने पुरानै शैलीमा उठाएकाले घटाउनु पर्ने माग अखिल क्रान्तिकारीको हो ।

‘पहिले प्राइभेट प्रोग्राम थियो । ९ महिना अघि केन्द्रीय विभागमा ल्याइयो । तर शुल्क भने पुरानै जसरी उठाइएको छ । केन्द्रीय विभागमा आएपछि शुल्क घटाउन माग गरेका हौँ,’ भट्टले भने ।

आन्दोलनरत विद्यार्थी संगठनले शिक्षक कर्मचारी र भौतिक संरचनाको व्यवस्थापन गर्न माग गरेको छ । ‘शिक्षक कर्मचारीको व्यवस्थापन भएको छैन । त्रिविबाट सहयोग भएन,’ उनले भने । उपकुलपति अर्याल भने सहमतिको प्रयास भइरहेको बताउँछन् ।

‘विद्यार्थीहरूसँग एक दुई चरण वार्ता भएको छ । भौतिक संरचना बनाउन तत्काल ५० लाख निकासा गर्ने भनेको छ । समावेशी आधारमा छात्रवृत्ति प्रवन्ध गर्न तयार छौं,’ उपकुलपति अर्यालले भने ।

अखिल क्रान्तिकारीले भने शुल्क नै घटाउनु पर्ने अडान राखेको छ । शुल्कको विषयमा अध्ययन गरी क्रान्तिकारीसँग वार्ता गर्न कमिटी बनाइएको छ ।

वार्ता समिति गठन

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनलयका निर्देशक पशुपति अधिकारीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ ।

उक्त समितिले क्रान्तिकारीसँग शुल्क घटाउने विषयमा वार्ता गरिरहेको छ । वार्ता समितिले विद्यार्थी संगठनसँग शुक्रबार एक चरणको छलफल गरेको थियो । तर निष्कर्ष निस्कन सकेन ।

आज फेरि छलफलमा बस्ने तय भएको छ । ‘शुक्रबार तीन चार घण्टा बस्यौं । सहमति हुन सकेन । आज साँझ ५ बजे वार्तामा बस्ने तय भएको छ । सहमतिको प्रयास भइरहेको छ,’ वार्ता समितिका संयोजक अधिकारीले भने ।

आमरण अनशनको चेतावनी

अखिल क्रान्तिकारीले अबको वार्तामा सहमति नभए आमरण अनशन बस्ने चेतावनी दिएको छ । ‘स्ववियुको चुनावमा पनि हामीले शुल्क घटाउन पहल गर्ने बाचा गरेका थियौं । मुख्य मुद्दा नै शुल्क घटाउनु पर्छ भन्ने हो ।

शुल्क नघटे अब आमरण अनशनमा बस्छौं,’ भट्टले भने । विद्यार्थीको शुल्कबाट नै चल्ने कार्यक्रम भएकाले विद्यार्थी संगठनले भनेजसरी शुल्क घटाउन नसकिने तर्क विश्वविद्यालय प्रशासनको छ ।

‘पहिले प्राइभेट प्रोग्राम थियो । केन्द्रीय विभागमा ल्याएपछि त शुल्क घट्नु पर्‍यो नि । विभागमा आएपछि सबै व्यवस्थापन त्रिविले गर्ने हो । व्यवस्थापन नगर्ने हो भने विभाग अन्तर्गत किन ल्याएको ?,’ भट्टले प्रश्न गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

ट्रेन्डिङ

सबै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.