• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने



  •   मङ्गलबार, चैत २४, २०८२
  • A
  • A+
  • A++

काठमाडौं,चैत्त २३- न्याय, तर्क र मानवीय सोचको गहिरो द्वन्द्व प्रस्तुत गर्ने नाटक ‘१२ दुर्वासा’ काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ।
मदन श्रेष्ठको निर्देशनमा तयार गरिएको उक्त नाटक यहि चैत २७ र २८ गते दिउँसो १ बजे र साँझ ५ बजे प्रदर्शन गरिनेछ।

विश्वप्रसिद्ध अमेरिकी नाटककार रेग्नाल्ड रोजद्वारा सन् १९५४ मा लेखिएको ‘ट्वेल्व एंग्री मेन’ मा आधारित यो नाटकलाई सुरेश सापकोटाले नेपालीमा अनुवाद गरेका हुन्। मूल कृतिले न्याय प्रणाली, सामाजिक पूर्वाग्रह र वर्ण विभेदजस्ता संवेदनशील विषयलाई उजागर गर्दै विश्वभर चर्चित बनेको छ।

नेपाली रूपान्तरण ‘१२ दुर्वासा’ एक हत्या मुद्दाको फैसला गर्न बसेका १२ जना जूरी सदस्यहरूको बहसमा केन्द्रित छ। सुरुमा सबैजसो सदस्यले अभियुक्तलाई दोषी ठान्छन्, तर एक सदस्यले ‘सन्देहको लाभ’को आधारमा पुनः छलफलको माग गरेपछि नाटकमा तीव्र मोड आउँछ। त्यसपछि व्यक्तिगत पूर्वाग्रह, रिस, सामाजिक दृष्टिकोण र तर्कबीचको द्वन्द्वले कथा थप गहिरिँदै जान्छ।

उक्त नाटकले निष्पक्ष न्याय, धैर्यता र सत्यको खोजीलाई मूल सन्देशका रूपमा प्रस्तुत गर्दै दर्शकलाई आफ्नो सोच र निर्णय प्रक्रियाबारे पुनर्विचार गर्न प्रेरित गर्छ। यसले अरूको दृष्टिकोण सुन्ने, हतारमा निर्णय नगर्ने र तथ्यका आधारमा निष्कर्षमा पुग्ने संस्कारको महत्वलाई सशक्त रूपमा उजागर गर्ने निर्देशक मदन श्रेष्ठले बताउनुभयो।

एकै कोठाभित्र विकसित हुने तनावपूर्ण वातावरण, पात्रहरूको मनोविज्ञान र तर्कप्रधान संवाद यस नाटकका प्रमुख विशेषता हुन्। दृश्यभन्दा बढी विचार र बहसले कथा अगाडि बढ्ने भएकाले यो नाटक समयातीत र प्रभावशाली कृतिका रूपमा स्थापित भएको छ।

आजको समाजमा पनि पूर्वाग्रह, वर्गीय तथा जातीय सोचका आधारमा गरिने निर्णयहरू विद्यमान रहेको सन्दर्भमा ‘१२ दुर्वासा’ले यस्ता प्रवृत्तिलाई चुनौती दिँदै निष्पक्षता, सहिष्णुता र जिम्मेवार नागरिकको सन्देश दिने निर्देशक श्रेष्ठले बताउनुभयो।

नाटकमा मदन श्रेष्ठ र पूर्णिमा बानियाँको मुख्य भूमिका रहेको छ भने सन्तोष पोखरेल, कुशल खनाल, दिपेश राज यादव, प्रिन्स अधिकारी, पूजा कुमारी साह, दीक्षा कार्की, शिक्षा भुजेल, दिना कार्की, स्मृति रिमाल तथा अर्चित बाबु मर्सिफुल लगायत कलाकारहरूको अभिनय रहनेछ।

सो नाटकसम्बन्धी थप जानकारीका लागि ९८६३३३१३८२ र ९७६७६०६०८८ नम्बरमा सम्पर्क गर्न सकिनेछ भने dramateamksl@gmail.com मा इमेलमार्फत जानकारी लिन सकिनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.