• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार



  •   मङ्गलबार, चैत २४, २०८२
  • A
  • A+
  • A++

रत्ननगर,चैत २३- रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पछिल्लो तीन वर्षमा गरेका काम र उपलब्धिहरू सार्वजनिक गरेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाले २०७९ भदौदेखि हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो।

माधव अर्याल नेतृत्वको वर्तमान कार्यसमितिले तीन वर्षको अवधिमा करिब ४ हजार नयाँ उपभोक्ता थप गर्न सफल भएको छ भने ६४ किलोमिटर पाइपलाइन विस्तार गरी उपभोक्ताको घरघरमा खानेपानी सेवा पुर्‍याएको जनाएको छ।

संस्थाले पानीको स्रोत संरक्षणलाई प्राथमिकतामा राख्दै एक घर एक पोखरी, एक घर दुई विरुवा तथा एक घर एक धारा अभियान सञ्चालन गरेको जनाएको छ। साथै, संस्थालाई थप सुदृढ बनाउन २०८० सालमा सौराहा–बछौली खानेपानी आयोजनालाई मर्ज गरिएको थियो। मर्जपछि ७१३ उपभोक्ता, ५४ किलोमिटर पाइपलाइन, एक ओभरहेड ट्याङ्की, दुई बोरिङ र २८ लाख ३२ हजार रुपैयाँ संस्थामा थपिएको अध्यक्ष अर्यालले जानकारी दिए।

उपभोक्तालाई राहत दिने उद्देश्यले संस्थाले न्यूनतम महसुल ११० रुपैयाँबाट घटाएर ८० रुपैयाँ कायम गरेको छ। साथै, धारा जडान शुल्क ९,५०० रुपैयाँबाट घटाएर ८,५०० रुपैयाँ निर्धारण गरिएको छ। सामुदायिक विद्यालयलाई ५० प्रतिशत छुट, रातो कार्डधारी अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क धारा जडान तथा किस्ताबन्दीमा जडान सुविधा समेत उपलब्ध गराइएको छ।

हाल संस्थाले ८४ प्रतिशत घरधुरीमा पानी वितरण गरिरहेको छ भने बाँकी ४,५०० भन्दा बढी घरधुरीमा सेवा विस्तारका लागि ३६ करोड रुपैयाँको सहलगानी आयोजनाअन्तर्गत दुई ओभरहेड ट्याङ्की लगायतका संरचना निर्माण भइरहेको छ।

तेस्रो चरणको मर्मत सुधार कार्यक्रमअन्तर्गत २ करोड ५४ लाख रुपैयाँ लगानीमा शुब्बाचोकमा एक बोरिङ, ३० भल्भ चेम्बर तथा १८.५ किलोमिटर पाइपलाइन विस्तार गरिएको सचिव प्रताप डल्लाकोटीले जानकारी दिए। उक्त काममा सरकारको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत लगानी रहेको छ।

यस्तै, संस्थाले सेवा क्षेत्रमा रहेका १३ स्थानमा सार्वजनिक धारा सञ्चालन गरेको छ भने पानी संरक्षणका लागि घरघरमा रिचार्ज पिट निर्माण अभियान सञ्चालन भइरहेको छ। हालसम्म १०२ घरधुरीमा रिचार्ज पिट निर्माण भइसकेको र २५ हजार बिरुवा वितरण गरिएको कोषाध्यक्ष सरस्वती लामाले जानकारी दिइन्।
आर्थिक पक्षमा पनि संस्थाले सन्तोषजनक उपलब्धि हासिल गरेको जनाएको छ। चालु आर्थिक वर्षको चैत १५ गतेसम्म संस्थाको बैंक मौज्दात १ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

२०५८ सालमा स्थापना भएको यस संस्थामा हाल १५ हजार ३०० उपभोक्ता आबद्ध छन्। संस्थाको साधारण सभा तथा अधिवेशन यही चैत २८ गते हुने तय भएको छ। यसपटक भने सबै उपभोक्ताले प्रत्यक्ष मतदान गरेर नयाँ नेतृत्व चयन गर्ने व्यवस्था गरिएको छ, जसका लागि संस्थाको विधान संशोधन समेत गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.