• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

लोकप्रिय समाचार

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल



  •   बिहिबार, कार्तिक २७, २०८२
  • A
  • A+
  • A++

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोग तथा सरकारसँग माग गरेका छन्। धेरै स्थानहरुमा लामो समय कुर्नु परेको तथा काम छिटो छरितो नभएको गुनासो आएको भन्दै उनले कार्तिक मसान्तसम्मको अवधि बढाएर सबै व्यक्ति निर्वाचनमा सहभागी हुनुपर्ने बताए ।

बिहीबार एक भिडियो वक्तव्य जारी गर्दै पूर्व मन्त्री पौडेलले भने,‘नाम दर्ता गर्ने स्थानको सेवा छिटो छरितो छैन। फोटो खिचाउन लामो लाइन बस्दा पनि पालो नआएर फर्कनुपर्ने अवस्था देखिएको छ ।’

दर्ताको समय पनि कार्तिक मसान्तसम्म मात्र रहेकाले अहिलेकै अवस्था रहेमा जेनजी तथा अरु समूहका व्यक्तिहरु समेत छुट्ने सम्भावना देखिएकाले समय थप गर्नु आवश्यक रहेको उनले बताए ।

‘निर्वाचन आयोग र सरकारलाई प्रचार भएअनुसार सहजीकरण भएको छैन । नामावली दर्ताका लागि गएकाहरुले सजिलोसँग नाम दर्ता गराउन सकिरहनुभएको छैन। त्यसैले कार्तिक मसान्तसम्मको समय बढाएर थप समय उपलब्ध गराउनु जरुरी छ।’ उनले भने।

नेता पौडेलले नाम दर्ता गर्ने प्रयोजनका लागि राखिएका कार्यालयमा काम छिटो र व्यवस्थित गर्न तथा थप जनशक्ति र उपकरणको व्यवस्था गरेरै भए पनि छोटो समयमा धेरै काम हुने प्रभावकारी व्यवस्था मिलाउन अनुरोध गरे । यसका लागि पनि हाल तोकिएको कार्तिक मसान्तसम्मको अवधि थप गर्नु आवश्यक रहेको उनले तर्क गरे।

नेता पौडेलले आफैं प्रत्यक्ष रुपमा सहभागी भएर आफ्ना लागि चाहे अनुसारको नेतृत्व प्रतिनिधि छान्न पाउने अवसर भएकाले मतदाता नामावली दर्ता गरेर सहभागी बन्न जेनजी तथा सबै उमेर समूहका नागरिकसमक्ष आग्रह गरे।

१६ वर्षकालाई मतदान, उम्मेदवार बन्न २५ वर्षको व्यवस्था घटाउन माग

नेता पौडेलले सबै उमेर समूहका चेतना भएका नागरिकलाई निर्वाचनमा सहभागी हुने स्थिति निर्माणका लागि बढीभन्दा बढी नागरिकको सहभागीताका लागि भन्दै मतदाता नामावलीमा सहभागी हुने उमेर समूह १६ वर्ष कायम हुनुपर्ने बताए। यसले जागरुक नागरिकलाई मतदानमा सहभागी हुने अवसर प्रदान गर्ने र अधिक सहभागीतामूलक हुने उनको तर्क छ।

नेता पौडेलले सबै उमेर समूहका चेतना भएका नागरिकलाई निर्वाचनमा सहभागी हुने स्थिति निर्माणका लागि हालको उम्मेदवार बन्न २५ वर्ष हुने व्यवस्था पनि घटाउन जरुरी रहेको तर्क गरे। ‘बढीभन्दा बढी नागरिक सहभागी भए मात्र जनताले चाहेको सही प्रतिनिधि निर्वाचित हुने अवस्था बन्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

ट्रेन्डिङ

सबै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.