• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ३. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल



  •   बिहिबार, कार्तिक २७, २०८२
  • A
  • A+
  • A++

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोग तथा सरकारसँग माग गरेका छन्। धेरै स्थानहरुमा लामो समय कुर्नु परेको तथा काम छिटो छरितो नभएको गुनासो आएको भन्दै उनले कार्तिक मसान्तसम्मको अवधि बढाएर सबै व्यक्ति निर्वाचनमा सहभागी हुनुपर्ने बताए ।

बिहीबार एक भिडियो वक्तव्य जारी गर्दै पूर्व मन्त्री पौडेलले भने,‘नाम दर्ता गर्ने स्थानको सेवा छिटो छरितो छैन। फोटो खिचाउन लामो लाइन बस्दा पनि पालो नआएर फर्कनुपर्ने अवस्था देखिएको छ ।’

दर्ताको समय पनि कार्तिक मसान्तसम्म मात्र रहेकाले अहिलेकै अवस्था रहेमा जेनजी तथा अरु समूहका व्यक्तिहरु समेत छुट्ने सम्भावना देखिएकाले समय थप गर्नु आवश्यक रहेको उनले बताए ।

‘निर्वाचन आयोग र सरकारलाई प्रचार भएअनुसार सहजीकरण भएको छैन । नामावली दर्ताका लागि गएकाहरुले सजिलोसँग नाम दर्ता गराउन सकिरहनुभएको छैन। त्यसैले कार्तिक मसान्तसम्मको समय बढाएर थप समय उपलब्ध गराउनु जरुरी छ।’ उनले भने।

नेता पौडेलले नाम दर्ता गर्ने प्रयोजनका लागि राखिएका कार्यालयमा काम छिटो र व्यवस्थित गर्न तथा थप जनशक्ति र उपकरणको व्यवस्था गरेरै भए पनि छोटो समयमा धेरै काम हुने प्रभावकारी व्यवस्था मिलाउन अनुरोध गरे । यसका लागि पनि हाल तोकिएको कार्तिक मसान्तसम्मको अवधि थप गर्नु आवश्यक रहेको उनले तर्क गरे।

नेता पौडेलले आफैं प्रत्यक्ष रुपमा सहभागी भएर आफ्ना लागि चाहे अनुसारको नेतृत्व प्रतिनिधि छान्न पाउने अवसर भएकाले मतदाता नामावली दर्ता गरेर सहभागी बन्न जेनजी तथा सबै उमेर समूहका नागरिकसमक्ष आग्रह गरे।

१६ वर्षकालाई मतदान, उम्मेदवार बन्न २५ वर्षको व्यवस्था घटाउन माग

नेता पौडेलले सबै उमेर समूहका चेतना भएका नागरिकलाई निर्वाचनमा सहभागी हुने स्थिति निर्माणका लागि बढीभन्दा बढी नागरिकको सहभागीताका लागि भन्दै मतदाता नामावलीमा सहभागी हुने उमेर समूह १६ वर्ष कायम हुनुपर्ने बताए। यसले जागरुक नागरिकलाई मतदानमा सहभागी हुने अवसर प्रदान गर्ने र अधिक सहभागीतामूलक हुने उनको तर्क छ।

नेता पौडेलले सबै उमेर समूहका चेतना भएका नागरिकलाई निर्वाचनमा सहभागी हुने स्थिति निर्माणका लागि हालको उम्मेदवार बन्न २५ वर्ष हुने व्यवस्था पनि घटाउन जरुरी रहेको तर्क गरे। ‘बढीभन्दा बढी नागरिक सहभागी भए मात्र जनताले चाहेको सही प्रतिनिधि निर्वाचित हुने अवस्था बन्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आज विश्व लामखुट्टे दिवस”

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.