• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ४. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • ५. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

  • ६. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ७. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

  •   बिहिबार, पुष ०३, २०८२
  • A
  • A+
  • A++

नेपालमै जन्मे–हुर्केका दुई हात्ती रूद्रकली र खगेन्द्रप्रसादलाई नेपाल सरकारले इतिहासमै पहिलो पटक अन्य देशलाई उपहारका रूपमा पठाएको छ। बुधबार राति उनीहरू कतार एयरको चार्टर जहाजमार्फत भैरहवाबाट दोहा पुगेका हुन्।

करिब साढे चार घन्टाको उडान सुरक्षित बनाउन हात्तीलाई उडानअघि अर्धबेहोस बनाउने औषधि प्रयोग गरिएको थियो। वन्यजन्तु विज्ञहरूका अनुसार औषधिको असरले हात्तीहरू ‘झुम्म’ अवस्थामा रहेकाले उडानका क्रममा चलमलाएका थिएनन्। यसले जहाजको सन्तुलनमा कुनै समस्या आएन।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार हात्तीको तौल धेरै हुने र थोरै हलचलले पनि जहाजलाई असर पर्न सक्ने भएकाले लठ्याउने औषधि प्रयोग गरिएको हो। ‘औषधि प्रयोग गरेपछि हात्ती अस्वाभाविक गतिविधि गर्दैनन्, त्यसैले लामो यात्रामा सुरक्षित रूपमा लैजान सकिन्छ,’ उनले बताए।हात्तीहरूलाई पठाउन राष्ट्रिय प्रकृति संरक्षण कोषले दुई महिनाभन्दा बढी समय लगाएर विशेष खोर निर्माण गरेको थियो। सोही खोरमा राखेर सोमबार चितवनको सौराहाबाट भैरहवा पुर्‍याइयो र बुधबार अपराह्न कतार पठाइयो। स्थलमार्गको यात्रामा भने औषधि प्रयोग गर्नु परेन।

२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती उपहार दिने निर्णय गरेको थियो। त्यसअनुसार हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्काइएका र तालिम प्राप्त रूद्रकली (७ वर्ष) र खगेन्द्रप्रसाद (५ वर्ष) छनोटमा परेका हुन्। सौराहाबाट बिदाइ गर्दा वैदिक विधिअनुसार पूजा गरी फूलमाला लगाइएको थियो। रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारू हात्तीहरूसँगै कतार गएका छन्। साथै एक जना भेटेरिनरी प्राविधिक पनि पठाइएको निकुञ्जले जनाएको छ।

नेपालले यसअघि एकसिंगे गैंडा, घडियाल तथा गोहीका अन्डासहित विभिन्न ४७ प्रकारका वन्यजन्तु तथा आखेटोपहार अन्य देशलाई उपहार दिइसकेको छ। तर हात्ती उपहार दिएको भने यो पहिलो पटक हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ट्रेन्डिङ

सबै

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.