• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असार ३२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ”

आठ वटा इरानी मिसाइल खसालेको जोर्डनको दाबी

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

एक वर्षमा २७४ जनामा डेङ्गु “

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री बालेन शाह

निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द”

हर्मुज सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग”

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम “

लोकप्रिय समाचार

  • १. पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

  • २. अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

  • ३. श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

  • ४. सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना

  • ५. ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम “

  • ६. आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन”

  • ७. नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने “

  • ८. राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

  • ९. पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालन

  • १०. निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द”

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती



  •   सोमबार, जेठ १८, २०८३
  • A
  • A+
  • A++

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले स्विट नेपालका सञ्चालक युवराज क्षेत्रीमाथि दुर्व्यवहार गरेका छन् । केही दिन अगाडि प्रकाशित ढुंगा, गिटी, बालुवाको समाचारलाई लिएर मेयर अधिकारीले पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार गरेका हुन् ।

मेयर अधिकारीले पत्रकार क्षेत्रीलाई मेयरको अनुमति बिना नगरपालिकामा नछिर्न समेत पत्रकार क्षेत्रीलाई उर्दी जारी गरेका छन् । “तैले हाम्रो बारेमा मनलाग्दी समाचार छापिस्” मेयर अधिकारीले झपार्दै क्षेत्रीलाई भनेका छन्, “अरुको लागि नगरपालिका खुला छ, तँ आउनु पर्दैन ।” मेयर अधिकारीले कुनै एउटा अमुक मिडियाको नाम तोकेर त्यो मिडिया भए आफूलाई पुग्ने भन्दै क्षेत्रीमाथि दुर्व्यवहार गरेका हुन् ।

मेयर अधिकारीद्वारा पत्रकार क्षेत्रीमाथि भएको दुर्व्यवहारको नेपाल पत्रकार महासंघ चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको भर्त्सना गरेको छ । “समाचारको विषयमा चित्त नबुझे कानुनी प्रक्रियामा जाने बाटो हुदाँहुदै जिम्मेवार व्यक्तिले सार्वजनिक स्थानमा दुव्र्यवहार गर्नु दुःखद विषय हो” महासंघको सहसचिव रविना पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ, “सञ्चारकर्मीले आफ्नो पेशागत दायित्व निर्वाह गर्ने क्रममा कुनैपनि प्रकारको अवरोध, दवाब, धम्की वा दुर्व्यवहारप्रति प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सुसुचित हुने अधिकारमाथिको हस्तक्षेप हो । पत्रकारमाथि हुने यस्ता गतिविधिले लोकतान्त्रिक मूल्यमान्यता र संविधानले सुनिश्चित गरेको स्वतन्त्रताको भावनामाथि नै आघात पुर्याउने गर्दछ ।”

सहसचिव पौडेलद्वारा जारी विज्ञप्तीमा नेपाल पत्रकार महासंघ चितवन शाखा यस घटनाको घोर भर्त्सना गर्दै घटनाको सत्य, तथ्य छानबिन गरी दोषी उपर कडा कार्वाहीको माग गरिएको छ । त्यस्तै आगामी दिनमा यसप्रकारको घटना नदोहोर्याउनसमेत महासंघले सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ”

आठ वटा इरानी मिसाइल खसालेको जोर्डनको दाबी

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

ट्रेन्डिङ

सबै

वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ”

आठ वटा इरानी मिसाइल खसालेको जोर्डनको दाबी

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

आठ वटा इरानी मिसाइल खसालेको जोर्डनको दाबी

एक वर्षमा २७४ जनामा डेङ्गु “

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.