• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

केआइइसीको शैक्षिक मेला भोलि : कलेज र युनिभर्सटीका प्रतिनिधिद्धारा परामर्श

रत्ननगरको नेपाल नमूना मावीमा बुद्धिराज सुवेदी सहित पाँचविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी बिष्णु जोशिलाई

रत्ननगरमा क्याण्डी, तितौरा र जाम बनाउने तालिम सकियो, माला र फूल सजावट सम्बन्धि तालिम शुरु

सरकारले चितवनका ७ पालिकालाई दियो ५ अर्ब १ करोड अनुदान, भरतपुरले पायो २ अर्ब ३६ लाख

लोकप्रिय समाचार

  • १. ७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

  • २. रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

पारसले विस्फोटक ब्याटिंग गर्दा नेपालको सानदार जित



  •   शनिबार, साउन ११, २०७६
  • A
  • A+
  • A++

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल  ) प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो जित दर्ता गर्ने क्रममा कुवेतलाई ७ विकेटले सहजै पराजित गरेको छ।

खेलमा पहिले ब्याटिंग गर्दै कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १५.५ ओभरमा पुरा गर्यो।

जित पछि अब नेपाल र सिंगापुर बीच भोलि आइतबार खेलिने खेल फाइनल जस्तै भएको छ। जुन टिमले भोलि जित्छ त्यो टिम विजेता हुनेछ र युएईमा अक्टोबरमा आयोजना हुने टि-२० विश्वकप छनौट खेल्न छनौट हुनेछ। नेपाल र सिंगापुर बीचको खेल बिहान ७:१५ बजे सुरु हुनेछ।

हाल अंकतालिकामा सिंगापुर ५ अंक सहित पहिलो र नेपाल ४ अंक सहित दोश्रो स्थानमा रहको छ। कतार, कुवेत र मलेसिया भने उपाधि दौड बाट बाहिरीसकेका छन्।

पारसको आक्रामक अर्धशतक 

लक्ष्य पछ्याउने क्रममा पहिलो विकेटको लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ४४ रनको साझेदारी गरे। मल्ल चौथो ओभरमा १९ रन बनाएर आउट भए जसले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे।

त्यसपछि पारस र शरद भेसावकरले साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्याए। यस क्रममा पारसले आफ्नो अर्धशतक पुरा गरे। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो पारसको तेश्रो अर्धशतक हो। ३ वटा अर्धशतक बनाउने पारस एक्लो नेपाली खेलाडी हुन्। उनले २०१५ मा नेदरल्याण्डसंग पहिलो, यसै महिना मलेसियासंग दोश्रो अर्धशतक प्रहार गरेका थिए।

SHARAD VESAWKAR, ROHIT PAUDEL

अर्धशतक पुरा गरे पछि पारस १४ औं ओभरमा मुहम्मद कासिफको बलमा क्याच आउट भए। त्यस अघि उनले ४२ बलमा ११ चौका र १ छक्का प्रहार गरे। शरद र पारस बीच ७८ रनको साझेदारी गरे। पारस आउट भए लगत्तै दिपेन्द्र ऐरी ठुलो सट खेल्ने चक्करमा सोहि ओभरमा १ रन बनाएर क्याच आउट भए।

त्यस पछि रोहित र शरदले नेपाललाई जितसम्म पुर्याए। शरदले अविजित ३८ रन बनाए जुन क्रममा ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै रोहितले ७ बलमा १ चौका मदतले ६ रन बनाए।

कुवेतको लागि ३ वटै विकेट मोहम्मद काशिफले लिए।

बसन्त र सन्दिप उत्कृस्ट 

सिंगापुर इन्डीएन एसोसीएसन मैदानमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको कुवेतले २० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो।

नेपालको लागि दोश्रो ओभरमा करन केसीले ओपनर मित भास्करलाई क्याच आउट गराउदै पहिलो विकेट दिलाएका थिए। त्यसपछि अदनान इद्रेस र सान्दारुवानले दोश्रो विकेटको लागि ३१ रनको साझेदारी गरे। छैठौं ओभरमा बसन्त रेग्मीले १५ रन बनाएका सादारुवान र २५ रन बनाएका अदनानको विकेट लिंदै नेपाललाई खेलमा फर्काए।

त्यसपछि १ चौका र १ छक्का मदतले १३ रन बनाएका बिलाल ताहिरलाई सन्दिप लामिछानेले नवौं ओभरमा आउट गरे। सोहि ओभरमा सन्दिपले उस्मान वाहिदलाई पनि खाता नखोल्दै एलबिडब्लु धरापमा पारे।

BASANT REGMI

९ ओभरमा ६४/५ पुगेको कुवेत योगफललाई छैठौ विकेटको लागि मोहम्मद असलम र कप्तान मोहम्मद कासिफले अघि बढाए। १४ औं ओभरमा २३ रन बनाएका अस्लामलाई अविनाश बोहराले क्याच आउट गराए। लगत्तै ओभरमा सन्दिपले खाता नखोल्दै शिराज खानलाई बोल्ड गरे।

त्यसपछि कुवेत कप्तान मुहम्मद कासिफले एक किनार सम्हालीरहे र अन्त्यमा आक्रामक इनिंग खेले। उनले अविजित ४९ रन बनाए जुन क्रममा ३६ बलमा ४ छक्का र २ चौका प्रहार गरे।

यस क्रममा करन केसीले गरेको १९ औं ओभरको अन्तिम २ बलमा २ वटा छक्का तथा अविनाश बोहराले गरेको अन्तिम ओभरमा २ छक्का र १ चौका प्रहार गरे।

नेपालको बलिंगमा सन्दिप लामिछाने र बसन्त रेग्मीले समान ३/३ विकेट लिए। बसन्तले ४ ओभरमा २० रन तथा सन्दिपले ४ ओभरमा २१ रन खर्चिए। यस्तै करन केसीले २ विकेट ( ४-०-४०-२ ) लिए। अविनाश बोहराले १ विकेट ( ४-०-३५-१ ) लिए।

टि-२० अन्तर्राष्ट्रियमा सन्दिपको यो व्यक्तिगत उत्कृस्ट स्पेल हो। यस अघि उनले मलेसियासंग ३ विकेट लिएका थिए जुन क्रममा ४ ओभरमा २३ रन खर्चेका थिए। बसन्त रेग्मीले सन् २०१४ टि-२० विश्वकपमा लिएको ४ विकेट ( ४-०-१६-४ ) नेपाली बलरको टि-२० मा उत्कृस्ट स्पेल हो।

आज ३ विकेट लिए संगै बसन्त रेग्मी नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने बलर बनेका छन्। उनले १७ खेलमा २५ विकेट लिएका छन्। दोश्रो स्थानमा रहेका सोमपाललाई आज बसन्तले उछिनेका हुन्। सोमपालले २० खेलमा २३ विकेट रहको छ जो आज विकेट विहिन रहे। तेश्रो स्थानमा रहेका करन केसीको १७ तथा सन्दिप लामिछानेको १६ विकेट रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ट्रेन्डिङ

सबै

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

केआइइसीको शैक्षिक मेला भोलि : कलेज र युनिभर्सटीका प्रतिनिधिद्धारा परामर्श

सप्तगन्डकी क्याम्पसमा वेव डेभलपमेन्ट सम्बन्धी वर्कसप तालिम सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.