• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ३. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ४. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ५. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ६. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

पारसले विस्फोटक ब्याटिंग गर्दा नेपालको सानदार जित



  •   शनिबार, साउन ११, २०७६
  • A
  • A+
  • A++

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल  ) प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो जित दर्ता गर्ने क्रममा कुवेतलाई ७ विकेटले सहजै पराजित गरेको छ।

खेलमा पहिले ब्याटिंग गर्दै कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १५.५ ओभरमा पुरा गर्यो।

जित पछि अब नेपाल र सिंगापुर बीच भोलि आइतबार खेलिने खेल फाइनल जस्तै भएको छ। जुन टिमले भोलि जित्छ त्यो टिम विजेता हुनेछ र युएईमा अक्टोबरमा आयोजना हुने टि-२० विश्वकप छनौट खेल्न छनौट हुनेछ। नेपाल र सिंगापुर बीचको खेल बिहान ७:१५ बजे सुरु हुनेछ।

हाल अंकतालिकामा सिंगापुर ५ अंक सहित पहिलो र नेपाल ४ अंक सहित दोश्रो स्थानमा रहको छ। कतार, कुवेत र मलेसिया भने उपाधि दौड बाट बाहिरीसकेका छन्।

पारसको आक्रामक अर्धशतक 

लक्ष्य पछ्याउने क्रममा पहिलो विकेटको लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ४४ रनको साझेदारी गरे। मल्ल चौथो ओभरमा १९ रन बनाएर आउट भए जसले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे।

त्यसपछि पारस र शरद भेसावकरले साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्याए। यस क्रममा पारसले आफ्नो अर्धशतक पुरा गरे। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो पारसको तेश्रो अर्धशतक हो। ३ वटा अर्धशतक बनाउने पारस एक्लो नेपाली खेलाडी हुन्। उनले २०१५ मा नेदरल्याण्डसंग पहिलो, यसै महिना मलेसियासंग दोश्रो अर्धशतक प्रहार गरेका थिए।

SHARAD VESAWKAR, ROHIT PAUDEL

अर्धशतक पुरा गरे पछि पारस १४ औं ओभरमा मुहम्मद कासिफको बलमा क्याच आउट भए। त्यस अघि उनले ४२ बलमा ११ चौका र १ छक्का प्रहार गरे। शरद र पारस बीच ७८ रनको साझेदारी गरे। पारस आउट भए लगत्तै दिपेन्द्र ऐरी ठुलो सट खेल्ने चक्करमा सोहि ओभरमा १ रन बनाएर क्याच आउट भए।

त्यस पछि रोहित र शरदले नेपाललाई जितसम्म पुर्याए। शरदले अविजित ३८ रन बनाए जुन क्रममा ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै रोहितले ७ बलमा १ चौका मदतले ६ रन बनाए।

कुवेतको लागि ३ वटै विकेट मोहम्मद काशिफले लिए।

बसन्त र सन्दिप उत्कृस्ट 

सिंगापुर इन्डीएन एसोसीएसन मैदानमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको कुवेतले २० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो।

नेपालको लागि दोश्रो ओभरमा करन केसीले ओपनर मित भास्करलाई क्याच आउट गराउदै पहिलो विकेट दिलाएका थिए। त्यसपछि अदनान इद्रेस र सान्दारुवानले दोश्रो विकेटको लागि ३१ रनको साझेदारी गरे। छैठौं ओभरमा बसन्त रेग्मीले १५ रन बनाएका सादारुवान र २५ रन बनाएका अदनानको विकेट लिंदै नेपाललाई खेलमा फर्काए।

त्यसपछि १ चौका र १ छक्का मदतले १३ रन बनाएका बिलाल ताहिरलाई सन्दिप लामिछानेले नवौं ओभरमा आउट गरे। सोहि ओभरमा सन्दिपले उस्मान वाहिदलाई पनि खाता नखोल्दै एलबिडब्लु धरापमा पारे।

BASANT REGMI

९ ओभरमा ६४/५ पुगेको कुवेत योगफललाई छैठौ विकेटको लागि मोहम्मद असलम र कप्तान मोहम्मद कासिफले अघि बढाए। १४ औं ओभरमा २३ रन बनाएका अस्लामलाई अविनाश बोहराले क्याच आउट गराए। लगत्तै ओभरमा सन्दिपले खाता नखोल्दै शिराज खानलाई बोल्ड गरे।

त्यसपछि कुवेत कप्तान मुहम्मद कासिफले एक किनार सम्हालीरहे र अन्त्यमा आक्रामक इनिंग खेले। उनले अविजित ४९ रन बनाए जुन क्रममा ३६ बलमा ४ छक्का र २ चौका प्रहार गरे।

यस क्रममा करन केसीले गरेको १९ औं ओभरको अन्तिम २ बलमा २ वटा छक्का तथा अविनाश बोहराले गरेको अन्तिम ओभरमा २ छक्का र १ चौका प्रहार गरे।

नेपालको बलिंगमा सन्दिप लामिछाने र बसन्त रेग्मीले समान ३/३ विकेट लिए। बसन्तले ४ ओभरमा २० रन तथा सन्दिपले ४ ओभरमा २१ रन खर्चिए। यस्तै करन केसीले २ विकेट ( ४-०-४०-२ ) लिए। अविनाश बोहराले १ विकेट ( ४-०-३५-१ ) लिए।

टि-२० अन्तर्राष्ट्रियमा सन्दिपको यो व्यक्तिगत उत्कृस्ट स्पेल हो। यस अघि उनले मलेसियासंग ३ विकेट लिएका थिए जुन क्रममा ४ ओभरमा २३ रन खर्चेका थिए। बसन्त रेग्मीले सन् २०१४ टि-२० विश्वकपमा लिएको ४ विकेट ( ४-०-१६-४ ) नेपाली बलरको टि-२० मा उत्कृस्ट स्पेल हो।

आज ३ विकेट लिए संगै बसन्त रेग्मी नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने बलर बनेका छन्। उनले १७ खेलमा २५ विकेट लिएका छन्। दोश्रो स्थानमा रहेका सोमपाललाई आज बसन्तले उछिनेका हुन्। सोमपालले २० खेलमा २३ विकेट रहको छ जो आज विकेट विहिन रहे। तेश्रो स्थानमा रहेका करन केसीको १७ तथा सन्दिप लामिछानेको १६ विकेट रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

ट्रेन्डिङ

सबै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.