• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
सोमबार, जेठ ०२, २०७९
☰
सोमबार, जेठ ०२, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

नेपाल र भारत दुवै देश एउटैै संस्कृतिका वाहक


  •   सोमबार, साउन १३, २०७६
  • A
  • A+
  • A++

काठमाडौं, १३ साउन । नेपाल भारत सम्बन्ध र युवाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सातौं युवा यात्रा अन्तगर्त भारतको उडिसाबाट आएका ६६ युवाहरु र नेपाली युवाहरुबीच काठमाडौंको ठमेलस्थित द होटेल हिमालय अशोकामा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।

द सिनर्जी ट्रष्ट उडिसाले आयोजना गरेको कार्यक्रममा ट्रष्टका संयोजक सचरनन्दन दास एवम् कार्यक्रम संयोजक कृष्णचन्द्रसहित उपस्थित वक्ताहरुले दुई देशबीच सदियौं देखि स्थापित सम्बन्ध कसैले बिगार्न नसक्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेपाल भारतको संवन्ध ऐतिहासिक,आध्यात्मिक र राजनीति हुंदाहुदैपनि समय समयमा आउने उतार चडावलाई ठिक गर्न दुवैदेशका युवाहरूको विचमा विश्वास, सम्मान,समझदारी,र राम्रो वुझाई भएमा दुई देशको सम्बन्ध कसैले विगार्न नसक्ने प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालको धारणा थियो ।

त्यस्तै नेपाल र भारतको राजनीतिक परिवर्तनमा दुवैदेशका युवाहरूको ठुलो भुमिका रहेको राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरूद्ध गौतमले बताउनु भयो ।

अर्का वक्ता स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. केदार शर्माले भने, ‘हिमालदेखि समुद्र सम्मको आध्यात्मिक र प्राकृतिक सम्बन्ध रहेको छ, हाम्रा तिर्थस्थलहरू एक छन् त्यसैले यो सम्बन्ध अरू देशसंग तुलना गर्न सकिँदैन। ‘

कार्यक्रममा योजना आयोगका अधिकारी पर्शुराम पोख्रेलले नेपालको प्रशासनीक विकासमा भारतको योगदान महत्वपुर्ण रहेको थियो बताएका थिए । कार्यक्रममा सहभागी युवाहरुले दुवैदेशको संस्कृति साझा भएकोले मिलेर काम गर्नु पर्नेमा जोड दिएका छन् । युवा यात्रामा रहेको समुहको नेपालको पशुपतिनाथ मुक्तिनाथ र जनकपुरधाम जाने योजना पनि छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.