चितवन श्रावण २२, पशुपन्छी तथा जनावरको दानामा प्रयोग हुने आवश्यक पोशक तत्व र औषधि उत्पादन र बिक्री गर्दै आएको बहुचर्चित अमेरिकी कम्पनी केमिन ईन्डस्टृज ले यहि श्रावण २२ गते भरतपुरको होटेल रोयल सेन्चुरीमा टेक्निकल सेमिनार सम्पन्न भएको छ। भारतबाट आएका बिज्ञहरु तथा भेटेरिएन डाक्टर चन्द्र शेखर , डाक्टर बेजुत र डाक्टर सिल्के ले कुखुराको गट हेल्थ सम्बन्धि प्रश्तुती समावेश गर्नुभएको थियो।
केमिनको कार्यक्रममा चितवन आसपासका दाना कम्पनी , ह्याचरी , कन्सल्टेन्ट , भेटेनेरिएन , दाना व्यावसायी लगायत गरेर 100 जना भन्दा बढीको उपस्थिति रहेको थियो।
के हो केमिन ?
केमिन पशुपन्छी तथा जनावरको दाना बनाउनको लागि चाहिने पोषक तत्व र विभिन्न औषधिको उत्पादन र बिक्रीवितरण गर्ने बहुराष्ट्रिय कम्पनी हो। नेपालमा यसको आफ्नै उत्पादन नभए पनि भारत बाट अहिले नेपालमा आयात हुँदै आएको छ। त्यस्तै केमिनको नेपालमै पनि आफ्नो डिलर रहेको छ।