नवलपुर, ०५ भदौ। विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले ब्रिटिस काउन्सिलले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय स्कूल अवार्ड’ (आइएसए) हात पारेको छ। विद्यालयले गर्दै आएका कृयाकलापको आधारमा पाउने अवार्डबाट पहिलो पटक विजय सामुदायिक शिक्षा सदन गैंडाकोट सम्मानित भएको हो।
देशभरका ४१ वटा विद्यालयले अवार्ड पाएका छन्। तीमध्ये नवलपुर जिल्लाबाट विजय सामुदायिक शिक्षा सदन गैंडाकोटसहित ६ वटा विद्यालयले अवार्ड हात पारेका छन्। सन् २०१२ बाट ब्रिटिस काउन्सिलले अवार्ड प्रदान गर्दै आएको छ। नेपालमा शिक्षा मन्त्रालयमार्फत ब्रिटिस काउन्सिलले विद्यालयलाई अवार्ड प्रदान गर्दै आएको छ।
यो अवार्डले विद्यालयको छविलाई माथि उकास्नमा सहयोग पुगेको छ। विद्यालयले गरेको अथक मिहेनत र परिश्रमको फल पाएको छ। ९ वटा परियोजनामा विद्यालयले भाग लिएको थियो। यो वर्ष अवार्ड दाबी गर्न नेपालबाट ७२ वटा विद्यालयले सहभागीता जनाएका थिए।
हरेक तीन/तीन वर्षमा अवार्डको अवधि सकिने हुँदा विद्यालयले अवार्ड पाइसकेपछि यसलाई निरन्तरता दिनु निकै चुनौतीपूर्ण रहेको छ।
उक्त अवार्डबाट विद्यार्थीहरूलाई बाह्य ज्ञान र सीपसम्बन्धी जानकारी हुने हुँदा विद्यालयको शैक्षिक विकासमा टेवा पुग्ने विश्वास छ। वि.सं.२०५८ सालमा स्थापना भएको विद्यालयमा एक हजार ३०० विद्यार्थी अध्ययनरत छन्।

- A
- A+
- A++
तपाईको प्रतिक्रिया