२०७६ असोज १० गतेशुक्रबारसाँझ ४ देखि ७ बजेसम्म उद्योग बाणिज्य संग, चितवनमा नवउधमी (स्टार्टअप) तथा व्यवसाय प्रवद्धनसम्बन्धी‘नव उधमी हाटबजार’ आयोजना हुने भएको छ। उधमीहरुलाई आफ्नो वस्तु तथा सेवा र ग्राहकबारे अझ राम्रोसँग अवगत गराउने अवसर प्रदान गर्नु , नव उधमी हरूलाई सम्भावित साझेदार संस्थाहरूसँग जोड्ने र उनीहरूको सम्भावित सुरुवाती उत्पादन र योजनाहरुलाई लक्षित उपभोक्तासामू प्रस्तुत गर्नु यो कार्यक्रमको उद्देश्य रहेको अन्तरप्रेरणा प्रा. लिले जनाएको छ ।
यो कार्यक्रम अन्तरप्रेरणा प्रा. लि., चितवन उद्योग बाणिज्य सघ, नेपाल कम्युनिटेयर, नेपलिज युथ एन्टप्रेनियर्स फोरम चितवन र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट चितवनको संयुक्त आयोजनामा हुने अन्तरप्रेरणाका प्रोजेक्ट प्रमुख सन्तोष कंडेलले जानकारी दिनु भयो ।
अन्तरप्रेरणाले नेपालमा नव प्रवर्तनात्मक उद्यमको दिगो विकास र वृद्घिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । यस कार्यक्रमले ‘स्टार्ट अप’ तथा सम्भावित उद्यमीको व्यवसायलाई चाहिने आधारभूत विभिन्न पक्षहरुका सम्बन्धमा परामर्श र गहन प्रशिक्षण प्रदान गर्नुका साथै व्यवसाय प्रवद्र्धन तथा विस्तारका लागि अन्य विविध कार्यक्रमहरु समेत आयोजना गर्नेछ ।
असोज १० गते शुक्रबार नव उधमी हाटबजार चितवन कार्यक्रममा २० उद्यमीहरुको सहभागीता रहनेछ । यस कार्यक्रम अवधिबीचमा उपस्थित भइ यसबारे थप जानकारीका साथै यसमा सहभागिता जनाउने विभिन्न क्षेत्रसँग सम्बन्धित २० उद्यमी, उनीहरुको नवप्रवर्तन तथा व्यवसाय इत्यादिबारे विस्तृतमा जानकारी लिनसक्नुहुने अवगत गराउन चाहन्छौं ।