• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन औद्योगिक साकोसको साधारणसभा सम्पन्न


  •   मङ्गलबार, असोज १४, २०७६
  • A
  • A+
  • A++

भरतपुर/चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.को आठौ वार्षिक साभारणसभा एवम् चौथो अधिवेशन सम्पन्न भएको छ । ंचितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष त्रिलोचन कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नं. ३ की प्रदेश सभा सदस्य माननीय कञ्चन खनाल प्रमुख अतिथि रहनुभएको थियो ।

चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.की उपाध्यक्ष सुधा सुवेदी पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष एवं साकोसका सल्लाहकार भेषराज दुवाडी, जिल्ला सहकारी संघका सञ्चालक भगवती पौडेल, नेफ्स्कुनका सञ्चालक सदस्य एवं चितवन फिल्ड कार्यालयका संयोजक शान्ति ढकाल अधिकारी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधि विद्या कोइराला विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा चितवन औद्योगिक विकास साकोसका सल्लाहकार एवं संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदी, साकोसका सल्लाहकार एवं संघका निवर्तमान अध्यक्ष भीम बहादुर पाण्डे, साकोसका सल्लाहकार एवं संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ३ की प्रदेश सभा सदस्य माननीय कञ्चन खनालले सहकारी अभियान्ता सहकारीका प्रबद्र्धक एफ.डब्लु राइफसन र राष्ट्रिय अभियान्त स्व. वखानसिंह गुरुङको तस्वीरमा माल्यार्पण र गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रम अन्तर्गत बार्षिक प्रगति प्रतिवेदन तथा भावी योजना संस्थाका अध्यक्ष त्रिलोचन कँडेलद्वारा, सचिवको प्रतिवेदन कार्यवाहक सचिव दक्षिणा गैह्रे न्यौपानेबाट, आर्थिक वर्ष ०७५/०७६ को लेखा परीक्षण प्रतिवेदन र आ.व.०७६/०७७ को अनुमानित आयव्यय कोषाध्यक्ष धनप्रसाद पोखरेलबाट, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक गोविन्द अर्यालबाट, ऋण उपसमितिको प्रतिवेदन ऋण उपसमिति संयोजक दुर्गा प्रसाद भण्डारीबाट र आन्तरिक नीति नियम र कार्यविधिहरु नीति नियम र कार्यविधि उपसमितिका संयोजक दण्डपाणी भट्टद्वारा सभामा पेश गरिएको थियो ।

साधारणसभाको अवसरमा शेयर सदस्यहरु मध्येबाट विभिन्न विद्याहरुमा सम्मान एवं पुरस्कृत गरिएको थियो । जसअन्तर्गत असल ऋणिको रुपमा विकल्प कंक्रिट उद्योगका बिष्णु पौडेल, बानियाँ कंक्रिट उद्योगका नवराज बानियाँ, बुद्धम कपी उद्योगका नविन रिजाल, दिपकलश मसला तथा दालमेठ उद्योगका पार्वती कँडेल, जि.पि.लेडिज टेलर्सका गोविन्द प्रसाद पौडेल, गोल्डेन एग्रो केमिकल्स प्रा.लि.का मदन घिमिरे, लोकप्रिय दाना उद्योगका गौरव भण्डारी र गोमा भण्डारी, नेशनल हिटरका भोजराज काफ्लेलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

त्यस्तै ऋण कारोबारमा धेरै कर्जा परिचालन गरी संस्थाको आयवृद्धिमा विशेष योगदान पु¥याएको भन्दै होटल स्टार व्यान्क्वेटकी विनिता दुवाडी, रत्ननगर प्याकेजिङ्गका गजेन्द्र अधिकारी र होटल स्टार व्यान्क्वेटकै भेषराज दुवाडीलाई सम्मान गरिएको छ । त्यस्तै शेयर सदस्यका परिवारहरुबाट सदस्य कमल घिमिरेका पुजनीय हजुरबुबा वर्ष ९१ का महेश्वर घिमिरे र शेयर सदस्य तारा प्रसाद पौडेलकी ममतामयी माता वर्ष ९१ की पद्मावती पौडेललाई ज्येष्ठ वृद्धवृद्धाको रुपमा सम्मान गरिएको थियो । त्यस्तैगरी सक्रिय शेयर सदस्यको रुपमा संस्थाको वृद्धिविकासको लागि महत्वपूर्ण भूमिका खेल्नुभएको भन्दै माडी बायो स्याण्ड फिल्टर उद्योगका भोजराज खनाललाई सम्मान गरिएको थियो ।

त्यसैगरी बचत कारोबारमा धेरै रकम वचत गरेको भन्दै राजेन्द्र सटर ग्रिल उद्योगका मोहनलाल श्रेष्ठ, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति र राजेन्द्र सटर ग्रिल उद्योगका मेहरमान श्रेष्ठलाई आदर्श निक्षेपकर्ताको रुपमा सम्मान गरिएको थियो । त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले लिएको शैक्षिक सत्र २०७५ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १० (एसईई) मा ४ जि.पि.ए. ल्याउन सफल शेयर सदस्य ईश्वर कुमार भण्डारीका सुपुत्र ईशान कुमार भण्डारी र राष्ट्रिय परीक्षा बोर्डले लिएको शैक्षिक सत्र २०७५÷०७६ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (११+१२) को नतिजामा ३.३३ सि.जि.पि.ए. ल्याउन सफल शेयर सदस्य खड्ग बहादुर बानियाँकी सुपुत्री एलिज बानियाँलाई सम्मान गरिएको थियो । कार्यक्रममा सञ्चालक समितिको विभिन्न समिति, उपसमितिहरुमा रही कार्य गरेको भन्दै कार्यसमिति, लेखा समिति, ऋण समिति, शिक्षा समिति लगायतका विधा समितिहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.