छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ ।
नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँ रंगिन ब्यानरले छोपिएको छ ।
अस्तव्यस्त तीनकुने पार्कको बाहिर फूल र बिरुवा रोपिएको छ । विमानस्थल–तीनकुने–वानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ । सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न आकृतिका रंगीन ब्यानरले ढाकिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।
तस्बिर : कान्तिपुर